स्थापना दिवसमा रक्तदान

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले महासंघको १९औं स्थापना दिवस पारेर आइतबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

जिल्ला शाखा बाँकेका अध्यक्ष सागर ज्ञवालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रीय उपाध्यक्ष बुद्धि प्रसाद अधिकारी तथा अतिथिहरुमा रक्त संचार केन्द्र प्रमुख उपेन्द्र रेग्मी, महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शालिक सुवेदी, पूर्व अध्यक्ष नारायण ज्ञवाली र हेमराज पौडेल रहेका थिए ।

त्यसअघि शनिबार महासंघको बाँके शाखाले आफ्नो १७ बार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम बाँकेको हात्तीसार खड्गवारमा आयोजना गरेको थियो ।

साधारणसभामा मन्दिरा पाण्डे, बुद्धिप्रसाद अधिकारी, किशोर आचार्य, शालिक सुवेदी, ज्ञानेन्द्र श्रेष्ठ, रामदर्शन यादव, अर्जुन सुवेदी लगायतलाई सम्मान गरिएको थियो ।

जिल्ला शाखा बाँकेका अध्यक्ष सागर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मोहन चन्द र स्वागत उपाध्यक्ष दिनेश रिमालले गरेका थिए ।

Exit mobile version