For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, March 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

विद्यार्थी भिसामा विदेश जानेहरु सबै पढ्नै गएका हुन भन्ने भाष्य नबनाऔं

byDainik Nepalgunj
July 26, 2024
in विचार
0 0
0
विद्यार्थी भिसामा विदेश जानेहरु सबै पढ्नै गएका हुन भन्ने भाष्य नबनाऔं
Share on FacebookShare on Twitter

विद्यालयमा पहिलो त्रैमासको परीक्षा सकिएर केहि दिनको विदा भयो । शिक्षण संस्थामा काम गर्नेहरुका लागि यस्तै विदामा आफ्ना आफन्तसँग भेट गर्न जाने जान सकिएन भने लामो गफगाफ गर्ने हालचाल सोध्ने मौका मिल्छ । बर्षाका कारण नेपालको सडक यातायात अस्तव्यस्त भएका कारण त्यसरी घुम्न र भेटेरै आफन्त कहाँ जाने मौका मिलेन तर आजको प्रविधिको युगमा सञ्जालबाटै देश विदेशमा रहेका आफन्तहरुसँग राम्ररी कुराकानी गर्ने मौका मिल्यो । यसलाई मैले केहि फरक ढंङ्गबाट अनुभूत गर्ने विचार गरें ।

आफु शिक्षा क्षेत्रमा काम गर्ने भएकोले होला शिक्षासँग सरोकारका समाचारहरु आउँदा चासो बढ्ने गर्छ । मेरो क्षमताले भ्याएसम्म यसमा लेख्ने या बिश्लेषण गर्ने गर्छु । म जुन ठाउँमा बस्छु त्यहाँ शैक्षिक संस्थाहरुको विकास त भएको छ तर शिक्षाको विकास भएको भने छैन । यहाँ तर्कपूर्ण र अर्थपूर्ण विश्लेषण गर्नु भनेको झनै आपत्तिजनक मानिने गरिन्छ । मैले धेरैपटक यस बारेमा ‘नलेख’ भन्ने आदेशात्मक कमेन्ट पाएको छु । ‘बढ्ता जान्ने भएको’ भन्ने कमेन्ट सबै दुधभात भैसके । यहाँ केहि गलत भएकोलाई या कुनै कुरामा कित्ता फरक परेको मान्छेले लेख्नु बोल्नु भनेको ‘बढ्दा जान्ने भएको, नकारात्मक मान्छे’ भन्ने आम चलन नै भैसकेको छ । अमुक पार्टी वाद या व्यक्तिको झोला बोक्नुलाई वा उसको जस्तोसुकै क्रियाकलापलाई प्रशंसा गर्नुलाई बुद्धिजिवी र सकारात्मकता भन्ने भनाउने मनस्थितिबााट परै रहेको मेरो चरित्रमा यो कुरा फिट बस्दैन । यसैले फरक धारमा नै लेख्ने गर्छु । समस्याको जरोमा पुगेर विश्लेषण गर्ने प्रयासमा सबै आफ्ना बनाउन सकिँदैन यस मानेमा म ढुक्क छु ।

अहिले विद्यालय र विद्यार्थीहरु कक्षा १२ को रिजल्टको प्रतिक्षामा रहेका छन् । भर्खरै एसइइ को नतिजाको छताछुल्ल अस्तव्यस्तता देखि सकिएको छ । पुर्नयोगमा समेत झण्डै सयजना पहिला फेल भनिएका विद्यार्थी चार जिपीए लयाउन र झण्डै नौ हजार विद्यार्थी पास हुन सकेको कुराले नेपालको माध्यामिक शिक्षाको उच्च निकाय राष्ट्रिय परीक्षा बोर्डको चरम लापरवाही छताछुल्ल भएको छ । यसमा दोष कसको ? जवाफदेहिता कस्को ? यो प्रश्न गर्नू या लेख्नु भनेको राज्यका बिरुद्धको नकारात्मकता भैहाल्छ ।

हिजो एसइइ मा देशै भरिबाट ४८ प्रतिशत नतिजा आउँदा शिक्षकहरुमाथि सञ्जालभरि जाइलाग्नेहरु अरु कोहि थिएनन् यो देशमा नेपाल नपढाउनेहरु, नेपालको मुलकुल भाषा सँस्कृतिलाई पछौटेपन भन्दै गाली गर्नेहरु, नेपाली भाषा बोल्यो भन्ने विद्यालयमा जरिवाना लगाउनेहरु, नेपालको शिक्षाको बजेटमा सिंहदरबारहरुमा बसेर बुर्कुसी मार्नेहरु, नेपालमा नीजि शिक्षालयले मात्रै पढाउँछन् अरुले केहि गर्दैनन् भन्नेहरु, शिक्षा सबै निशुल्क हुनुपर्छ भन्दै सिँहदरबार वालुटार र शीतल निवासमा उठबस गर्नेहरु, नेपालमा केहि छैन विदेश जानुपर्छ भन्दै आफ्नै विद्यालयमा विद्यार्थीको बालमस्तिष्क भुट्नेहरु नै बढि थिए ।

कक्षा १२ को नतिजाको पर्खाइ भैरहँदा सञ्जालहरुमा पछिल्ला बर्षहरुमा विदेश पढ्न कति विद्यार्थी गए भन्ने बारे चर्चा हुन थालेको छ । अब यहाँका क्याम्पसहरुमा के अवस्था हुने हो भन्ने भन्दा हामीले हाम्रा विद्यालयमा पढाएका कतिजनालाई विदेश पढ्न जाने काबिल बनाएऔं भन्ने चर्चा गरेर शिक्षामा खतिउपति गर्न खोज्नेहरु पनि देखिएका छन् ।

गत आर्थिक बर्ष २०८०–८१ मा बिभिन्न देशमा विद्यार्थी बनेर जान वैदेशिक अध्ययन अनुमति पत्र लिनेहरुको संख्या एक लाख बाह्र हजार भन्दा बढि रहेछ । यो कुरालाई पनि लिएर पनि अहिले समाजिक सञ्जाहरु भरिएका छन् । कतिपयले यो कुरालाई नेपालको शिक्षा गैरजिम्मेवार रहेको भनेका छन् भने कतिले नेपालको शिक्षा विश्वस्तरको भन्न पनि भ्याएका छन् । धेरै जसोले नेपाल सरकारलाई गाली गरेर मन शान्त बनाउने प्रयास गरेका छन् । केहि क्याम्पस सञ्चालकहरु भने यहि हिसाबले हो भने त हाम्रा क्याम्पस नै रित्तिने भए, हाम्रो लगानी खेर जाने भयो भनेर चिन्तामा देखिएका छन् । तर कसैले पनि यस्तो हुनुको मुल कारण अर्थात जरोमा गएर समस्या खोतल्ने प्रयास गरेको देखिएन । यसो भन्नेहरु धेरैका छोराछोरीहरु या त विदेशतिरै होलान् या विदेश पठाउनको लागि कन्सल्टेन्सीमा तारिख धाउँदै होलान् । यो सञ्जालमा मात्रै गोहिका आँसु देखाउने र यसैमा कमेन्ट गरेर निकै राष्ट्रवादी भएको समाजिक चिन्तक भएको, नेपालको भविष्यको बारेमा चिन्तन गरेको देखाउने कुरा आधुनिक परम्परा जस्तै भैसकेको छ ।

यो पङ्तिकारले बिभिन्न ठाउँका केहि क्याम्पस सञ्चालकहरु र केहि विद्यालय सञ्चालक र आफन्तहरुसँग शिक्षा र विदेश जानेहरुको बारेमा चर्चा गरेको छं । यसो गर्दा मलाई के कुरा प्रष्ट भयो भने नेपालबाट पढ्ने अनुमति लिएर विदेश पढ्नै गए भन्ने भाष्य निर्माण गर्ने नेपालका शिक्षा क्षेत्रका मानिसहरुले नै बढि हो ।
नेपालबाट विदेश (यूरोप, अमेरिका, जापान, अष्ट्रेलिया) जाने युवाहरु सबै पढ्नैका लागि गएका हुन् भन्ने भाष्य जसरी सञ्जालमा बनाइँदै छ त्यो नै गलत छ ।
यर्थाथमा त नेपालबाट बाहिर पढ्ने नाममा जानेहरु अधिकाशं युवाहरु नेपाली नागरिकता त्याग्ने योजना अन्र्तगत गएका छन् । उनीहरु जाने वा गएका देशमा भिसा अनुमतिको लागि विद्यार्थी बन्नै पर्ने बाध्यकारी अवस्था भएकोले मात्रै उनीहरु पढ्न गएको जस्तो देखिएको हो । यसका लागि नेपाल सरकारबाट एनओसी लिनैपर्ने, त्यहाँका कलेजहरुमा कम्तिमा तीन देखि छ महिनाको शुल्क जमा गर्नुपर्ने, त्यसका लागि डलर चाहिने , डलरका लागि नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा सम्बन्धी कानून अन्तर्गत नेपाल सरकार र सम्बन्धित देशको कलेजमा शुल्क तिर्न डलर चाहिएको भन्ने प्रमाणित हुनुपर्ने कारणले यो तथ्याङ्क देखिएको हो । कतिपय नेपाली युवाहरु खाडी मलेशियातिर बाटै वा जापानतिरबाट पनि विद्यार्थी भिसामा अन्यत्र मुलुकहरुमा छिरेका छन् । उनीहरु पनि विद्यार्थी भिसामा नै छिरेकाले सबै पढ्नैका लागि गएका हुन भन्ने भाष्य यर्थाथमा गलत हुन जान्छ । खासमा उनीहरु नेपाली नागरिक त्याग्ने, गएको देशमा अवसर खोज्ने र आफ्ना सन्तानको भविष्य पनि उतै सवाँर्ने योजनामा गएको कुरामा कुनै दुविधा छैन् ।

नेपाली नागरिकता त्यागेर बस्न मुख्य गन्तव्य बनेको देश अष्ट्रेलियाले आफ्नो अप्रवासन कानूनमा परिवर्तन गर्दै त्यहाँ पढाइ सकेकाहरुलाई अस्थायी अप्रवासन दिने अवधिमा कटौती मात्रै गरेन त्यहाँ विद्यार्थी बन्दै बस्दै गर्ने कामलाई निरुत्साहित गर्न अर्को बिषय ज्वाइन गरेर बस्न मिल्ने व्यवस्था नै खारेज गर्यो । यसमा सबैभन्दा रोइलो नेपालीहरुले गरे । अष्ट्रेलिया मै बसेका र उतै कारोबार गरेका मेरा मित्र आफन्तहरुसँगको कुराकानीमा मैले यो जान्ने मौका पाएँ कि त्यहाँ पढ्न भनेर गएका र उतै पनि पढिसकेका कतिपय नेपालीहरु आफुले पढेको बिषयसँग सम्बन्धित काम नै नपाउने र इञ्जिनियर आदि गरेर पनि पिजा पसलमा काम गर्नुपर्ने अवस्था रहेको कुरा । एक जना मेरा आफन्त कै पिजा पसलमा काम गर्ने पाँच जना इञ्जिनियर छन् भन्ने कुरा सुन्दा मलाई नेपाली युवाहरु नेपाली नागरिकता त्याग्न कतिसम्म उत्ताउला भैरहेको रहेछन् भन्ने थप प्रष्ट भयो ।
क्यानडामा भीख माग्न परे पनि माग्ने तर नेपाल नफर्कने नेपालीहरुको अवस्था रहेको सुन्दा अब पनि यो देशको शिक्षा, सरकार या अभिभावक को दोषी ?
अमेरिका त छिर्न मात्रै पनि पाए यहाँ जे पनि गर्ने भन्ने त पुरानै सुनाई हो । डी भी नभर्ने १२ कक्षा पढेकाहरु शायदै कोहि होलान् ।

कुनै समय हामीले सुन्ने गथ्यौंं कि स्याञ्जाका गाउँ गाउँका विद्यालयमा ‘बाबु ठूलो भएर धेरै पढेर के गर्ने ?’ भन्दा लोकसेवा दिने भन्छन् बालबालिकाहरुले भनेर । तर अहिले नेपालको जहाँसुकैको सानो बच्चालाई सोध्यो भने विदेश जाने भन्छ । यो लक्ष्य राखेर हुर्केको बच्चा युवा अवस्थामा नेपाल बसेन भनेर राज्यलाई गाली गरेर आफु गतिलो भएको साखुल्य पल्टिने हामी अभिभावक कति जिम्मेवार बनेका छौं त्यो पनि हामीले म म गर्ने कि नगर्ने ?

एउटा स्वाभिमान देशका युवाले आफ्नो देशको नागरिकता त्याग्न यति सारो उद्दत हुनु भनेको त्यो देशको भविष्यको लागि शुभ लक्षण त हुँदै होइन । राज्य र यो समाज यहाँका शिक्षाविद सबैले गलत भाष्यको आधार बनाउन भन्दा समस्याको जरोमा पुग्न जरुरी छ ।

वास्तवमा पढ्न भनेर विदेश गएकाहरु त्यहाँ पढ्न कम काम गर्न र नेपालबाट पलायन हुन बढि गएका हुन्छन् । नेपालबाट पढ्न यति विद्यार्थी बाहिर गए उति बाहिर गए भनेर एकोहोरो मात्रै भाष्य बनाउनु र नेपालमा शिक्षाको अभाव भएको भन्नु भन्दा उनीहरुले आफ्नो देशको नागरिकता नै त्याग्ने मनस्थितिमा किन पुगे ? यहाँका शिक्षा सरोकारवालले कस्तो शिक्षा विद्यार्थीलाई दिए ताकि जसले राष्ट्र र राष्ट्रियता प्रतिको जागरण गराउनै सकेन ? त्यतातिर सरोकारवालाको जवाफदेहिता हुने कि नहुने ?

दुधेबालक देखि नै विदेशी भाषा सँस्कृति पढाएर उतैको राम्रो गतिलो भन्ने भाष्य निर्माण गराएर बाल मस्तिष्कमा सबैथोक विदेशीको राम्रो र नेपालको सबै अगतिलो, नेपाली जाति नै अविकसित असभ्य भन्ने फतुर भराएर अनि आज त्यो बच्चा युवा हुँदा विदेश गयो भन्दै कोेकोहोलो गर्ने र अरुलाई आक्षेप लगाउने नेपालको शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालहरुको चरित्रमा नै दोगोलेपन छ ।
यदि नेपालमा युवा रहनुपर्छ, यहाँको जनशक्ति दीर्घकालिन पलायन रोक्नुपर्छ भन्ने वास्तविक चिन्तन हुँदो हो त यहाँको शिक्षालाई मौलिक र नेपाल सापेक्ष बनाएर अध्ययन अध्यापन गराइथ्यो होला नि । नेपाली युवाको पलायन हुने कारण यहाँको शिक्षाको नीति र व्यवहारको जरोमा लागेको धमिरो हो, चिन्तनमा लागेको नेपालित्व प्रतिको घृणा हो । यसैले मुल सफा गरौं, नेपालमा नेपाल पढाऔं, नेपाल चिनाऔं, नेपालित्वमा गर्व गर्ने शिक्षाको आवश्यकतालाई बहसमा ल्याऔं । नेपालको माटो भूगोल र यहाँको आवश्यकता अनुसारको शिक्षा सँस्कृति नीति बनाएर कार्यान्वयन गरौं । शिक्षालाई नेपालको खेत खलियानसम्म नेपालीको आधारभूत आवश्यकताको पूर्ति गर्ने माध्यमसँग जोडौं । शिक्षालाई अनुसन्धान, नवाचार र उद्यमशीलतासँग जोडौं । यदि यसो गर्न सकिन्न र आफ्नो ब्यापार मासिन्छ भन्ने चिन्ता मात्रै हो भने वाहियातको विद्यार्थी सबै विदेश गए भन्ने कोकोहोलो बन्द गरौं । गलत भाष्यको आडमा समाजलाई दुषित बनाउन छोडौं ।

Previous Post

सिने रोयल : एक बर्षमा दुई लाख बढी दर्शक भित्रिए

Next Post

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

Next Post
मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

March 13, 2026
कोहलपुर प्राइड लिगः उद्घाटन खेलमा युनाइटेड भिजन र कोहलपुर स्पोट्र्सको विजयी सुरुवात

कोहलपुर प्राइड लिगः उद्घाटन खेलमा युनाइटेड भिजन र कोहलपुर स्पोट्र्सको विजयी सुरुवात

March 12, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

March 12, 2026
अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

March 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version