For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

वातावरण दिवस र हामी नेपाली !

byDainik Nepalgunj
June 7, 2024
in विचार
0 0
0
वातावरण दिवस र हामी नेपाली !
Share on FacebookShare on Twitter

अस्ती बुधबार विश्व वातावरण दिवस मनाइयो । टेलिफोन सेवा, मोबाइल सेवाका रिङटोनहरु बजाउने देखि सडकमा ब्यानर टाँगेर, बिभिन्न प्रभातफेरिहरु निकालेर, नाराजुलुस लगाएर होटलका हलहरुमा गोष्ठी गरेर भाषण ठोकेर राज्यको केहि करोड झ्वाम पारेर नेपालमा पनि भव्यताका साथ विश्व वातावरण दिवस मनाइयो । खडेरीले हायलकायल पारेको अवस्थामा पनि फोटो खिचाउने विरुवा रोपेर समाजिक सञ्जाल भर्न पनि कुनै कमि गरिएन । केहि साहित्य पाठहरु पनि भए । लाग्दै थियो कि मानौं अब नेपालमा वातावरणको विनास कतै भएको छैन, जनता मात्रै होइन चुरे कोतर्ने ठेकेदारहरु देखि पहाड कोपर्ने विकासे नेताहरु सबै सज्जन भए । वातावरण प्रेमी भए भन्नेजस्तो देखाइयो । हामी नेपाली न हौं कथामा विश्वास गर्छौ, सुनिसुनाइ कुरामा विश्वास गर्छौ, सपनामा सुख पाए पुग्छ, नेता र आइएनजिओका खेतालाले बोलिदिए त्यहि सत्य हुन्छ, कतै न कतै त्यस्तै भयो ।

नेपालीलाई घरको घुरीबाट पानी नचुहुञ्जेल र विस्तारमा बसेरै तारामण्डल नदेखिउञ्जेल अभाव भएको महसुस नै हुँदैन । ऋण काढेर घिऊ खाने जाति हामी नेपालीलाई डढेलोले आफ्नो गोठ जल्दा मात्रै जङ्गलमा आगो लागेको देखिन्छ । हुन त धेरैतिरका मान्छेलाई जब बिपत्ति पर्छ अनिमात्र चेत खुल्छ भन्छन् तर नेपाली जाति भनेको अलि फरक नै छ भन्नै पर्छ । यहाँ आफुमाथि आपत नपर्दासम्म समस्या नै देख्दैनौं, आफ्नी छोरी, स्वास्नी पोइल गएपछि बल्ल समाजमा बेथिति भयो भन्ने र आफ्ना छोराले सुइ हान्न थालेपछि मात्रै समाजमा बालबालिकाहरु बिग्रिए भन्ने जात हामी अघिपछि भने हरेक कुरामा आँखा चिम्लिन्छौं । मलाइ के को खसखस भनेर मुख मोडेर हिँड्छौं । समाज तन्नम हुँदा पनि मुखमा ताला लगाएर पानी माथिको ओभानो हुन थाल्छौं ।

आफ्नो बानी कसले छोड्ला भन्ने उखान झैं हामी कतै न कतै वातावरणको रक्षाको हकमा पनि सबैथोक भत्किसक्दासम्म टुलुटुलु हेरेरै बस्ने गरेका छौ. भन्ने देखिएको छ । नक्शामा वनको क्षेत्रफल २२ बाट ४४ प्रतिशत भयो भनेर मख्ख परेको धेरै भैसक्यो तर कस्तो वनको आकार बढेको हो ? नेपालको पारिस्थितिक प्रणाली अनुकुलको वनको विस्तार भएको हो होइन ? त्यसको हामीलाई कुनै अर्थ छैन । मानव संरक्षणले गर्दा बढेको हो या डेमोग्राफी परिवर्तन भएर, बसाइसराइले पहाडहरु रित्तिएर खेत खलियानहरु बञ्जर भएर बनमाराको झाडी बढेर वन बनेको हो त्यसको पनि कुनै मतलब र विश्वस्नीय तथ्याङ्क छैन । दारपातजन्य रुखहरु, बाँदर र जङली जनावरहरुका लागि आहारजन्य वनस्पतिको बृद्धि भएर जङ्गल बनेको छैन । बर्षेनी लाग्ने आगोले त्यो जङ्गलको विनास गरेको हिसाब छैन तर पनि हामी जङ्गल बढेको छ हामीले वातावरण जोगाएका छौं भनेर फुतिफार्ती गरिरहेका छौं ।

विपतमा हे राम ! भन्ने, र आफ्नो दैविक शक्तिलाई सम्झिन्ने बानी प्राय मानवीय चरित्र नै हो । बच्चाले आपत पर्दा बाआमा सम्झिन्छ । हामी पनि क्षणिक फाइदाका लागि खोलानालामा डोजर लगाएर उत्खनन् गछौं । चुरे भत्काएर रातारात सीमापारि पुर्याउछौं । विकासको नाउँमा पूर्खाले लगाइदिएका सयौं बर्ष पुराना वातावरण मैत्री रुखहरु काट्छौं । पहाडतिर भञ्ज्याङमा बनेका चौतारी भत्काएर पोखरी पुरेर आधुनिकताको नाटक गर्छौ । तराइमा रहेका पानीका श्रोतहरु सिँचाइका लागि बनाइएका बर्षे पानी संग्रहण गर्ने ताल तलैयाहरु कब्जा गरेर पुरेर जग्गा हडप्छौं । जामुन, साल, उत्तिस, कटुस् चिलौनी आदि रुखहरु काटेर क्लाप्टी, बोटलपामका रुख रोपेर पानीका मुहानहरु सुकाउँछौं । गाइभैंसी वस्तुभाउ पाल्नेलाई हिनताबोध हुने वातावरण बनाएर खेतमा रसायनिक मलको प्रयोग बढाउन अनुदान दिन्छौैं । रैथाने बीऊ, रैथाने जातका पशुको नश्ल मासेर विकासे बन्छौं । घरमा खाना खाजा बनाएर आफ्ना लालाबालालाई खान खुवाउन छोडेर प्लास्टिकमा प्याकिङ गरिएका पत्रुखानाहरु खान्छौं र त्यो प्लास्टिक बाटोमा फाल्छौं खेतमा फाल्छौं । खोलानालाले भरिएको देश भन्छौं तर पानीका बोतलहरु किनेर पिउँछौं र बोलत बाटोमा फाल्छौं । पसल गररे नाफा खान्छौं तर त्यहाँको फोहर लगेर बाटोमा फाल्छौं । रैथाने र घरपाला रक्सी छोडेर विदेशी ब्रान्डका रक्सी त पिउँछौं पिलाउँछौं तर ती बोतलहरु लगेर रुखको फेंदमा, जङ्गलको छेउमा, कसैको घर अगाडी कतै पानी मुहानमा लगेर फाल्छौं । संसारका प्लास्टिकजन्य चिजहरु आयात गरेर नेपाललाई डम्पिङ साइड बनाउँछौं तर त्यसको व्यवस्थापनको नीति बनाउने काम गर्दर्नौ । त्यस्ता समानमा डम्पिङ् चार्ज लगाउँदैनौं । तर हामी वातारण दिवस मज्जाले मनाउँछौं । बाजा बजाएर छमछम नाचेर मनाउँछौं । अस्ति पनि मनायौं ।

यसबर्षको जङगलमा लागेको आगलागीमा पाँच दर्जन बढिले ज्यान गुमाए । डेढ सयजना घाइते भए । अर्बौको व्यक्तिगत सम्पतिको क्षति भएको भनिन्छ । यो त मानवले आफ्नालागि साँचेको सम्पतिको मात्रै क्षति हो । यो भन्दा पनि ठूलो क्षति वातावरणको भएको छ । वन्यजन्तुको भएको छ । वन जङ्गलमा पाइने अमूल्य जडीबुटी र वन पैदावरको क्षतिको त कुनै हिसाब छैन । वातावरण सन्तुलनका लागि हुर्के बढेका रुख बिरुवा देखि लडेपडेका सडेका काठहरुको क्षतिको हिसाब छैन । पानीका मूलहरु सुक्दा भएको क्षतिको हिसाब छैन । डढेलोका कारण जमिनमा बनेको धाँजा र बर्षामा यसैका कारण निम्तिने पहिरो र बाढिको हिसाब छैन । अष्ट्रेलियामा आगो लाग्दा यहाँ पोल्ने हामी नेपालीलाई नेपालभरी आगो लाग्दा खै कत्तिको पोल्यो त हामीलाई ?

नेपालको भूगोल, यहाँको वातावरण संरक्षणको मौलिक पद्धतिलाई चटक्कै बिर्सेर आधुनिक विकासको भूत चढेका कारण वातावरण विनास हुँदै गएको छ । यो । त्यत्तिकै वातावरण दिवस मनाएकै भरमा ठिक ठाउँमा आउनेवाला छैन । नेपालको भूगोललाई नै मध्येनजर गरेर आफ्ना लागि मात्रै नभएर आफ्ना सन्ततीका लागि पर्यावरण बचाउने हाम्रा पूर्खाको ज्ञानलाई पाखण्ड देख्ने आजको विकासे राजनीतिको सोचमा परिवर्तन आउन जरुरी छ । पहाडका भञ्ज्याङहरु, चौतारीहरु, वरपीपलहरु, त्यहाँ रहेका पोखरीहरुलाई पुनर्जिवित गर्न जरुरी छ । पानीका मूल नसुकोस् भनेर साँचेका रुखहरु, नाग देउताको बास छ भनेर त्यसको संरक्षणको लागि गरेको पूर्खाको दिगो पहलकदमी, आफ्ना सन्ततीको घरबासको लागि दारपात चाहिन्छ, पशुचौपायालाई घाँस चाहिन्छ भनेर साँचेका रुखहरुको महत्व आजको पुस्ताले पनि चिन्न जरुरी छ ।

आधुनिकताको नाउँमा बनाइने नयाँ नयाँ शहरको गति रोक्न जरुरी छ । देशलाई शहरीकरण तर्फ होइन गाउँलाई सम्पन्न गाउँ बनाउने राज्यको प्रष्ट नीति हुनुपर्छ । शहरीकरण, स्मार्ट सिटीका सबै सपनाहरु भत्काउनुपर्छ । देशका कृषियोग्य जमीन, बेंसीहरु, समथर भूभागलाई हराभरा खेतीयोग्य बनाइराख्न जेजस्तो र जतिसुकै कठोर नीति ल्याउनुपर्ने हो त्यसमा कुनै कञ्जुस्याइँ गर्नु हुँदैन । पानीको मुल सुकाउने कुनै पनि कार्य गर्न गराउन बन्द गरिनुपर्छै । पर्यटनको नाउँमा हिमालको मुल स्वरुपमा मानवीय हस्तक्षेप तत्कालै बन्द गरिनुपर्छ । आरोहरण नाउँमा नेपालका हिमनदिहरुको पानीको मुहान नै फोहर बनाउने काम तत्कालै बन्द गरिनुपर्छ । त्यस्ता ठाउँमाहरुमा पैदल यात्रा त्यो पनि बेस क्याम्पसम्म मात्रै हुनुपर्छ ।

रुख विरुवाहरु रोप्दा होस् या खेतिपाती गर्दा, पशुचौपाया पाल्दा होस् या भान्सामा पकाउने कुरा किन्दा सबै कुरामा वातावरणसँग सम्बन्धित कुरा छ । यसलाई वातावरण मैत्री, नेपालको पारिस्थतिक प्रणाली अनुकुल हुने गरि गरिनुपर्छ । हरेक विद्यालयहरुमा रैथाने रुख विरुवाहरुले हराभरा बनाउने ठोस कार्य गर्नुपर्छ । विदेशी प्रजातीका नेपालको रैथानेपन मास्ने फलफुल रुख विरुवाहरुलाई प्रवेश दिइनु हुँदैन । कस्ता रुख विरुवा कहाँ रोप्ने भन्ने कुरा विद्यालय शिक्षाको मुख्य अंग बनाइनुपर्छ । जतासुकै ए फर एप्पल होइन तराइमा ए फर अम्बा, पहाडमा ए फर अमला र हिमालमा ए फर एप्पल पढाउने पाठ्यपुस्तक हुनुपर्छ । वातावरणको मुल जरोमा किरा लागेको छ । हाँगा र पातमा उपचार खोजेर बाटोमा जुलुस निकालेर त्यहिँ पानी पिउँदै बोतल फाल्दै, चाउचाउ विस्कुट र कुुरमुरे आदिका खोल फालेर मनाइने वातावरण दिवसले हुँदैन । संरक्षणको सुनिश्चता बीनै खडेरीमा विरुवा रोपेर मात्रै वातावरण दिवस मनाउँदैमा पनि वातावरणको संरक्षण हुँदैन । वातावरण जोगाउन हरेक दिन वातावरण दिवसको उत्साह जरैदेखि सबैमा आउन जरुरी छ । हरेक मानिसले आ आफ्नो जरोतिर फर्किन जरुरी छ ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

नेपालगन्ज सहकारी नियमन प्रयास

Next Post
नेपालगञ्जमा तयार हुँदै अत्याधुनिक नगरभवन

नेपालगन्ज सहकारी नियमन प्रयास

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

May 15, 2026
बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड

बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड

May 15, 2026
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र

May 15, 2026

भारतमा पेट्रोल–डिजेल महँगियो

May 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version