स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु एक लाख ४५ हजारमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा रु ७५ ले घटेको छ । शुक्रबार तोलामा रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय २५ निर्धारण भएको छ ।
सुनको मूल्य तोलामा चार हजारले घट्यो
- Dainik Nepalgunj

- Categories: News
Related Content
तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब
by
Dainik Nepalgunj
March 17, 2026
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा 'नागरिक सहायता कक्ष' उद्घाटन
by
Dainik Nepalgunj
March 17, 2026
लुम्बिनीको पूँजीगत खर्च न्यून
by
Dainik Nepalgunj
March 17, 2026
सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु
by
Dainik Nepalgunj
March 17, 2026
ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध
by
Dainik Nepalgunj
March 17, 2026