नेपाल–भारत नाका शिल

भारतमा हुने लोकसभा निर्वाचनलाई लिएर नेपाल–भारत सीमाको जमुनाह नाका शुक्रबार रातीदेखि बन्द गरिएको छ ।

भारत उत्तर प्रदेशमा आगामी बैशाख ३१ गते निर्वाचन रहेकाले भारतीय पक्षको अनुरोधका कारण नेपाल–भारतको जमुनाह नाका बन्द गरिएको नेपाली सीमा स्थित सुरक्षा अधिकारीहरूले बताएका छन् ।

बिहीबार राती १० बजेबाट बन्द गरिएको नाका आगामी बैशाख ३१ गते राती १२ बजेसम्म कायम रहने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङ्गले जानकारी दिएका छन् ।

यसअघि भारतको लोकसभा निर्वाचनलाई लिएर नेपाल तथा भारतका सीमा स्थित सुरक्षा तथा प्रशासन प्रमुखहरूको बैठकले नाका शिल गर्ने, अवाञ्छित गतिविधि हुन नदिन गस्ती बढाउने लगायतको निर्णय गरेको थियो ।

नेपाल–भारत दुवै तर्फ निर्वाचनका बेला सीमा शिल गर्ने, गस्ती तथा निगरानी बढाउने गरिन्छ ।

Exit mobile version