‘शेयर ओ शायरी’मा ईद मिलन

शनिबार नेपालगन्जमा गजलमय ईद मिलन आयोजना गरिएको छ । गुल्जार–ए–अदब, नेपालगन्जले मासिक गजल गोष्ठीका रूपमा आयोजना गर्दै आएको ‘तरही गजल’ गोष्ठीमा शनिबार ईद मिलन आयोजना गरिएको हो । जहाँ हिन्दु्हरूको महान ग्रन्थ रामायणलाई अवधी रूपान्तरण गर्ने वरिष्ठ स्रष्टा सच्चिदानन्द चौबेदेखि वरिष्ठ उर्दु गजलकार अब्दुल लतिफ शौकसम्मले गजलका माध्यमबाट ईदको शुभकामना आदानप्रदान गरे ।

नव युवादेखि पुराना पुस्तासम्मलाई एकै ठाउँमा ल्याएर गुल्जार ए अदबले नियमित मासिक गजल गोष्ठी आयोजना गरिरहेको गजलकार मुस्तफा अहसन कुरैसीले जानकारी दिए ।

Exit mobile version