For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, March 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

byDainik Nepalgunj
July 27, 2024
in News, मुख्य समाचार
0 0
0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप
Share on FacebookShare on Twitter

भेरी अस्पताल नेपालगन्जले पछिल्ला बर्षदेखि सेवालाई प्रविधि मैत्री पनि बनाएको छ । अस्पतालले वेभसाइट मार्फत नै कुन बार कुन ओपिडि नं. बाट कस्ता सेवा प्रवाह हुन्छ भन्ने जानकारी वेभसाइत मार्फत नै दिने गरेको छ । शुक्रबार भेरी अस्पताल नेपालगन्जले ५ सय १७ जनालाई सेवा प्रवाह गर्यो । ४ सय ३३ ओपिडि, ८४ इमरजेन्सी र ३९ भर्ना रहेको र ३९ जनाले आकस्मिक सेवा लिएको तथ्यांक अस्पतालले वेभसाइटमा राखेको हो ।

अस्पतालले ओपिडि, इमरजेन्सी मात्रै होइन सरकारले प्रवाह गर्ने अन्य स्वास्थ्यका सेवाका कार्यक्रमहरू पनि निरन्तर दिइरहेको छ । कोरोनाका बेला होस् वा निजी अस्पतालले बीमा सेवा कार्यक्रम बन्द गर्दा, भेरीले त्यसको व्यवस्थापन आफ्नो क्षमताले भ्याएसम्म गरेको छ । त्यसैले पनि अस्पताल संघीय अस्पतालहरूमा उत्कृष्ट हुँदै आएको छ ।

अस्पतालले बिरामीको विश्वास आर्जन गरिरहँदा बढेको बिरामीको चाप भने थेग्न सकेको छैन । ओपीडी र इमरजेन्सीमा पुग्ने बिरामीको चाप थेगिनसक्नु रहेको छ । इमरजेन्सी बेड र अपरेशनका लागि निकै लामो समय कुर्नु पर्ने अवस्थाले भेरी अस्पताल पुगेका बिरामी अन्यत्र पुग्नु पर्ने अवस्था रहेको छ ।

‘थप भौतिक पूर्वाधार र जनशक्ति आवश्यक छ’, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाह भन्छन्, ‘त्यसका लागि विगतदेखि नै निरन्तर प्रयासरत छौं ।’ उनले व्यवस्थापन समितिबाट समेत स्वास्थ्य सेवा प्रभावकारी बनाउन उपलब्ध हुने आर्थिक स्रोत त्यही खर्च गरिरहेको बताउँछन् ।

हुनपनि भेरी अस्पताल नेपालगन्जमा बाँकेमा पश्चिमका २४ जिल्लाका बिरामीहरू उपचारका लागि आउने गरेका छन् । त्यसैले अस्पतालमा पूर्वाधार र जनशक्ति अझै थप्न आवश्यक रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापा बताउँछन् ।

भेरी अस्पताल नेपालगन्जले गत आर्थिक बर्ष २०८०÷८१ मा १ लाख ६२ हजार ७ सय ९८ जनालाई ओपिडि सेवा दिएको थियो । उक्त आ.व.मा इमरजेन्सीमा सेवा लिने बिरामीको संख्या २६ हजार ३ सय ४९ रहेको अस्पतालको तथ्यांक रहेको छ । भेरी अस्पतालले आ.व. २०७९÷०८० मा १ लाख ६९ हजार २ सय ५६ लाई ओपिडी, २८ हजार ५ सय ७४ लाई इमरजेन्सी, आ.व. २०७८÷०७९ मा १ लाख ३ हजार ४ सय ४२ लाई ओपिडि, २८ हजार ९ सय ९० जनालाई इमरजेन्सी सेवा दिएको थियो ।

अस्पतालमा आर्थिक बर्ष २०८०÷०८१ मा मेजर अपरेशन २ हजार ८ सय ६०, मध्यम ३ सय ४२ र सामान्य ५ सय ८६ वटा भएका थिए । त्यो संख्या आर्थिक बर्ष २०७९÷८० मा क्रमशः २ हजार ४ सय ८१, ३ सय ६६ र ४ सय १६ रहेको थियो ।

अस्पतालका मेसु डा. थापा अस्पतालमा रहेका उपकरणहरू पूर्ण रूपमा प्रयोगमा रहेको बताउँछन् । अस्पतालमा बिरामी थपिएपछि सेवासँगै उपकरण समेत थपिएका छन् । ‘केही बिग्रेका उपकरणहरू चालु आर्थिक बर्षमा मर्मत गरी सञ्चालनमा ल्याउने तयारीमा छौं’, उनले भने ।

वि.सं. १९४७ सालमा पृथ्वी–वीर डिस्पेन्सरीको रूपमा स्थापना भएको भेरी अस्पताल नेपालगन्ज अस्पताल २०१६ सालमा पृथ्वी–वीर अस्पताल रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृह हुँदै २०२२ सालमा भेरी अञ्चल अस्पतालका रूपमा परिणत भएको थियो । आज बिहीबार भेरी अस्पताल १३४ औं स्थापना दिवस मनाउँदैछ । समयसँगै अस्पतालमा बिरामी बढ्दै गएपनि अपेक्षित रूपमा सेवा थप्न नसकेको अस्पतालले विगत केही बर्षदेखि योजनाबद्ध ढंगले योजना बढाएर अघि बढेको छ । चाहे त्यो अस्पतालबाट उपलब्ध हुने सेवा होस् वा पूर्वाधार, उपकरण र जनशक्ति । अस्पतालले आम नागरिकको विश्वास मात्रै जित्दै गएको छैन त्यसलाई बढाउन र कायम राख्नका लागि स्तरोन्नती पनि गर्दै आएको छ ।

काठमाडौंको वीर अस्पताल र भेरी एकै बर्षमा स्थापना भएका अस्पताल हुन् । तर, वीरको सेवा र भेरीको सेवामा तुलना गर्न मिल्ने अवस्था नै छैन । त्यसको कारण सरकारमा दल फेरिदै गए तर भेरी अस्पतालको स्तरोन्नतीमा ध्यान नै दिइएन । उसो त वीर अस्पताल पनि नेपालका अन्य अस्पतालबाट रेफर गरिने अस्पताल चाही होइन । त्यसो नभएपनि वीर यति अगाडि छ कि भेरीसँग तुलना नै गर्न मिल्दैन ।

भेरी अस्पतालले विगत ५÷७ बर्षमा स्वास्थ्य सेवामा तुलनात्मक प्रगति गर्दै छ । सरकारी अस्पतालको आवश्यकता कोरोनाका लहरमा पुष्टि भयो । किन सरकारी अस्पताल आवश्यक पर्दछ, सरकारी अस्पतालको भर नै पर्नु पर्दछ भन्ने कोरोनाका बेलामा भेरीले गरेको कामबाट पुष्टि भएको छ । महामारीको संकटका बेला निजी क्षेत्रले स्वास्थ्य सेवा ठप्प पार्दा भेरी अस्पतालले भने एक कदम अगाडि बढेर सेवा दिन उद्दत भयो । निजी अस्पतालले बीमा स्वास्थ्य कार्यक्रम रोक्दा भेरीले काउन्टर थपेर उपचार सेवालाई निरन्तरता दियो । सरकारले समयमा बीमा वापतको रकम भुक्तानी नगर्दा भएको समस्या अहिले पनि उस्तै छ ।

सरकारी अस्पतालको आवश्यकता सँगै त्यसको स्तरोन्नती तर्फ सबैको ध्यान केन्द्रित गरेको छ । अस्पतालका सवालमा स्थानीय राजनीतिक दल, जनप्रतिनिधिको सपोर्टपूर्ण प्रयासले अहिले अस्पताल विशिष्टिकरण पथमा रहेको छ ।

भेरी अस्पतालमा सेवा थपिंदै जाँदा विरामीहरू काठमाडौं र भारतका विभिन्न सहर जानुपर्ने बाध्यता भने कम हुँदै गएको छ । भेरी अस्पतालबाट राज्यले विभिन्न रोगको सहुलियत उपचारको सेवा पनि दिंदै आएको छ । सरकारको कार्यक्रम अनुसार कतिपय सेवा निःशुल्क रहेको छ । भेरी अस्पतालको तथ्यांक अनुसार, आ.व. २०८०÷०८१ मा एसएसयू तर्फ ६ हजार २१ र जेरियाट्रिक तर्फ २ हजार ४ सय २३ को उपचार भएको छ ।

भेरीमा पैसाकै अभाव उपलब्ध सेवाबाट वञ्चित हुनु नपर्ने अवस्था छ । सरकारको कुनै न कुनै स्वास्थ्य कार्यक्रमबाट विपन्नले सहुलियत पाउने व्यवस्था भेरी अस्पतालमा कार्यान्वयनमा छ ।

Previous Post

सिनेरोयलले मनायो वार्षिकोत्सव

Next Post

मौद्रिक नीति: यस्ता नयाँ प्रावधान

Next Post
मौद्रिक नीति आज सार्वजनिक हुँदै

मौद्रिक नीति: यस्ता नयाँ प्रावधान

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

March 13, 2026
कोहलपुर प्राइड लिगः उद्घाटन खेलमा युनाइटेड भिजन र कोहलपुर स्पोट्र्सको विजयी सुरुवात

कोहलपुर प्राइड लिगः उद्घाटन खेलमा युनाइटेड भिजन र कोहलपुर स्पोट्र्सको विजयी सुरुवात

March 12, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

March 12, 2026
अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

March 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version