यस्तो बन्यो, शाहको अध्यक्षतामा एमाले नगर कमिटि

नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका कमिटिको दोस्रो अधिवेशनबाट मोहित शाह सर्वसम्मत अध्यक्ष निर्वाचित भएका छन् । अध्यक्ष पदका अन्य दुई दाबेदारले दाबेदारी छाडेपछि शाह सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।

कमिटिको उपाध्यक्षमा दिग्विजय ढुंगाना, सचिवमा भीम कंडेल, उपसचिवमा सुर्जा सुनार र रविशंकर बर्मा चयन भएको निर्वाचन संयोजक अधिवक्ता विकास आचार्यले जानकारी दिए ।


Exit mobile version