महाजात्राले सिने रोयलमा मनायो ५१ दिन

महाजात्रा चलचित्रले नेपालगन्जमा ५१ दिन मनाएको छ । हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा रावत लागायतका कलाकारको अभिनय रहेको चलचित्र ५१ दिनसम्म चल्ने सिने रोयल काठमाडौं बाहिरको एक मात्र हल भएको पनि बताइएको छ ।

चलचित्रले ५१ दिन मनाएको खुसियालीमा शनिबार सिने रोयलम केक सेलिब्रेशन गरिएको थियो । सिने रोयलमा करिब ११ हजार दर्शकले माहाजात्रा हेरेका उक्त कार्यक्रममा जानकारी दिइयो । फिल्मको समीक्षा राम्रो नरहेपनि दर्शकले भने चलचित्र रुचाए । काठमाडौ बाहिर ५१ दिन मनाउनु नेपालगन्जका लागि पनि खुसीको कुरा भएको चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले बताए । सिने रोयलमा महाजात्र अझै केही दिन चल्ने जनाइएको छ ।

फिल्मले काठमाडौंमा क्यूएफएक्स, बिग मुभिज, एफक्युब सिनेमाज्, आइएनआइ, वान सिनेमाज्, बीएसआर मुभिज्, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाजमा पनि ५१औं दिन मनाएको हो ।

Exit mobile version