देशमा आजः ८ बजे ८ खबर

१. उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले कर्णाली र सुदूरपश्चिमलाई प्राथमिकतामा राखेको बताएका छन् । बैतडीको देहिमाडौंमा बिहीबार अन्तरपालिका महिला तथा पुरूष भलिबल प्रतियोगिताको उद्घाटनका अवसरमा मन्त्री भण्डारीले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेको बताए ।

२. नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७ ठमेलबाट पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

३. बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई अर्ब १८ करोड ४० प्रदान गरेको छ ।

४. विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ । अनेरास्ववियुको आयोजनामा भृकुटीमण्डपमा जारी विद्यार्थी महोत्सवको ‘विश्वविद्यालय सुधार किन र कसरी’ भन्ने बहसका वक्ताहरूले विश्वविद्यालय सुधारका लागि समग्र विश्वविद्यालयका लागि एकै छाता ऐन ल्याउनुपर्ने बताए ।

५. सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार सङ्गीता खड्कालाई नियुक्त गरेको छ ।

६. नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पु¥याउनुपर्नेमा जोड दिएका छन् । मदन–आश्रितको ३१औँ स्मृति दिवसमा सो पार्टीद्वारा बिहीबार बल्खुमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सबै खालका आक्रमणलाई पराजित गर्दै एमाले अपराजेय शक्तिका रूपमा स्थापित हुँदै आएको बताए ।

७. सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तनले सिर्जना गरेको सङ्कटबाट बच्न तथा खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यमले सूचना र शिक्षा दुवै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएकी छन् ।
सञ्चारिका समूह नेपालले बिहीबार आयोजना गरेको ‘विश्वका लागि प्रेस र वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ विषयक अन्तरक्रियामा उनले जलवायु परिवर्तनले सिर्जना गरेका सङ्कटबाट बच्न खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यमले सूचना र शिक्षा दुवै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताइन् ।

८. राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै ध्यानाकर्षण भएको बताएको छ । बिहीबार आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गरी बुधबार भृकुटीमण्डपमा अपांगता भएकाहरुको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको घटनाको विरोध जनाएको हो ।

Exit mobile version