होटल ग्रीन जोन रेस्टरेन्ट एण्ड बारले शुक्रवारबाट औपचारिक रूपमा सेवा शुभारम्भ गरेको छ । नेपालगन्जको चारवाहिनीमा रहेको ग्रीन जोनको नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी र नेपालगन्ज होटल व्यवसायी संघका अध्यक्ष भिम कंडेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।सञ्चालक विनोद तिमिल्सिनाका अनुसार, झण्डै एक करोडको लागतमा शुरु गरिएको होटल ग्रीन जोन रेस्टरेन्ट एण्ड बारमा १२ जनालाई तत्कालै रोजगारी उपलब्ध भएको छ । ‘स्वादका पारखीहरूका लागि सन्तुष्ट बनाउने हाम्रो योजना हो,’ उनले भने ।नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले स्वदेशमै रोजगारीका लागि यसखालका होटल तथा रेष्टुरेन्टले दिने योगदानको चर्चा गर्दै आन्तरिक तथा वाह्य पर्यटकका लागि पनि सकारात्मक विषय भएको बताए ।नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष शुक्रऋषि चौलागाईं, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, होटल व्यवसायी संघका अध्यक्ष भिमलाल कंडेल, लायन्स क्लब अफ नेपालगन्जका अध्यक्ष यज्ञ बस्नेतलगायतले उद्घाटन कार्यक्रममा आफ्ना धारणा राखेका थिए ।
करोडको लगानीमा ग्रिन जोन
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
बाँकेका छ स्थानीय तहको बेरुजु ३२ करोड बढी
by
Dainik Nepalgunj
May 20, 2026
रोकियो नेपालगन्ज–पोखरा सिधा उडान
by
Dainik Nepalgunj
May 20, 2026
एम्बुलेन्स सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी रिट
by
Dainik Nepalgunj
May 20, 2026
उद्योगमा आगलागी, लाखौंको क्षति
by
Dainik Nepalgunj
May 20, 2026
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
by
Dainik Nepalgunj
May 19, 2026