For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Entertainment Sports

गुणराजः मुवा थाईको विश्वविजेताको कथा

byDainik Nepalgunj
July 4, 2024
in Sports, मुख्य समाचार
0 0
0
गुणराजः मुवा थाईको विश्वविजेताको कथा
Share on FacebookShare on Twitter

मुक्कामुक्की र लात्ती हानाहान । कुहिना र घुँडाको प्रहार । शरीरका अधिकांश भागमा हिर्काउन पाइने नियम । हेर्दै निर्मम र डरलाग्दो । नाक मुखबाट रगत बगेर अनुहार रक्ताम्य हुनु सामान्य जस्तै । मार्सल आर्टअन्तर्गत पर्ने खेल मुवा थाई विधाको नियम हो यो ।

विसं २०८० चैत ६ गते मङ्गलबारका दिन थाइल्याण्डको बैङ्ककस्थित द बजार रत्चडाफिसेकमा १९औं विश्व मुवा थाई प्रतियोगिताको फाइनल चलिरहेको थियो । सेमि–प्रोफेसनल विधाअन्तर्गत ५४ किलो तौल समूह पुरुषतर्फको प्रतिस्पर्धामा हुनुहुन्थ्यो नेपालका गुणराज रुचाल । रिङभित्र रुचालका प्रतिस्पर्धी थिए इटालीका ग्राभियल ओलारियु । तीन राउण्डको नौ मिनेट लामो मुक्कामुक्कीपछि रेफ्रीले गुणराजको बायाँ हात उचाल्दै विजेता घोषित गर्यो ।

त्यो जित गुणराजको एक्लो थिएन । सिङ्गो नेपालको जित थियो । नेपालको राष्ट्रिय झण्डा फहराउँदै गुणराजसहितको सानो नेपाली टोलीले त्यहाँ उत्सव मनाए । मुवा थाई खेलमा देशले प्राप्त गरेको हालसम्मकै ठूलो सफलता थियो त्यो । जब विश्वविजेताको पेटी (बेल्ट) गुणराजको कम्मरमा बाँधियो । गुणराज एकछिन भावुक हुनुभयो । आँखाहरू रसाए । सपना पूरा भएकामा उहाँ रोमाञ्चित हुनुभयो । मन भने वहलिँदै त्यही देवीटार गाउँ पुग्यो ।

खेतीपाती गरेर वर्षभरि खान नपुग्ने परिवार । छोराछोरीका लागि बुबाआमाले निरन्तर गरिरहनुभएको सङ्घर्ष । छाती गह्रौँ भयो । गला अवरुद्ध भए । आफ्नै मनले भन्यो, “बाबा तिम्रो छोरा पनि विश्वविजेता बन्यो ।”

ताजा खुसीको उन्मादले ओझेलमा परेको अर्को पीडा साथमै थियो । भीडन्तको पहिलो राउन्डमै उहाँको दायाँ हात भाँचिसकेको थियो । तर हात भाँचिएको कुरा न उहाँले कोचलाई सुनाउनुभयो न त रेफ्रीलाई । “मेरो हात भाँचियो भनेर मैले पहिले थाहा पाइसकेको थिएँ । किनभने त्यसरी नै मेरो हात पहिले पनि भाँचिएको थियो”, उहाँले त्यो क्षण सम्झिँदै भन्नुभयो, “तर मैले मेरो हात भाँचिएको सुनाउने बित्तिकै खेल छाडेर हार स्वीकार्र्नुुपथ्र्यो वा मेरो प्रतिद्वन्द्वीले थाहा पाएको भए मेरो हातलाई केन्द्रमा राखेर प्रहार गरेपछि म खेल्नै सक्दिन थिएँ ।”

दश वर्षदेखिको विश्वविजेता बन्ने लक्ष्य पूरा नहुने जब उहाँले सम्झिनुभयो, त्यसपछि ‘गिभ अप’ गर्नुभएन । अनि बक्सिङभन्दा बढी लात्ती, कुहिना र घुँडाको प्रहार गर्दै प्रतिद्वन्द्वीसँग फाइनल राउण्डसम्म भिड्नुभयो । यो त्यही दायाँ हात हो, जो मुवा थाईकै प्रतियोगितामा तेस्रोपटक भाँचिएको थियो ।

सिस्नेरी टु वल्र्डच्याम्पियन ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–३, सिस्नेरीस्थित देवीटार गाउँ । जहाँ पाँच घर दलित, तीन घर मगर र ६० घर जति क्षेत्री ब्राह्मण समुदायको बस्ती छ । त्यही गाउँका खड्गबहादुर र फूलमायाको तीन भाइ र एक बहिनी छोरीमध्येको जेठो हुनुहुन्छ गुणराज । नुन र चामल बोक्न पाँच घण्टा पैदल हिँडेर घुर्मी बजार पुग्नुपर्ने । “अझ बुबाआमाले दुईदिनको पैदल बाटो कटारी पुगेर नून ल्याउनुहुन्थ्यो रे, बाल उमेरमा यस्तो सुन्दा मलाई कथा सुनेजस्तै लाग्थ्यो”, गुणराजले बाल्यकाल सम्झिँदै भन्नुभयो । दलित समुदायलाई अझै उच्च जात भनाउँदाले हेर्ने दृष्टिकोण कहाँ बदलिएको छ र ? कहीँ खेतालो, गोठालो, बजार जाँदा नजानिँदो ढङ्गले हेपिएको महसुस गुणराजलाई हुन्थ्यो । तर, आफूलाई हेपेको मात्र नभई अरुलाई हेपेको पनि देख्न नसक्ने उहाँमा विद्रोही स्वभाव थियो । प्रतिवादमा उत्रिनु गुणराजको नानीदेखिको बानी हो । स्कुल बाहेकका समय गोरु, बाख्रा चराउन कहिले खोला किनार त कहिले जङ्गलतिर सुसेल्दै हिँडेको त्यो स्वर्णिम बाल्यकाल अझै उहाँको मानसपटलमा झल्झली आउँछन् । छुट्टीको दिन घाँस, दाउरा जानुपर्ने नियमित तालिका छँदैछ ।

सामान्य लेखपढ गर्नुभएका खड्गबहादुर र फूलमायाले दुःखै किन नहोस् छोरालाई सरकारी जागीरे बनाउने सपना देख्नुभयो । छोराले २०६४ मा गाउँकै कालिका माध्यमिक विद्यालयबाट एसएलसी पास गर्ने बित्तिकै १८ महिने ‘कम्युनिटी मेडिसिन असिसटेन्ट’ (सिएमए) पढाउन सदरमुकामस्थित हिमालयन पारामेडिकल शिक्षालय पठाउनुभयो । गुणराजले पनि बुवाआमाको सपना पूरा गर्न सिएमए पढ्नुभयो । सिएमए उत्तीर्ण गर्नुभएपछि बाँकी रह्यो अहेबको परीक्षाको तयारी । त्यसका लागि लोकसेवा आयोगले लिने परीक्षा उत्तीर्ण गर्नुपर्ने । तयारीस्वरुप किताब किनेर ल्याउनुभयो । किताब पढ्न थालेको दोस्रो दिन मात्रै भएको थियो । रेडियोमा अचानक गाउँपालिकाको केन्द्र मूलखर्कमा कराँते तालिम सञ्चालन हुने सूचना उहाँको कानमा ठोक्कियो । रेडियोमा सूचना पुरा बज्न नपाउँदै गुणराजले बन्द गर्नुभएको अहेबका लागि लोकसेवा तयारीसम्बन्धी पुस्तक त्यसपछि कहिल्यै खुलेन । कराँते सिकेरै छाड्ने छोराको जिद्दी सामू बाउआमाको केही लागेन । गाउँदेखि उकालैउकालो दौडिँदा दुई घण्टामा पुगिन्थ्यो मूलखर्क । छ बजेदेखि सुरु हुने करााते प्रशिक्षणमा सहभागी हुन गुणराज बिहान ४ बजे घरबाट हिँडिसक्नुहुन्थ्यो । पुष–माघको चिसो ठिही र लामो रात । गाउँदेखि माथि रहेको दमार जङ्गल अँध्यारोमै कट्नुपथ्र्यो । तैपनि मनमा कुनै डर थिएन । थियो त एकमात्र कराँतेको गुरु बन्ने लक्ष्य ।

तीन घण्टाको प्रशिक्षण सकेर फर्किँदा १० बज्थ्यो । त्यसपछि फेरी घरको काम गर्नुपथ्र्यो । तर त्यो कराँते प्रशिक्षण विविध कारणले तीन महिनाभन्दा बढी सञ्चालन हुन सकेन । गुणराजको खेलाडी बन्ने सपना अधुरै रह्यो । उहाँ २०६९ असार १५ गते नेपाली सेनामा भर्ती हुनुभयो । बाँकी सपना पूरा गर्ने माध्यम उहाँले नेपाली सेनालाई बनाउने सोच्नुभयो । सेनाको तालिममै मार्सल आटर््स विधाअन्तर्गतका विभिन्न खेलहरु अनिवार्य सिक्नुपथ्र्यो । तर त्यो आधारभूत किसिमको मात्र हुन्थ्यो । त्यसअन्तर्गत पनि गुणराजले मुवा थाई रोज्नुभयो । मुवा थाईमा उहाँको लगाव यति धेरै देखियो कि नेपाली सेनाले उहाँलाई त्रिभुवन आर्मी क्लबमा आबद्ध गरायो । अनि पूर्णकालीन मुवा थाई खेलाडी बन्नुभयो । अहिले नेपाली सेनाको अमलदार पदमा हुनुहुन्छ रुचाल । निरन्तरको मेहनत र लगावले गर्दा उहाँले विस्तारै मुवा थाईमा सफलता प्राप्त गर्न सुरु गर्नुभयो । उहाँले २०७६ सालमा काठमाडौँमा आयोजित ‘बेल्ट च्याम्पियनसिप’को राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्नुभयो भने २०७७ मा चितवनमा भएको ‘टप फाइभ’ मुवा थाई प्रतिस्पर्धामा स्वर्ण पदक हासिल गर्नुभयो । विसं २०७४ माघ २८ मा चितवनमा भएको तेस्रो इन्डो–नेपाल प्रतियोगितामा पनि स्वर्ण पदक हात पार्नुभयो र जितलाई निरन्तरता दिँदै २०७९ सालको चौथो इन्डो–नेपाल प्रतियोगितामा स्वर्ण पदक आफ्नै कब्जामा राख्नुभयो । विसं २०७९ को आठौँ इन्डो–नेपाल मुवाथाई प्रतियोगितामा स्वर्ण जितेर इन्डो–नेपाल प्रतियोगितामै तीनवटा स्वर्ण पदक प्राप्त गर्ने खेलाडी बन्नुभयो ।

मुवा थाईको अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा पनि उहाँको वर्चस्व कायम छ । विसं २०७५ असोजमा नेपालमै आयोजित तेस्रो केब्याक इन्टरनेशनल मुवा थाई प्रतियोगितामा स्वर्ण पदक जित्नुभएका उहाँले २०७६ भदौमा थाइल्याण्डमा सम्पन्न जेएफ बक्सिङ फाइट प्रोमोसनमा इटालीका खेलाडीलाई नकआउट गर्दै विजयी हुनुभएको थियो । विसं २०७९ मा थाइल्याण्डको बैंककमा भएको फेयरटेक्स फाइटमा म्यानमारका खेलाडीलाई पराजित गर्दै रुचाल विजयी हुनुभयो । यसैबीचमा रुचालको विश्व च्याम्पियनसिप यात्रा सुरु भइसकेको थियो । विसं २०७९ मा थाइल्यान्डको पतायामा आयोजित १७ औँ अम्याचुअर एण्ड प्रो–एम वल्र्ड मुवा थाई च्याम्पियनसिप २०२२ मा कास्य पदक प्राप्त गर्नुभयो । त्यो मङ्सिरको कुरा हो । त्यही सालको चैतमा थाइल्याण्डमै सम्पन्न १८औँ अम्याचुअर एण्ड प्रो–एम वल्र्ड मुवा थाई च्याम्पियनसिप २०२३ मा पुनः दोस्रो पटक कास्य पदकमा चित्त बुझाउनुप¥यो । दुईपटक कास्य पदक प्राप्त गरेपछि पनि विजेता बन्ने अठोटबाट गुणराज पछि हट्नुभएन । त्यसपछिको तयारी यति मेहनतका साथ गर्नुभयो कि त्यो लक्ष्य पूरा गर्न एकवर्ष पनि कुर्नु परेन । विसं २०८० फागुन २९ देखि चैत ६ गतेसम्म थाइल्याण्डमा सम्पन्न १९औँ अम्याचुअर एण्ड प्रो–एम वल्र्ड मुवा थाई च्याम्पियनसिप २०२४ मा विश्व विजेता हुन सफल हुनुभयो । मुवा थाई खेल विधाअन्तर्गत उहाँले प्राप्त गर्नुभएको यो उपाधि नेपालका लागि हालसम्मकै ठूलो हो । उहाँले मुवा थाई विधामा सातवटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पराजय भोग्नुभएको छ । तर पनि पराजय नै विजयको पहिलो आधार मानेर निरन्तर अभ्यास गर्ने बानीले उहाँलाई सफलताको बाटोमा डो¥याइरहेको छ । नेपाल राष्ट्रिय मुवाथाई सङ्घले उहाँलाई सन् २०१६, २०१८ र २०२२ मा तीनपटक मुवाथाईको उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मान गरिसकेको छ ।

के हो मुवा थाई ? मार्सल आर्टअन्तर्गतकै एक खेल विधा हो मुवा थाई । ‘द आर्ट अफ एट लिम्बस्’ अर्थात दुवै कुहिना र दुवै घुँडा, दुवै बक्सिङ र दुवै किक गरेर आठ वटा भागले आफ्नो प्रतिस्पर्धीमाथी नियममा रहेर आक्रमण गर्न पाइन्छ । यो थाइल्यान्डको राष्ट्रिय खेल पनि हो । त्यसो त यसको इतिहास जान्नलाई १३ औँ शताब्दीतिर थाइल्यान्ड सुखोथाई राज्यको बेलासम्म पुग्नुपर्ने हुन्छ । पहिलो थाई सेना जसले राज्यको सुरक्षा गर्न यो युद्धकलाको विकास गरे र उनले आफ्नो सेना तथा गैरसेनालाई यो कला सिकाए । मार्सल आर्ट अन्तर्गतकै यो कलालाई पछि मुवा बोरन र मुवा थाई नामाकरण गरियो । मुवाको खास अर्थ बक्सिङ हो । मुवा थाई भन्नाले थाई बक्सिङ भन्ने बुझिन्छ । सुरुमा मुवा थाई खेलाडीले हातमा डोरीले बाँधेर बक्सिङ खेल्ने गर्थे । २० औँ शताब्दीको सुरुआतपछि यो खेल ब्रिटिस बक्सिङबाट प्रभावित भएर आधुनिकीकरणतर्फ लाग्यो र पछि हातमा पञ्जा लगाएर खेल्न थालियो । नेपालमा मुवाथाई खेलले सन् २०१० मा मान्यता पाएको हो । नेपाल राष्ट्रिय मुवाथाई सङ्घ सन् २०१२ मा दर्ता भयो । गुणराजका प्रशिक्षक तथा नेपाल राष्ट्रिय मुवा थाई सङ्घका केन्द्रीय अध्यक्षसमेत रहनुभएका गणेशलाल कक्षपति गुणराज पछिल्लो समय व्यावसायिक खेलाडीको रुपमा परिचित भइसकेको बताउनुहुन्छ । “उसले खेलेको धेरै लामो समय पनि भयो । अब एउटा ठूलै प्रतिस्पर्धामा उसलाई सहभागी गराउनुपर्छ भन्ने तयारी छ हाम्रो”, उहाँले भन्नुभयो, “उसले लामै समय थाइल्यान्डमा तालिम पनि गरिसक्यो । १० पटक त थाइल्याण्डमै खेल्न गइसक्यो । अरु पनि राम्रा खेलाडी थिए तर उनीहरुले निरन्तरता दिन सकेनन् । गुणराजले निरन्तर मेहनत गरेकोले राम्रो छ । अहिले टपमै छ ।”

मुवाथाई अहिले मार्शल आर्ट खेलअन्तर्गत उत्कृष्ट विधाको रुपमा स्थापित भएको कक्षपतिको भनाइ छ । “नेपाली सेनाको विशेष फोर्स, रेन्जर र सशस्त्र प्रहरीमा पनि यो खेल समावेश गरेको छ । यो व्यावसायिक रुपमा उदाएको खेल हो । नेपालमै चार हजारसम्मको टिकट काटेर यो खेल हेर्ने दर्शक छन्”, उहाँले भन्नुभयो । चितवनको राइनोलगायतका दर्जनौँ क्लब व्यावसायिक क्लबहरुले यो खेल खेलाउने गरेका छन् । गुणराजको अन्तिम लक्ष्य भनेको ‘वान च्याम्पियनसिप’ सम्म पुग्नेछ । ‘वान च्याम्पियनसिप’ मार्शल आर्टसँग सम्बन्धित प्रतिस्पर्धा हुने संसारकै एक ठूलो ‘प्लेटफर्म’ हो । यो प्रतियोगिता संसारको एक सय ९० भन्दा बढी देशको टेलिभिजन च्यानलहरुमा प्रत्यक्ष हेर्न पाइन्छ । सिंगापुरमा मुख्यालय रहेको ‘वान च्याम्पियनसिप’मा गुणराजले आफ्नो प्रोफाइल पेस गरिसक्नुभएको छ । मुवा थाई विधामा उक्त प्लेटफर्मका लागि छनोट हुनु नेपाली खेलाडीका लागि फलामको चिउरा चपाउनु सरह छ । यद्यपी कुनैदिन त्यहाँसम्म पुग्ने उहाँको सपनामा तगारो भने लागिसकेको छैन । उहाँको ‘आइडल’ खेलाडी बुवाक बान्चामेक हो । जो थाइ फाइटर हुन् । बान्चामेक ‘वान च्याम्पियनसिप’लगायतका विश्व चर्चित मार्शल आर्ट प्रतियोगिताका ‘नम्बर वान’ खेलाडी हुन् । गुणराजलाई उहाँका बुबाआमाले यो कुटपिट गर्ने खालको खेल छाड्न सुझाव दिनुभएको छ । “जति गरिस् त्यसले हाम्रो इज्जत राखिस् हामी खुसी छौँ, अब भने यो छाड भन्नुहुन्छ बुवाआमा”, गुणराजले भन्नुभयो, “तर मलाई अहिले नै यो खेल छोड्ने इच्छा छैन ।” नेपालमा अझै मुवा थाई खेलेरै व्यावसायिक बन्ने अवस्था छैन । अन्तर्राष्ट्रिय चर्चित प्रतियोगितामा सहभागी हुनसके मात्र दाम कमाउन सकिने उहाँको भनाइ छ । संसारमा मार्सल आर्टका चर्चित खेलाडी हङकङ ब्रुस ली हुन् या अमेरिकाका बक्सर मुहम्मद अलि जसले ‘फाइट’ खेलेरै आफू मात्र प्रसिद्ध भएनन्, देशलाई समेत चिनाए । यसरी नै गुणराजले पनि देशको प्रतिनिधित्व गर्दै कुनै दिन नेपाललाई चिनाउने सपना बोक्नुभएको छ । भन्नुहुन्छ, ‘मेरो रगतमा मुवा थाई छ, मैले खेल्दा देशकै लागि खेल्नेछु ।’

Previous Post

‘कृष्णसार संरक्षणमा लुम्बिनी प्रदेश सरकार गम्भीर बन्नुपर्छ’

Next Post

आज वडा नं. १८ को वडा भेला

Next Post

आज वडा नं. १८ को वडा भेला

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
बढ्यो साइबर अपराध

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version