For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

पत्रकारिता धमिरो नलागोस्

byDainik Nepalgunj
May 25, 2024
in विचार
0 0
0
पत्रकारिता धमिरो नलागोस्
Share on FacebookShare on Twitter

कुनैपनि लोकतान्त्रिक मुलुकमा मिडियालाई चौथो खम्बा लोकतन्त्रको पहरेदारको रुपमा लिइन्छ । राज्यले गरेका कामहरु, लिएका निर्णयहरु जनतालाई सुसूचित गराउने देखि शासकलाई देशको हितमा काम गर्न दबाब सृजना गर्ने शान्तिपूर्ण र भद्र माध्यम भनेको मिडिया हो । हुन त नारा जुलुस, धर्ना पर्दशन, भोगहडताल, अन्य असहयोग आन्दोलनहरुका माध्यमबाट पनि सरकारलाई झकझकाउन र उसको कानसम्म जनताको आवाज पुर्याउने काम हुने गरेका छन्. । तर यी र यस्ता माध्यम भनेका जनताले चुनेको सरकारलाई सम्झाउने बुझाउने या उसम्म जनताका कुरा पुर्याउने माध्यमको रुपमा उपयोग गर्न पर्नु उपयुक्त होइन । यस्ता उपायहरुले अन्तमा हिंसाको रुप लिन्छ र द्धन्द बढ्छ । तानाशाहरुलाई घुँडा टेकाउन शान्तिपूर्ण र भद्र माध्यमको उपयोग गरेर हुँदैन पनि तर लोकतन्त्र भनेको हिंसाको रुपमा गरिने कार्यको पर्याय हुन सक्दैन त्यो चाहे राज्यबाट होस् या फेरि जनताबाट ।

नेपालका हरेक आन्दोलनहरु कुनै न कुनै रुपमा हिंसामा गएर ठोकिएका छन् । हिंसा कै माध्यमबाट सत्ता र व्यवस्था परिवर्तन भएका छन् । यो हिंसाको लागि जति राज्य जिम्मेवार बनेको छ त्यत्ति नै जिम्मेवार जनता र नेपाली मिडियाहरु पनि बनेका छन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई नागरिकता फ्रण्ड काण्डमा प्रहरीले प्रक्राउ गरेपछि देशमा एक किसिमको तरङ् नै उठेको छ । केहि उनीसँग ब्यापारिक र राजनीतिक साँठगाँठ राख्नेहरु र उनीपछि आफ्नो पनि पालो आउनसक्ने त्रास पालेकाहरुले उनको गिरफ्तारीलाई मिडिया माथिको अतिक्रमण भन्दै बिरोध गरेका छन् भने जनस्तरमा धेरैले यसको स्वागत गरेका छन् । मानौं देश नै दुई कित्तामा उभिएको छ । एकथरी सोरोहियालाई देशको कानून नै लाग्नु हुँदैन भने झैं गर्दैछन् भने अर्कोथरी सिरोहिया कुनै मसिहा माइबाप होइन, कानूनले आफ्नो काम गर्नुपर्छ, यो मिडियामाथिको अतिक्रमण नभएर गैरकानूनी काम गर्ने एउटा ब्यक्तिमाथि भएको कार्वाही हो । सहि र सत्य कुरा पछिल्लो थरिको नै हो तर मिडिया जगतमा सिण्डिकेट बनाएर राज्य र कानूनलाई नै ब्लेकमेल गर्ने नियत राखेकाहरुले यो कुरालाई बतुङगड बनाइरहेका छन् ।

नेपाली मिडिया क्षेत्रमा लागेको धमिरोलाई सधैंभरि चुसिरहन दिनुपर्न भन्ने कुनै कानूनमा छैन । देश सर्वोपरि हो । कानूनी शासनको पहिलो शर्त नै यहि हो ।

नेपालमा भएका हरेक सकारात्मक, नकारात्मक परिवर्तनमा नेपाली मिडिया जगतले ठूलो भूमिका खेलेको छ । २०६२–०६३ को आन्दोलनमा सात दलको संयुक्त आन्दोलन भएको थियो । आठौं दलको रुपमा कान्तिपुर पब्लिकेशनलाई गनिन्थ्यो । यो सरकारले बनाएको भाष्य मात्रै थिएन । कैलास सिरोहियाले आफ्नो गिरफ्तारीका बेला जसरी त्यो बेला ज्यानको बाजी लगाएर ल्याएको गणतन्त्र भनेर आफुलाई प्रस्तुत गरेका छन् त्यसबाट कान्तिपुर पब्लिकेशन उबेला आठौं पार्टी बनेको थियो भन्ने थप प्रष्ट भएको छ ।

लोकतन्त्रमा संविधान र कानून सर्वोपरि हुनुपर्छ । तर नेपाल यो कुरामा अपवाद मान्नुपर्छ । यहाँ लोकतन्त्र वा गणतन्त्र जे जे ल्याएपनि यसका वास्तविक मूल्य र मान्यतामा न त शासक बसेको छ न जनता बसेका छन् न यो देशका मिडिया बसेका छन् । यहाँ लोकतन्त्रका नाममा जे जे पनि गर्ने छूट सबैलाई मिल्नुपर्छ भन्ने भाष्य नै बनाइएको छ । कसैलाई चोकमा उभिएर गाली गर्न, कसैका कुनै धर्म बिशेषका चेबिलबेटीलाई अन्य धर्म बिशेषका व्यक्तिले जर्बजस्ती लैजान, चोर्न चोराउन र उन्मुक्ति पाउन, खोलानाला खोतलेर वा सिंङ्गै बेच्न, हिजो आन्दोलन गरेको हुँ भन्दै त्यसको ब्याज खाँदै पदमा चप्किरहन, मिडियामा आफुलाई अनुकुल हुने मुद्दा उठान गरेर वा कसैका बिरुद्ध कुनै मुद्दा खोतलेर त्यसैलाई ब्लेकमेल गरेर अुकत सम्पत्ति कमाउन र अनेक अपराध छुपाउन मिडियाकर्मीको खोल खोढ्न समेत यो देशको लोकतन्त्रले छूट दिएको छ ।

अहिले राज्यको गृहमन्त्री रहेका व्यक्ति स्वयं मिडियाबाटै आफ्नो यो हैसियत बना
एका व्यक्ति हुन । उनको यो हैसियत बनेको कुनै खानदानाी राजनीतिक घरनाको लिगेसीबाट होइन न आन्दोलनमा ढुङ्गा र लाठी खाएर बनेको हो । न कुनै विद्यार्थी आन्दोलनमा क्याम्पसमा ताला लगाएर पार्चायहरु कुटेर बनेको हो । न माउ पार्टीका नेताको अराउपराउमा कुनै एनजिओ चलाएर सरकारी पैसा खाएर बनेको हो । न जेल बसेर बनेको हो न बम र बारुद बोकेर जनताका छोराछोरीलाई विद्यालयबाट थुतेर जङ्गल लगेर यो क्यारियर बनेको हो । उनले नेपालमा आएर ७२ घण्टे ननस्टप अन्तरवार्ता गरेर होस् या सिधाकुरा जनतासँग कार्यक्रम चलाएर केहिलाई उद्दार र केहिसँग बार्गेनिङ् गरेर आफ्नो समाजिक आर्थिक हैसियत बनाएका हुन ।

नेपालका वर्तमान गृहमन्त्रीको राजनीतिको यात्रा त्यत्तिकै शुरु भएको मान्न सकिन्न । नेपाली मिडियामा लाएको आन्तरिक धमिरोले मुल घर नै ध्वस्त पारेपछि त्यहाँभित्र चलेको द्धन्दमा आफ्नो शक्ति कमजोर बनेपछि मिडियाबाटै बनेको हैसियतलाई भजाएर शक्ति आर्जन गर्न राजनीतिमा झलाङ हानेको भन्दा खासै फरक पर्दैन । भारततिरका अनेक हिरोहिरोइनहरु, खेलाडीहरु आफ्नो अनुहारको छालामा गाँठा परेपछि आफ्नो फिल्मी क्यारियरको के्रजलाई राजनीतिमा ल्याएर शक्ति आर्जन गर्ने गर्छन् त्यस्तै नेपालमा पनि त्यहि मोडेलबाट रवि लामिछाने राजनीतिमा उत्रेका हुन् । यो कुरा फरक यत्ति हो कि उनी अनुहारमा गाँठा पर्नभन्दा पहिल्यै उत्रे । उत्रनै पर्ने बाध्यता थियो किन कि उनको पत्रकारिताले अहंकार मात्रै होइन भएभरको लालच पनि जन्माइसकेको थियो । सिधा कुरा कार्यूक्रम र उनको पत्रकाारितामा लालचको धमिरो लागिसकेको थियो ।

दुनियाँमा कहिँ पनि र केहि पनि निरपेक्ष हुँदैन । सबैकुरा सापेक्षतामा मात्रै अस्तित्वमा रहन सक्छ । हरेकले आ आफ्नो धर्मको निर्वहन गर्नैपर्छ । चाहे त्यो राज्य होस् या जनता । नेता होस् या पत्रकार या पत्रकारिता । पत्रकारिताको धर्म सूचना दिने मात्रै भन्ने भाष्य सर्वधा गलत छ । सबै सूचना सार्वजनिक योग्य हुँदैनन् । सूचनाको नाउँमा बलात्कृत महिलाको परिचय खुलाउने र हिंसामा परेको नाबालकको फोटो छाप्नेलाईं जसरी सूचना दिने नाउँमा पत्रकारिताको धर्म मानिँदैन त्यो भन्दा पर कतिपय कुराहरु हुन्छन् जो अव्यक्त रुपमा सूचनाको नाउँमा व्यक्त गर्ने धर्म पत्रकारिताको होइन । राज्यको व्यवस्था होस् या राज्यको कुटनीति खुलापानाबाट चल्दैन । सूचनाको हकको नाउँमा सबैको कुराको सूचना संसारको कुनैपनि राज्यले दिँदैन । चाहे त्यो लोकतान्त्रिक मुलक होस् या गणतन्त्रको पिता नै होस् । सबैभन्दा बढि सूचना अमेरिकामा लुकाइन्छ त्यहि देश संसारलाई लोकतन्त्रको मसिहा भन्दै बिभिन्न नाकाबन्दी र बन्दुकका त्रास दिएर लोकतन्त्रको शिक्षा दिँदै हिँड्छ । नेपालका मीडिया र यहाँका अधिकारकर्मीहरु त्यहि अमेरिकाको जस्तो खुलापन भन्दै लोकतन्त्रको बखान गरेर आफ्नो दोकान चलाउँछन् ।
नेपालको राष्ट्रिय सुरक्षाको कुरा होस् या काठमाण्डौंको वरिपरीका डाँडामा जंगल मासेर रिसोर्ट विकासका कुरा, पहाडका प्रत्येक डाँडामा बाटो लैजाने बिकास गर्ने नाममा बिनास गरिएको होस या पर्यावरण मासेर औचित्यहीन पूर्वाधार तयार गर्ने काम, देशको मुलकुल धर्म सँस्कृति मासेर नेपालको अस्मितामा नै ग्रहण लगाउने काम होस् या नेपालीको परिचय नै मासिने गरि गरिएका र चलाइएका अनेक योजनाहरु हुन् , सबैलाई सकारात्मकताका नाउँमा या विकासका नाउँमा या मानवअधिकारको नाउँमा या फेरि मिडियाको धर्मकोको नाउँमा मिडियाबाजी गर्ने र यस्ता कामलाई टेवा दिने कामलाई मिडियामा लागेको धमिरो नै भन्नुपर्छ ।

यहाँ पछिल्ला बीस तीस बर्षमा स्वीकार गर्नुस् या नगर्नुस् नेपाली पत्रकारितामा केहि मिडियाकर्मी र मिडिया हाउसहरुले देश भन्दा पनि आफ्नो मीडिया हाउस्, आफ्नो नीहित स्वार्थ, कसैलाई सत्तासीन बनाउने र खलाल्ने खेल सर्वोपरि ठानेका छन् ।

हुन त संसारमा यस्तो धेरैतिर हुने गरेको छ कि सत्ताको नजिक हुने मिडियाहरुको खास धर्म बन्ने गरेको छ । नेपालमा मात्रै भैरहेको भने होइन । संसारको सबैभन्दा ठूलो लोकतन्त्र भएको भारतका मिडियाहरुलाई मोदीराजमा गोदी मिडियाको रुपमा परिभाषित गर्ने गरेका छन् । लोकतन्त्रको जननी भनिने ब्रिटेनमा बिबिसीले आफ्नो राज्यको बिरुद्ध खासै बोल्दैन लेख्दैन जुन कुराले ब्रिटेनको साखमा कुनै असर परोस् । अमेरिकाका ठूला मिडियाहरुले पनि राज्यको गोपनियता र राज्यको विदेशम नीतिमा कुटनीतिक असर पर्ने खालका कुनै समाचार बनाउन आवश्यक ठान्दैनन् । यो हुन्छ । हुनु पनि पर्छ । देश रहे, देशको परिचय रहे मात्रै त्यस देशको मिडियाको हैसियत पनि रहने हो । यो कुरा धेरै नेपाली मिडियाहरुले किन बुझ्न चाहेनन् अचम्म लाग्छ । कतिपय मिडियामा रहेकै व्यक्तिहरु देखि पत्रकारिताको ध्वांस भर्नेहरुले समेत नेपालको अस्तित्व नस्वीकार्नु, नेपाललाई भारतले लगे बरु मोटरसाइकलको साटो कार चढ्न पाइन्छ भन्ने चिया गफ गर्नु, भारतको स्वार्थका बारेमा लेख्दा नेपालको स्वार्थ कहाँनिर मिचिएको छ भन्ने हेक्का नराख्नु जजस्ता लापरवाही व्यवहारले गर्दा नेपाली मिडियमा साँच्चिकै धमिरो लागेको त होइन ? भन्ने प्रश्न उब्जिन्छ ।

देशको मुलकुल धर्म सँस्कृति भाषा सभ्यता र नेपाली मौलिकता मासेर विकास र समृद्धि आउँछ भन्ने पत्रकारिता हामीले धेरै गरिसकेका छौं । विदेशी वाद र त्यसबाट प्रायोजित ऐजेण्डामा नेपाली पत्रकारिताले आफ्नो लामो समय खर्चेको छ । देश डुबाउन कहिँ कतै बाँकी नराख्ने नेतालाई उचाल्ने र उसैको स्तुति गाउने पत्रकारिताले पनि लामै समय खर्चेको छ । अमेरिका यूरोप आदिका सपना बाँड्न र उतैको नै सबैथोक राम्रो नेपाल र नेपालित्व सबै खराब भन्ने भाष्य बनाउन पनि नेपाली पत्रकारिताले लामै समय खर्चेको छ । नेपालको भूगोल, इतिहास, यहाँको पारम्परिक ज्ञान र यसले आर्जेको आजको पूँजी मास्नैका लागि पनि नेपाली पत्रकारिताले निकै समय खर्चेको छ । नेपालको शिक्षा पद्धतिमा धमिरो लगाउने आइएनजिओको प्रशंसा र पुरस्कारमा पनि नेपाली पत्रकारिताको भूमिका ठूलो छ । देशका सयौं सिँह र यसका दरबारहरुसँग मिलोमतो गरेर साझेदारी गर्न पनि नेपाली मिडियाले समय खर्चेको छ । पत्रकारिताको धर्म अरुलाई सिकाउनेहरु नै पार्टीको चम्चाशसनको सुकुलमा बसेर नेताको चापलुसीको खीर खाने परम्परा नै बनेको छ । यसलाई धमिरो भन्ने कि क्यान्सर आफै जान्नुस् ।

राज्यको उच्च पदमा रहँदा बित्तिकै, या सत्ताको मझेरीको पार्टी नेता हुने बित्तिकै उसलाई हरेक कुकुर्ममा उन्मुक्ति पाउने छूट कसरी हुन्छ ? राज्यभित्र रहेर त्यहि राज्यको कानून आफु अनुकुल ब्याख्या गर्ने र कलम छ भन्दैमा राज्यको कानून नै मान्न नपर्ने छूट कसरी हुन्छ ? राज्य सञ्चालक, कलम र कोटको मिठो साझेदारी रहुञ्जेल यो देशमा लोकतन्त्र रहने र साझेदारीमा अमिलोपन आयो भने एकले अर्कोलाई लोकतन्त्र मास्ने तानाशाह बनेको भन्ने भाष्य बनाउन मिल्छ त ? के यसैलाई लोकतन्त्र भन्ने हो ? यसैलाई पत्रकारिता र यसको धर्म भन्ने हो ? कुरा बुझिएन मित्रहरु, बुझ्नेले अझै प्रष्ट पारौं । नेपाली पत्रकारितामा धमिरो लाग्नबाट बचाऔं ।

Previous Post

भारतमा लोकसभा चुनावको छैटौँ चरणमा मतदान

Next Post

‘अनाहक आफैले लिइने ज्यान जोगाउन सकिन्छ’

Next Post
‘अनाहक आफैले लिइने ज्यान जोगाउन सकिन्छ’

‘अनाहक आफैले लिइने ज्यान जोगाउन सकिन्छ’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version