बाँके प्रहरीले तीन वटा मोटरसाइकल सहित चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार, नेपालगन्ज–१८ बाट भे १० प ५९९३ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्न लागेको अवस्थामा बर्दिया बढैयातालका निर्मल सुनारलाई पक्राउ गरिएको हो ।
त्यस्तै, नेपालगन्ज–१२ कोरियनपुरबाट चोरी भएको भे ३ प ६०८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल नेपालगन्ज उप–महानगरपालिका १० बाट जिल्ला बर्दिया गुलरिया न.पा. ६ बस्ने मनोज रावतले प्रयोग गरेको अवस्थामा फेलापारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै, बैशाख २८ गते जानकी गाउँपालिकाबाट भे १ प ३४४७ नम्बरको मोटरसाइकल चोरी गरी लु ३४ प ७७७ नम्बरको मोटरसाइकलले तानेर लैजादै गरेको अवस्थामा जिल्ला बाँके खजुरा गा.पा. ७ बस्ने टुइन्क लस्टर श्रीवास्तव र लक्ष्मण हरिजनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका ४ जना मानिसहरुलाई चोरी कसूरमा अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले बताएको छ ।