लुम्बिनी प्रदेश सभा सदस्य रत्नबहादुर खत्री ले सर्वोच्च अदालतका प्रधानन्यायाधीश डाक्टर मनोज शर्माको नियुक्ति राजनीतिक कनेक्सन र सेटिङका आधारमा भएको दावी गरेका छन ।
लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनकाे दाेस्राे बैठकलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका खत्रीले विगतदेखि नै राजनीतिक पहुँच र सेटिङ मिलाउन सिपालु शर्मा यसपटक पनि राजनीतिक शक्तिकै आडमा प्रधानन्यायाधीश बन्न सफल भएको दावी गरेका हुन ।
अतिरिक्त न्यायाधीश हुँदा कुनै राजनीतिक दलको कार्यालयमा कृतज्ञता दिन पुग्ने, आफ्ना काका प्रधानन्यायाधीश भएको बेलामा नियुक्ति खाने डाक्टर मनोज शर्मा अहिले पनि राजनीतिक कनेक्सनकै आधारमा प्रधानन्यायाधीश बनेको तथ्यले पुष्टि गर्छ,´उनल भनेप्रधानमन्त्रीले भनेजस्तो योग्यता र विज्ञताको आधारमा होइन, राजनीतिक सेटिङको आधारमा नियुक्ति भएको हो ।´
प्रदेश सभा सदस्य खत्रीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान गरेको बाँके जिल्ला अहिले विभिन्न विषयमा अन्यायमा पर्न थालेको टिप्पणी गरे ।
उनले प्रदेश सुशासन केन्द्रलाई अन्यत्र सार्ने प्रयास दुर्भाग्यपूर्ण हुने बताउँदै त्यसप्रति आपत्ति जनाए ।
सुशासन केन्द्र नसारियोस्,´उनले भनेबाँके र त्यहाँका जनतालाई अन्याय हुने कुनै पनि कार्य स्वीकार्य छैन ।´ यस्तै उनले विद्युत अनियमित हुदा बाँके क्षेत्र समस्यामा परेकाे भन्दै प्रदेश र संघीय सरकारकाे ध्यानाकर्षण गराएका छन ।






























