४२ डिग्री नाघ्यो नेपालगन्जको तापक्रम

नेपालगन्जको तापक्रममा ह्वात्तै वृद्धि भएको छ । ३८ डिग्री सेल्सियसको हाराहारीमा रहेको नेपालगन्जको तापक्रम शनिबार ४२ डिग्री सेल्सिसियस नाघेको छ । नेपालगन्जमा अधिकतम र न्यूनतम तापक्रमको वृद्धि र तातो हावाका कारण अत्याधिक गर्मी महसुस भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, शनिबार नेपालगन्जको तापक्रम ४२.६ र न्यूनतम तापक्रम २७.५ डिग्री सेल्सियस रह्यो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, आज आइतबार देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू–भागमा एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आइतबार राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । मधेश र लुम्बिनी प्रदेश लगायत कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विगागले जानकारी दिएको छ । आइतबा राती कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबार कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ ।

देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको अनुमान छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबार राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग÷हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको सम्भावना विभागले व्यक्त गर्दै कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख गरेको छ ।

Exit mobile version