बाँकेको नरैनापुर गाउँपालिकाका कर्मचारीहरुले वडाध्यक्षले कर्मचारी माथि हातपात गरेको आरोप लगाएका छन् ।
कर्मचारीहरुले प्रेज्ञ विज्ञप्ति प्रकाशित गरी आइतबारको योजना शाखामा कामकाज गरीरहेको समयमा गाउँपालिकाका वडा नं. १ का वडा अध्यक्ष इसाक जोलाहाले इन्जिनियर श्री प्रविन श्रेष्ठ र सगिर अहमद दर्जीलाई फोहर अपाच्य शब्द प्रयोग गरी हातपात गरेको गरेको जनाएका छन् ।
कर्मचारीहरुले वडाध्यक्ष जस्तो जिम्मेवार पदमा आसिन व्यक्तिले यस प्रकारको अवाञ्छित एवम् गैर–कानूनी आचरण प्रदर्शन गरेका कारण कर्मचारीहरुको मनोवल खस्किनुका साथै ईज्जत मान प्रतिष्ठामा समेत गम्भीर आघात पर्न गएको प्रेस विज्ञप्ति मार्फत बताएका छन् ।

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.