देशमा आजः ८ बजे ८ खबर

ृ१. कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँच मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरी कार्यविभाजन गरेका छन् ।

२. जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छोडेर गएकाहरूलाई आफ्नो पार्टीमा फर्कन आग्रह गरेका छन् । शुक्रबार आह्वान पत्र जारी गर्दै यादवले सबैलाई मूलधारको पार्टीमा फर्कन आग्रह गरेका हुन् ।

३. करिब १० महिनाका अवधिमा ५ हजार एक सय ३० वटा डढेलो सम्बन्धी घटना भएको छ । वन तथा भू–संरक्षण विभागको तथ्यांक अनुसार गत वैशाख महिनामा मात्र तीन हजार दुई सय ७० वटा डढेलोको घटना भएको छ ।

४. मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

५. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‌मा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभाको बैठकबारे शुक्रबार अध्यक्ष ओलीले कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको ‘रो’मा आएको बताएका हुन् ।

६. निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डको म्याद एक सय ५५ दिन थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको निर्माण म्याद गत वैशाख २ गते सकिएको थियो ।

७. नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव शङ्कर पोखरेलले सत्ता समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसमा छटपटाहट देखिएको आरोप लगाएका छन् । नेकपा ९एमाले० बाँकेको नवौँ जिल्ला अधिवेशनलाई शुक्रबार नेपालगन्जमा सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारलाई तीन महिना पनि काम गर्न नदिएर सत्ताका लागि छटपटाहट देखाएको बताएका हुन् ।

८. नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ ।

Exit mobile version