१५औं बार्षिकोत्सवमा वृक्षारोपण गर्दै ग्यालरी

नेपालगन्ज ग्यालरी फेसबुक ग्रुपले आज आफ्नो १५ औं बार्षिकोत्सवमा वृक्षारोपण गर्ने भएको छ ।

ग्यालरीका संस्थापक समिर मान श्रेष्ठले ग्रुप स्थापनाको १५औं बार्षिकोत्सव मनाउने क्रममा वृक्षारोपण गर्न लागिएको जानकारी दिए । ‘हामीले संरक्षण र आवश्यकताका हिसाबले उपयुक्त हुने पाएपछि मंगल प्रसाद माविको खेल मैदानमा वृक्षारोपण गर्न लागेको हौं’, संस्थापक श्रेष्ठले भने, ‘१५ प्रजातिका १५ वटा बिरुवा वृक्षारोपण गरिनेछ ।’

मंगल मावि सँगको समन्वयमा गर्न लागिएको वृक्षारोपणमा बिरुवाको सुरक्षाका लागि ट्रिगार्डको पनि व्यवस्था गरिएको छ । विद्यालयले उक्त विरुवाको संरक्षण गर्नेछ ।

संस्थापक श्रेष्ठले मंगल माविको खेल मैदानमा खेलकुद प्रतियोगिता हुँदा दर्शकहरु घाममा बसेर हेर्नु परिरहेकाले वृक्षारोपण गरिएका बिरुवा हुँर्कदै जाँदा छहारी प्राप्त हुने बताए । ‘वातावरण जोगाउन वृक्षारोपण गर्नुपर्छ भन्ने सन्देश पनि दिन खोेजेका छौं’, उनले भने ।

पश्चिम नेपालमा सूचना पुर्याउन भरपर्दो माध्यम बनिरहेको ग्यालरीले सामाजिक विगतमा थुप्रै सामाजिक कार्यहरु गरेको छ ।

हाल उक्त ग्रुपमा १ लाख ८७ हजार सदस्य रहेका छन् ।

Exit mobile version