बरिष्ठ शिक्षासेवी/समाजसेवी लोकेन्द्र बहादुर शाहलाई नागरिक अभिनन्दन गरिएको छ ।
वरिष्ठ शिक्षासेबी, समाजसेवीको रुपमा उनलाई अछामको तुर्माखँदमा नागरिक अभिनन्दन गरिएको हो ।
शैक्षिक, सामाजिक, धार्मिक र पर्यटकीय क्षेत्रको समग्र बिकासमा पुर्याएको योगदानको कदर गर्दै शाहलाई नागरिक अभिनन्दन गरिएको हो ।
तुर्माखाँद गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, तुर्माखाँद गाउँपालिका अछामका अध्यक्ष डम्बर बहादुर बिसि, उपाध्यक्ष बिमला शाहीले संयुक्त रुपमा नागरिक अभिनन्दन पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले शाहले लामो समय देखि समाजका लागि पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए ।
उनले भने– शाह समाजको रोल मोडल हुनुहुन्छ, वहाँले ३७ बर्ष शैक्षिक क्षेत्रको उन्नयन र तत्पश्चात सामाजिक, धार्मिक र पर्यटकीय बिकासका लागि पु¥याउनु भएको योगदान अतुलनिय छ ।
कार्यक्रममा उपस्थित बिभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकिय अधिकृत लगायतले पुष्पबृष्टि गर्दै शाहलाई सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबराज चौधरी, वडा नम्वर २ का वडाध्यक्ष नरेन्द्र बहादुर शाही, वडा नम्वर ३ का वडाध्यक्ष काँशिराम बुढा, वडा नम्वर ६ का वडाध्यक्ष टिकाराम जैशी, वडा नम्वर ७ का वडाध्यक्ष भिम बहादुर चलाउने, कार्यपालिका सदस्य दमन बहादुर घर्ति, बास नेपालका पूर्ब अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नागरिक अभिनन्दन ग्रहण पछि बोल्दै बरिष्ठ शिक्षासेवी÷समाजसेवी लोकेन्द्र बहादुर शाहले नागरिक अभिनन्दनका लागि सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
शाहको योगदान ः
शाहले छाम जिल्लाको शैक्षिक उन्नयनका लागि पुर्याएको योगदान अतुलनीय छ । तुर्माखाँदमा रहेको श्री कालिकेश्वरी माध्यामिक बिद्यालयको संस्थागत बिकासकालागि निर्वाह गरेको भुमिका स्मरणिय छ ।
राजनीतिशास्त्रमा एम.ए., अंग्रजी बिषयबाट बि.एड. शाह श्री कालिकेश्वरी उच्च माबिका पूर्ब प्राचार्य हुन् । २०३३ साल देखि २०७० असोजसम्म उक्त बिद्यालयमा कार्यरत शाहले बिभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् ।
३७ बर्ष अबिछिन्न शैक्षिक सेवा पूरा गरेपछि हाल बिभिन्न संघ, संस्था मार्फत धार्मिक, सामाजिक र पर्यटकीय बिकासकालागि शाह अनवरत सक्रिय छन् ।
२०६८ साल देखि बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकीय क्षेत्र बिकास समितिको संस्थापक अध्यक्ष भई हालसम्म उनले प्रदान गरेको नेतृत्वदायी भुमिकाबाट उक्त क्षेत्रको समग्र बिकास भएको छ ।





























