नेपाल जैविक विविधताले भरीपुर्ण देश हो। यहाँ हजारौं प्रजातिका जडिबुटी सजिलै पाइन्छन्। यी जडिबुटीहरू परम्परागत चिकित्सा प्रणालीहरू जस्तै आयुर्वेद होमियोप्याथी तथा आधुनिक औषधि निर्माणमा समेत प्रयोग गरिन्छ।
नेपालका हिमाली पहाडी र तराई क्षेत्रहरूमा पाइने यी औषधीय वनस्पतिहरूले स्वास्थ्य सुधार मात्र नभई स्थानीय समुदायको आर्थिक समृद्धिमा पनि ठुलो योगदान पुर्याएका छ्न । जडिबुटीको व्यावसायिक उत्पादन संरक्षण तथा निर्यातले नेपालको आर्थिक वृद्धिमा टेवा पुर्याउन सक्छ । नेपालमा हजारौं भन्दा बढी प्रजातिका वनस्पतिहरू पाइन्छन् । यस्ता वनस्पतिहरू जस्तै सतुवा, टिमिर, अस्र्वगन्धा, सतावरी निम पखानबेद, रिठो यार्सागुम्बा, गुर्जो,पाँचऔले, घोडा टाप्रे, टिमुर, कटुकि जटामसी विभिन्न रोगहरूको उपचारमा उपयोगी छन् ।
यी जडिबुटीहरू पारम्परिक औषधीय ज्ञानका आधारमा शताब्दीयौंदेखि प्रयोग गरिँदै आएका छन्। बजारका रसायन हालेर बनेका औसधिको साईड ईफेक्ट हुन्छ भने जडिबुटी सहि तरिकाले प्रयोग गरे कुनै असर गर्दैन । ग्रामीण भेगका किसानहरूले जडिबुटी खेतीबाट राम्रो आम्दानी गर्न सक्ने सम्भावना भएकाले यसको व्यवस्थित व्यवस्थापन गर्न आवश्यक छ ।
नेपालका हिमाली तथा पहाडी भूभाग जडिबुटी उत्पादनका लागि निकै उपयुक्त छन् । पछिल्लो समय जडिबुटी खेतीलाई व्यावसायिक रूपमा विकास गर्ने प्रयासहरू भइरहेका छन् ।
जडीबुटीमध्ये तेल निस्कने जडीबुटीमा मेन्था, केमोमाइल,तुल्सी, टिमुर, तेजपात हुन् । नेपालमा उत्पादन हुने जडीबुटीमध्ये अधिकांश छिमेकी मुलुक भारत र चीनमा धेरै निकासी हुने गरेको छ । यार्सागुम्बा जस्तो बहुमूल्य जडिबुटी अन्तर्राष्ट्रिय बजारमा अत्यधिक महँगो मूल्यमा किनबेच हुने गर्छ । यस्तै, गुर्जो, अश्वगन्धा, तुलसी, ब्राह्मी, तथा कालमेघ जस्ता जडिबुटीहरूले औषधीय उद्योगमा ठूलो महत्त्व राख्छन् । सरकारले जडिबुटी खेती, प्रशोधन, तथा निर्यात प्रवद्र्धनका लागि नीतिगत सुधार ल्याउनु आवश्यक छ ।
नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश भएकाले यहाँ विभिन्न प्रकारका जडिबुटीहरू पाइन्छन् । आफ्नो देशमा पाईने जडिबुटीको ज्ञान् सबै नेपालिमा हुन निकै जरुरी
छ । उच्च पहाडी क्षेत्रहरूमा यार्सागुम्बा, पाँचऔंले, जटामसी, चिराइतो, सुगन्धवाल, सतुवा , टिमुर, रिठो , चिउरी जस्ता बहुमूल्य जडिबुटीहरू पाउछ । जसको औषधीय महत्व उच्च रहेको छ । मध्य पहाडी र तराई क्षेत्रहरूमा अमला, हर्रो, बर्रो,निम, तेजपात, गुर्जो, अश्वगन्धा, भृङ्गराज, मेथी, अदुवा, कुरिलो र रीठा जस्ता जडिबुटीहरू पाइन्छन् जुन सामान्य स्वास्थ्य समस्याहरूदेखि लिएर गम्भीर रोगहरूको उपचारमा प्रयोग गरिन्छन् । यसका साथै निम, सितलचिनी, हररो बररो कुरिलो, कपासे, पिपला, गन्धेझार, लोक्ता, अर्गेली, जिम्मु, जरिङगो, वन लसुन, अल्लो, पात्ले सिस्नु, मरिच, पिप्ला, सिस्नो, घियुकुमारी, बोजो, भुइँअमला र लेमनग्रास जस्ता अन्य धेरै जडिबुटीहरू पनि नेपालमा पाइन्छन्, जसको विभिन्न औषधीय र अन्य उपयोगिताहरू
छन् । यी जडिबुटीहरू नेपालको अमूल्य सम्पत्ति हुन् जसको संरक्षण र संवर्धन गर्नु निकै आवश्यक छ ।
बढ्दो वन विनाश अवैज्ञानिक जडिबुटी संकलन र जलवायु परिवर्तनका कारण धेरै महत्वपूर्ण जडिबुटी लोप हुने खतरा देखिएको छ । केही दुर्लभ जडिबुटीहरू जस्तै यार्सागुम्बा जटामसी, पाँचऔले, लोठसल्ला तथा पुनर्नवा जस्ता लोप हुँदै गएका छन्। जडिबुटीहरूको संरक्षणका लागि वैज्ञानिक अनुसन्धान जैविक खेती प्रवद्र्धन तथा स्थानीय समुदायलाई तालिम दिनु आवश्यक छ । सरकारले जडिबुटी संकलन तथा व्यापारका लागि उचित कानुनी व्यवस्था र अनुगमन प्रणाली लागू गर्नुपर्छ ताकि यी वनस्पतिहरूको दीर्घकालीन फाइदा लिन सकियोस् ।
जडिबुटीहरू केवल व्यापारिक महत्वका लागि मात्र नभई स्वास्थ्यका दृष्टिकोणले पनि महत्वपूर्ण छन् । आयुर्वेदमा जडिबुटीहरूको प्रयोग हजारौं वर्षदेखि हुँदै आएको छ । आजको आधुनिक चिकित्सा प्रणालीले समेत धेरै जडिबुटीहरूको औषधीय प्रभावलाई वैज्ञानिक रूपमा प्रमाणित गरिसकेको छ । नेपालमा आयुर्वेदिक अस्पतालहरू स्थापना गरी जडिबुटीबाट औषधि उत्पादन अनुसन्धान तथा प्रवद्र्धन गर्न आवश्यक छ । नेपाल सरकारले जडिबुटीमा आधारित औषधि उद्योग स्थापना गरी यसको व्यावसायीकरणलाई प्रवद्र्धन गर्नुपर्ने देखिन्छ। जडिबुटी नेपालका लागि जैविक सम्पत्ति मात्र नभई आर्थिक समृद्धिको प्रमुख आधार बन्न सक्छ । यसको वैज्ञानिक व्यवस्थापन उचित संरक्षण तथा व्यावसायिक प्रवद्र्धन गरिएमा नेपालले जडिबुटी निर्यातबाट ठूलो आर्थिक फाइदा लिन सक्छ । जडिबुटी संरक्षण अनुसन्धान खेती तथा औषधीय प्रयोगलाई प्राथमिकता दिएर हरित अर्थतन्त्रको विकास गर्न
सकिन्छ । यसका लागि सरकार अनुसन्धानकर्ता कृषक तथा उद्यमीहरूबीच सहकार्य आवश्यक छ ।
जडिबुटीको सही उपयोगले स्वस्थ समाज निर्माण तथा नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ । जय हरियाली