चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा आज मृत्यु भएको छ । भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो । नेपालगञ्जले पनि उपचार सम्भव नभएको भन्दै भारत पठाएको थियो । खड्कालाई मङ्गलबार राति घर नजिकै बसिरहेको अवस्थामा युवाको समूहले ढाडमा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारमा संलग्न भएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरले सोही ठाउँका २१ वर्षीय पवन केसी, १८ वर्षीय झक्कु वली र अन्दाजी २२ वर्षीय विकाश पुनलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।
चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु
- Dainik Nepalgunj

- Categories: News
Related Content
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य
by
Dainik Nepalgunj
May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’
by
Dainik Nepalgunj
May 9, 2026
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि
by
Dainik Nepalgunj
May 9, 2026
कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती
by
Dainik Nepalgunj
May 9, 2026
कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
by
Dainik Nepalgunj
May 9, 2026