पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् । गृह मन्त्रालयलका प्रवक्ता अब्दुल मतिन कानीले सोमबार राति करिब नौ बजे हेरात प्रान्तको गजुरा जिल्लामा ‘एक अज्ञात हतियारधारीले मस्जिदमा नागरिक उपासकहरूमाथि गोली चलाएको’ बताउनुभयो । “छ नागरिक सहिद भए र एक जना घाइते भएका छन्”, मङ्गलबार बिहान उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभयो । सरकारी बख्तर समाचार एजेन्सीले आक्रमणमा मर्नेहरूको सङ्ख्या त्यति नै भएको उल्लेख गरेको छ । घटना प्रान्तीय राजधानी हेरात सहरको दक्षिणमा रहेको एक जिल्लामा भएको थियो । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको दाबी नगरे पनि विश्लेषकहरूले इस्लामिक स्टेटको क्षेत्रीय अध्याय अफगानिस्तानमा सबैभन्दा ठूलो सुरक्षा खतरा रहेको बताएका छन् ।
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
- Dainik Nepalgunj
- Categories: News
Related Content
कृषिको उत्पादन बढाउन सहज बजारीकरण र मुल्य सुनिश्चितता जरुरीः मुख्यमन्त्री आचार्य
by
Dainik Nepalgunj
February 5, 2025
बाँके : लागुऔषध सहित तीन पक्राउ
by
Dainik Nepalgunj
February 5, 2025
सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटका विषयमा गृहकार्य सुरु
by
Dainik Nepalgunj
February 5, 2025
पोषण परियोजनाको अनुगमन
by
Dainik Nepalgunj
February 5, 2025
रिजालको नेतृत्वमा इकाई
by
Dainik Nepalgunj
February 5, 2025