For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

सन्दर्भः २११ औं भानु जयन्ती

byDainik Nepalgunj
July 13, 2024
in विचार
0 0
0
सन्दर्भः २११ औं भानु जयन्ती
Share on FacebookShare on Twitter

भनिन्छ कि पृथ्वी नारायण शाहले राजनीतिक रुपमा नेपालको एकीकरण गरे भने भानुभक्त आचार्यले भाषिक रुपमा नेपालको एकीकरा गरे । यो भनाइ सँगै यो पनि बुझ्नु पर्ने हुन्छ कि नेपालको पहिलो राजा पृथ्वी नारायण शाह होइनन् र नेपाली भाषाको पहिलो कवी, लेखक वा साहित्यकार पनि भानुभक्त आचार्य होइनन् । जसरी पृथ्वी नारायण शाहले बाइसे र चौविसे राज्यमा विभाजित नेपाललाई युद्ध मार्फत एकीकृत नेपालको निर्माण गरे त्यसैगरी भानुभक्त आचार्यले आफ्नो कृति रामायण मार्फत नेपाली भाषालाई नेपालको कुनाकुना सम्म पु¥याउने काम गरे र भाषिक रुपमा नेपाललाई एकीकरण गर्ने काम भानुभक्त आचार्यले गरे ।

नेपाली भाषाको उत्पत्ति र विकासको कुरा गर्ने हो भने नेपालको एकीकरण हुनुभन्दा पनि धेरै बर्ष पहिले देखि नै नेपाली भाषा पूर्वमा ब्रम्हापुत्र र पश्चिममा काश्मिरसम्म प्रचलित भैसकेको थियो । नेपाली भाषाको उत्पत्ति, प्रचलन, विकास र विस्तार खस राज्यको केन्द्र जुम्लाको सिंजा उपत्यकाबाट भएको हो । खस राज्यको राजकाज एवं प्रशासन र अन्तरराज्य पत्राचारको भाषा पनि खस नेपाली भाषा नै थियो । पृथ्वी नारायण शाहले काठमाण्डौं उपत्यका माथि विजय हासिल गर्नुभन्दा धेरै अघि देखि नै नेपाल खाल्डोमा समेत नेपाली भाषा प्रचलनमा रहेको लक्ष्मी नरसिंह मल्लको शिलापत्र (शासनकाल वि.सं. १६७७–१६९८), प्रताप मल्लको शिलापत्र ( शासन काल १६९८–१७३१) बाट पनि पुष्टि हुन्छ । त्यसैगरी राजा जगत प्रकाश मल्ल, भूपतिन्द्र मल्ल हुँदै काठमाण्डौका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल सम्मले पनि नेपाली भाषालाइ प्रयोग गरेका थुप्रै प्रमाणहरु भेटिन्छन् ।

यसरी आजको नेपाली भाषा खस राज्यको केन्द्र जुम्लाको सिन्जाबाट उत्पत्ति भै पश्चिममा डोटी, दैलेख, अछाम, कुमाउ, गढवाल हुँदै कास्मिर सम्म र पुर्वमा गोरखा, लमजुंग, दार्जिलिंग, सिक्किम हुँदै ब्रम्हापुत्र सम्म विकास र विस्तार भएको देखिन्छ । पृथ्वी नारायण शाहको नेपाल एकीकरण संगै नेपाली भाषाले झाँगिने, मौलाउने र फैलिने क्रमले तीव्रता पायो । देशको कामकाजको भाषा पनि बन्यो, नेपाली भाषा । यहि बीच वाल्मिकी रामायणलाइ नेपाली छन्दमय पद्यमा अनुवाद गरेर उदाए भानुभक्त आचार्य । एउटा संयोग यस्तो पनि बन्यो कि संस्कृत भाषाका आदिकवी वाल्मिकी बने भने वाल्मिकी रामायणलाइ अनुवाद गरेर भानुभक्त नेपाली भाषाका आदिकवी बने ।

भानुभक्तले पद्यमा अनुवाद गरेर रामायणलाई श्लोकमय बनाउनुको साथै नेपालीजनको मन, मुटु र मस्तिष्कमा अमिट छाप छोड्न सफल भए । भानुभक्तले रामाया मात्र होइन बधु शिक्षा, भक्तमाला, प्रश्नोत्तर जस्ता कैयौं काव्य कृतिहरुको रचना गरेर नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान दिने काम गरे । जसलाई नेपाली भाषीहरुले आदिकविको रुपमा सम्मना गर्ने गरेका छन् । नेपाली भाषाको पहिलो कवी वा लेखक वा साहित्यकार भएर होइन प्रारम्भिक कालमा नेपाली भाषा, साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए वापत वहाँलाइ आदिकविको सम्मान दिइएको हो ।

आदिकविको कुरा गर्दा मोतीराम भट्टको नाम लीइएन भनेपनि त्यो पनि अन्याय हुन जान्छ । वास्तवमा भानुभक्तलाइ प्रकाशमा ल्याउने काम नै मोतीराम भट्टले गरेका हुन् । भानुभक्तका कृतिहरुको प्रचार प्रसार र भानुभक्तलाई चिनाउने काममा मोतीराम भट्टको भूमिका अतुलनीय रहेको छ । नेपाली साहित्यमा जीवनी लेखन र समालोचनाको शुरुवात गर्ने श्रेय मोतीराम भट्टलाइ नै जान्छ । मोतीराम भट्टले नै वि. सं. १९४८ मा भानुभक्तको जीवन र कृतिलाई प्रकाशमा ल्याउने काम गरे । नेपाली साहित्यका प्रथम गजलकार र जीवनीकार रहेका मोतीराम भट्ट थोरै आयु बाँचेर नेपाली भाषा साहित्यमा धेरै योगदान पुर्याउने साहित्यकार हुन् । तीस वर्षको अल्पायुमै यस धर्तीबाट बिदा हुनु भएका मोतीराम भट्टको करिब पन्ध्र बर्षको साहित्यिक यात्रामा करिब पच्चीस भन्दा कृतिहरु प्रकाशित भएका छन् । नेपालका राष्ट्रिय विभुतिहरुमा जम्मा दुइजना साहित्यिक व्यक्तित्वहरु हुनुहुन्छ । ति मध्य एक भानुभक्त आचार्य र अर्को मोतीराम भट्ट नै हुन् । यो नेपाली भाषा साहित्यको क्षेत्रमा एउटा गौरवको विषय पनि हो ।

जहाँ सम्म आदिकविको विषय छ, वहाँ नै नेपाली भाषाको पहिलो कवी भने अवश्य होइन । वहाँ भन्दा पहिले पनि धेरै कवि साहित्यकारहरुले नेपाली भाषामै काव्य कृतिहरुको रचना र प्रकाशन गरेका थिए । कवि रघुनाथ भट्टले भानुभक्तले भन्दा पहिले नै रामायणको सुन्दरकाण्डलाइ नेपाली भाषामा अनुवाद गरेको हुनाले उनलाई नै आदिकवि मान्नुपर्छ भन्ने तर्क कवि दिननाथ सापकोटाले वि.सं. १९८९ सालमै अघि सारेको तथ्य इतिहासकार ज्ञानमणि नेपालले “नेपाली साहित्यमा आदिकविको समस्या” पुस्तकमा उल्लेख गरेका छन् ।

इतिहासकार बाबुराम आचार्यले त “पुराना कवि र कविता” पुस्तकमा भानुभक्त (१८७१–१९२६ साल) भन्दा अघिका नेपाली भाषाका कविहरूको सूची र अग्रज कविका कविता समेत खोजेर सार्वजनिक गरेका थिए । उनले उल्लेख गरेका कविहरुमा इन्दिरस, विद्यारण्यकेशरी, वसन्त शर्मा, यदुनाथ पोख¥याल र पतञ्जलि गजु¥याल आदि रहेका छन् । भानुभक्तभन्दा करिब सय वर्ष अघि जन्मिएका शक्तिवल्लभ अर्ज्यालले लेखेको “तनहुँ भकुण्डो” कविता, त्यस्तै भानुभक्तभन्दा अघि नै नेपाली भाषामा ’बेताल पच्चीसी’ खण्डकाव्य र “पृथ्वीन्द्रोदय” महाकाव्य लेखेका उदयानन्द अर्ज्यालका रचना पनि नेपाली भाषामै लेखिएका हुन् । भानुभक्त आचार्यकै समकालीन कवि ज्ञानदिलदास (१८७८–१९४० साल) का काव्यरचना समय र विचारका हिसाबले भानुभक्तभन्दा पहिलेका रहेको तथ्य जनकलाल शर्माको पुस्तक “जोसमनी सन्त–परम्परा र साहित्य” मा उल्लेख गरिएको छ ।

भानुभक्तलाई आदिकविको नाम पहिलोपटक मोतीराम भट्टले नै दिएका हुन् । वि. सं. १९४८ सालमा भानुभक्तको आचार्यको जीवनी लेख्दा उनले भानुभक्तलाई आदर पुर्वक आदिकवि उल्लेख गरेका थिए । मोतीराम भट्टले पनि भनेका छन् कि “गोर्खा भाषामा हुन त धेरै नामका कवि भानुभक्त भन्दा पहिले भए तर कविताको भाषा, पद्य र मर्म जानी लेख्ने कविहरुमा भानुभक्त नै हुन् भनेर भनेका छन् ।
यी विषयहरुलाइ पृष्ठभूमिमा राखेर हेर्ने हो भने लगभग एकहजार वर्ष भन्दा पुरानो नेपाली भाषाको इतिहास र परम्परामा नेपाली साहित्यको इतिहास भने भानुभक्त आचार्य कालिन समय र त्यस वरिपरिको समयलाइ नै मान्न सकिन्छ । प्राचीनकालमा नेपाली साहित्यको लिखित इतिहास भेटिदैन । तर विविध लोक साहित्य भने देख्न सकिन्छ । पहिले पहिले अभिलेख, उपदेश र त्यस्तै प्रकारका ग्रन्थहरु पनि लेखिए । तर साहित्य लेखिएन । अठारौँ शताब्दीमा आएर नेपाली साहित्य लेखन आरम्भ भएको देखिन्छ भने उन्नाइसौं शताब्दीको मध्य तिर आएर मात्र छाप्ने र प्रकाशन गर्ने कार्य शुरु हुन थाल्यो । वि.स. १९५५ मा सुधासागर (साहित्यिक पत्रिका) प्रकाशित भएपछी त नेपाली साहित्यको प्रकाशन युग नै शुरु भयो । त्यसको झन्डै तीन वर्ष पछी १९५८ मा त गोरखापत्र नै शुरु भयो । यसले झन् नेपाली भाषा र साहित्यलाई एउटा नयाँ उचाई प्रदान गर्यो ।

यसरी बामे सर्दै आएको नेपाली भाषा, साहित्य आज संसारभर फैलिएको छ । यसको दायरा एकदमै फराकिलो भएको छ । तर अग्रजहरुको दुख, मिहेनत र योगदानलाई कदापि भुल्नु हुँदैन, पछिल्लो पुस्ताले । उनैले देखाएको र बनाएको बाटोलाई अझ फराकिलो बनाउँदै समाज र राष्ट्रलाई भाषा र साहित्यको मार्फत जोड्ने एउटा महत्वपूर्ण औजारको रुपमा यसलाइ प्रयोग गरेर अघि बढ्दा अवश्य पनि देश र समाजको हित हुने छ । भाषा र साहित्यलाइ जोड्न वा मिलाउन तर्पm लैजाने कि विभाजन वा टुत्र्mयाउन तर्पm लैजाने यो सोच्नु जरुरी छ । अहिले भाषा र साहित्य माथि आक्रमणको चिन्ता पनि उत्तिकै छ । हिजो अभिव्यक्त गर्ने, प्रकाशन गर्ने माध्यम थिएन र समस्या थियो भने अहिले अभिव्यक्त र प्रकाशन गर्ने माध्यम धेरै भएर समस्या सृजना हुने खतरा बढेको छ । भाषा, साहित्य र अभिव्यक्तिलाइ जिम्मेवार बनाऔं र समाजमा सकारात्मक उर्जा पैदा गराऔं । भानु जयन्तीको अवसरमा सबैमा हार्दिक शुभकामना ।

Previous Post

धारिलो हतियार प्रहार, एकको मृत्यु

Next Post

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८१/८२ को बजेट पारित

Next Post
नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८१/८२ को बजेट पारित

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८१/८२ को बजेट पारित

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version