भेरी समितिमा गुरुङ्गको नेतृत्व

भेरी अञ्चल ट्रक, मिनी ट्रक, ट्यांकर यातायात व्यवसायी समिति नेपालगन्ज बाँकेको नेतृत्वमा किसन गुरुङ्ग निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको समितिको निर्वाचनबाट कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा शेषकान्त शर्मा, उपाध्यक्षमा तुरण ध्वज खाण, महासचिवमा रत्न बहादुर थापा, सचिवमा राजु तामाङ्ग, कोषाध्यक्षमा अृमत प्रसाद श्रेष्ठ निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृतले जानकारी दिए ।

त्यस्तै, समितिको सदस्यमा पदम सापकोटा, बेल बहादुर सार्की, रुद्र प्रसाद गैरे, खिम बहादुर थापा, रामचन्द्र भाम, सुरेश कुमार छलानी निर्वाचित भएका छन् ।

Exit mobile version