बाँकेमा गए राति आएको हुरीबतासले विद्युत्को पोलमा क्षति पु¥याउँदा केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको छ । जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुरलगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिनुभयो । उहाँले राप्तीसोनारीको जङ्गलमा रुख ढलेको र त्यसलाई हटाउन केही समय लाग्ने भएकाले विद्युत् आपूर्ति सहज गराउन समय लाग्ने बताउनुभयो । प्रमुख लामिछानेका अनुसार कोहलपुरमा नौ, डुडुवामा नौ, खजुरामा आठ र राप्तीसोनारीमा पाँच गरी ३१ विद्युतीय पोल ढलेको अवस्थामा छन् । “अझै कहाँ–कहाँ कति ढलेका छन्, विस्तृत विवरण आएको छैन”, उहाँले भन्नुभयो ।कोहलपुरको पिप्रहवामा ढलेको रुख व्यवस्थापन गरेर नेपालगञ्ज बजारमा विद्युत् आपूर्ति गरिने जानकारी दिँदै काम भइरहेकाले धैर्य गर्न स्थानीयलाई आग्रह गर्नुभयो । पर्खाल भत्केर एकको मृत्यु बाँकेको कोहलपुर–१४ स्थित हवल्दारपुरमा हुरीबतासका कारण पर्खाल भत्केर एकजनाको मृत्यु भएको छ । कोहलपुर–१४ वीरगञ्जका मीना खातुनको मृत्यु भएको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । खातुनले स्थानीय राम्रो इन्टरप्राइजेजलगायतमा काम गर्ने गरेको प्रहरीको भनाइ छ ।
बाँकेको केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द
- Dainik Nepalgunj

- Categories: News
Related Content
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य
by
Dainik Nepalgunj
May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’
by
Dainik Nepalgunj
May 9, 2026
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि
by
Dainik Nepalgunj
May 9, 2026
कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती
by
Dainik Nepalgunj
May 9, 2026
कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
by
Dainik Nepalgunj
May 9, 2026