नेपालकै अग्रणी मेटल इन्डष्ट्रिज, भिएमआई गु्रपको बर्षा रिसाइक्लिङ्ग प्लान्टमा मंगलबार अपरान्ह आगलागी भएको छ । भिएमआइको बाँके पार्वतिपुर स्थित बर्षा रिसाइक्लिङ्ग प्लान्टमा आगलागी हुँदा लाखौंको क्षति भएको हो । प्रत्यक्षदर्शीका अनुसार, उद्योग रहेको ठाउँपछाडि खेतखलियानमा लगाएको आगो उद्योगसम्म आइपुग्दा उक्त दुर्घटना भएको थियो ।
‘झण्डै तीन घण्टा लगाएर आगो नियन्त्रणमा लिएकाले मुख्य उद्योगमा क्षति हुनबाट जोगाउन सफल भयौं’, भिएमआई ग्रुपका कार्यकारी अध्यक्ष कन्हैयालाल वैद्यले दैनिक नेपालगन्जसँग भने, ‘कच्चा पदार्थको स्टोर जलेकाले क्षतिको एकिन भैसकेको छैन ।’ राती आठ बजे तिर आगो नियन्त्रणमा आएको थियो ।






























