आधारभूत तथा माध्यमिक विध्यालयका आईटी स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्वन्धी क्षमता विकास तालिम सुरु भएको छ । जानकी गाउँपालिका मानपुर बाँकेको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बुधवारदेखि शनिबारसम्मका लागि आधारभुत तथा माध्यमिक विध्यालयका आईटी स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्वन्धी क्षमता विकास तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन सत्रमा शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णा कुमारी भन्डारीले सूचना प्रविधिको माध्यमबाट शिक्षामा पहँच र गुणस्तर सुधार गर्ने, शिक्षकहरूलाई प्रविधीसँग जोडेर सिक्ने र सिकाउने प्रकृयामा नविनता ल्याई गुणस्तरिय शिक्षाको विकास गर्ने मुख्य उद्देश्य रहेको बताइन् । साथै उनले तालिममा जानकी गाउँपालिका अन्तर्गतका सामुदायिक, धार्मिक र संस्थागत विद्यालय गरि जम्मा ४५ जना आइटी स्रोत शिक्षकहरू सहभागी भएको समेत बताइन् ।
तालिमको उद्घाटन सत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल वहादुर पौडेल, शिक्षा, युवा तथा खेलकुद शाखाकी झुमा वली, सूचना शाखाका प्रमुख विकास जिसी लगायत आइटी स्रोत शिक्षकहरू सहभागी भएका थिए भने आधारभुत तथा माध्यमिक विध्यालयका आइटी स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्वन्धी क्षमता विकास तालिम नेपालगन्ज उपमहानगरपालिका–१७ ज्ञानसागर माविका प्रअ प्रशिक्षक होमराज खड्काले दिएका थिए ।