प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज दिनुभएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गर्नुभएको हो । प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १०ः०० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति आग्रह गर्नुभएको छ । उहाँले डेङ्गी सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल पानी जम्ने स्थान भएकाले त्यस्ता स्थलको पहिचान गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्नुपर्नेमा जोड दिनुभएको छ । “नागरिक स्वस्थ भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव छ, त्यसैले डेङ्गी नियन्त्रणको यस अभियानलाई सफल पार्न सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्दछु”, सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ ।
डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
खाली भो गोठ, हरायो नौ वटा भैसी
by
Dainik Nepalgunj
May 29, 2026
महिनावारी चक्रबारे किशोरी अभिमुखिकरण
by
Dainik Nepalgunj
May 28, 2026
तापक्रममा नयाँ रेकर्डको चेतावनी
by
Dainik Nepalgunj
May 28, 2026
मातृमृत्युदरमा उल्लेखनीय सुधार
by
Dainik Nepalgunj
May 28, 2026
बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता थप मजबुतः मुख्यमन्त्री आचार्य
by
Dainik Nepalgunj
May 28, 2026