कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती

कोहलपुर नगरपालिकाले क्रिकेट मैदान आसपासको नगर विकास समितिको जग्गा अतिक्रमण गरेर बसेकाहरुलाई शनिबार दिउँसोबाट हटाउन सुरु गरेको छ ।

यसअघि नगरपालिकाले १० दिनको समय दिएर अतिक्रमित क्षेत्र खाली गर्न सूचना जारी गरेको थियो । उक्त समय सीमा शुक्रबार साँझ सकिएको थिया ।

विहानबाट अतिक्रमण हटाउने तयारी गरेको नगरपालिकाले मध्यान्ह पछि बस्तीमा डोजर चलाउन सुरु गरेको हो ।

अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

नगरपालिकाका अनुसार, हाल नगर विकास समितिको जग्गा अतिक्रमण गरी ७ सय ५१ वटा घर, टहरा रहेका छन् । जसमा अव्यवस्थित बसोबासी ४ सय १६, भूमिहिन दलित १ सय ७२, भूमिहीन सुकुम्बासी १ सय ६३ छन् ।

Exit mobile version