For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, March 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

यो जिम्मेवारी विश्वास जोगाउने कठिन परिस्थितिमा प्राप्त

byDainik Nepalgunj
July 27, 2024
in News, मुख्य समाचार
0 0
0
यो जिम्मेवारी विश्वास जोगाउने कठिन परिस्थितिमा प्राप्त
Share on FacebookShare on Twitter

डा. प्रकाश बहादुर थापा, नि.प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, भेरी अस्पताल, नेपालगन्ज

संसारै हल्लाउने गरि मानव स्वास्थ्यमा पारेको प्रतिकूल प्रभाव अर्थात कोरोनाताका (कोभिड काल) सामुदायिक स्वास्थ्यका दृष्टिले केन्द्रीय अस्पतालका रुपमा नेपालगन्जस्थित भेरी अस्पतालले आफ्नो विश्वास अभूतपूर्व रुपमा आर्जन ग¥यो । त्यसबेलाको अस्पताल प्रशासनको नेतृत्व गरेका डा. प्रकाश बहादुर थापा यतिबेला फेरि निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा छन् ।

भेरी अस्पताल स्थापनाको १३४ औं वार्षिकोत्सवको आज साउन १२ गते शनिवार मनाइँदैछ । संयोगनै मान्नुपर्छ केहीवर्ष अगाडी डा. थापाकै नेतृत्वमा अस्पतालको इतिहास उत्खनन् गरि स्थापना दिवस यकिन गरेर वार्षिकोत्सव मनाउन थालिएको थियो ।

भेरी अस्पताल नेपालगन्जमा रहेर पनि लुम्बिनी प्रदेशका केही तर सुदुर पश्चिम र कर्णालीका सबैजसो जिल्लाहरुबाट बिरामीहरु रेफर भई आउने सामुदायिक अस्पताल हो ।

बि.सं. १९४७ मा पृथ्वी विर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना भई हाल भेरी अस्पताल नामाकरण भई संघीय अस्पतालको रुपमा रहेको भेरीले १३४ औं बार्षिक उत्सव मनाइरहँदा अस्पताल प्रशासनको नेतृत्व सम्हालिरहेका डा. थापासँग दैनिक नेपालगन्जले संक्षिप्त संवाद गरेको छ ।

तेस्रो पटक अस्पताल प्रशासनको नेतृत्वमा आइरहँदाका अनुभूति ?

अस्पताल कस्तो बनाउने भन्ने केही खाकामा काम गरिरहेको मानिस भएकाले फेरि एकपटक त्यसलाई जब भर्न जिम्मेवारी दिइएको हो भन्ने अनभूति गरेको छु । भेरी अस्पताललाई कोभिडकालमा आर्जन गरेको जनविश्वास जोगाउने चुनौतीका बेला यो जिम्मेवारी प्राप्त भएकाले त्यसै अनुरुप सबैको सहकार्य र सह–अस्तित्वमा काम गर्ने योजनामा अगाडी बढिरहेको छु ।

भनेपछि केही योजनासहित जिम्मेवारीमा आउनु भएको हो ?

पक्कै । योजनासहित आएको भन्दापनि जिम्मेवारीमा आएपछि कसरी अगाडी बढ्ने भन्ने योजनामा काम गरिरहेको छु । भेरी अस्पताललाई कस्तो अस्पताल बनाउने भन्ने प्रष्ट चित्र म भित्र पहिलेदेखिनै थियो, छ । त्यसै अनुरुपनै म पहिलो र दोस्रो पटक जिम्मेवारीमा आउँदा काम गरेको हो । तर, अहिले प्राथमिकता धेरै फेरिएको छ ।

भनेको यो पटक पहिलेका जिम्मेवारी सम्हाले जस्तो छैन ?

पक्कै छैन । हरेक दृष्टिले अवस्था फेरिएको छ ।
पहिलो पटक जिम्मेवारीमा आउँदा सरसफाई, शुद्ध पिउने पानी, कर्मचारीबीचको समन्वय र सहकार्यको भावना, बिरामीप्रति गरिने व्यवहार र कर्मचारी सम्मान जस्ता विषयलाई लिएर काम गरिरहँदा चार महिना बितेको पत्तै भएन । सामुदायिक अस्पतालप्रतिको जनविश्वास संकटमा थियो, त्यतातिर काम गर्दै थिएँ ।


दोस्रो पटक जिम्मेवारी सम्हाल्दा अघिल्ला योजनालाईनै कार्यान्वयन गर्दै जनविश्वास आर्जन गर्ने सोंचमैं थिएँ, कोभिड च्यालेन्जले कुन अवस्था निम्त्यायो ? तपाई जानकारनै हुनुहुन्छ । कोरोना ब्यवस्थापन मैं केन्द्रीत हुनुप¥यो । कोरोना महामारीको पूर्व तयारीदेखि आइसोलेशन केन्द्र स्थापनामा प्रत्यक्ष जुट्नु परेको थियो । पीसीआर प्रयोगशाला र कोरोना अस्पताल निर्माण तथा ब्यबस्थापनमा भेरी अस्पतालको मेसुको हैसियतमा मेरो जिम्मेवारीनै प्रमुख रहनेनै भयो । हामी सफल पनि भएका हौं, चुनौतीपूर्ण तर, गौरबमय रह्यो त्यो क्षण ।
अहिलेको जिम्मेवारी अझै कठिन र चुनौतीपूर्ण ठानेको छु । कोभिडकालदेखि आर्जन गरेको जन विश्वासलाई जोगाएर आम जनसाधारणको सहज पहुँचको अस्पताल बनाउनु छ ।
बिरामीमैत्री अस्पताल भेरी यस्तो बनोस्, कि नेपालगन्ज आएपछि कुनैपनि हिसाबले अरु अस्पतालतिर आँखा लगाउनु नपरोस् । सफा, स्वच्छ वातावरणमा गुणस्तरीय अनि विश्वस्नीय स्वास्थ्य सेवाको प्रवाहिकरणको सुनिश्चितता दिने मेरो सपनालाई अब पनि पुरा गर्न सकिएन भने म नै पटक–पटक नेतृत्वमा आउनुको औचित्य सिद्ध हुँदैन । यो मेरोलागि ठुलो अवसर र उत्तिकै चुनौती हो ।

१३४ औं वार्षिकोत्सव मनाइरहँदा भेरी अस्पतालको अवस्था कस्तो छ ?

हेर्नुस्, २०४३ सालमा १०० बेड र हाल बिकास समितिबाट ५० बेड स्वीकृत भई जम्मा १५० बेडको क्षमतामा संचालन भइरहेको अवस्थामा २०७५ फागुन ३ गते सरकारले भेरी अस्पताल नामाकरण गर्दै बिशिष्ट बिशेषज्ञ अस्पतालमा स्तरोउन्नती गर्ने निर्णय गरेको हो । त्यससँगै संघीय सरकार मातहत राखेपछि आ.व.२०७६–७७ को नीति तथा कार्यक्रममा यस अस्पताललाई बिशिष्टिकृत सेवा प्रदान गर्ने गरी ५०० शैयाको बिशिष्ट बिशेषज्ञ अस्पतालका रुपमा अगाडी बढाउने घोषणा गरिएको हो ।


त्यतिबेलाको निर्णय कार्यान्वयनका लागि फाइल बोकेर राजधानी धाउँदा राजनीतिक नेतृत्वको भूमिका कति हुन्छ भन्ने बुझेको हुँ । त्यसैले पनि तत्कालिन मन्त्री इस्तियाक राईलाई मैले पटक–पटक स्मरण गर्ने गरेको छु, जब यो नयाँ विशाल भवनतिर फर्किन्छु । त्यसरीनै सबै राजनीतिक नेतृत्वको इच्छाशक्ति र सामुहिक इफोर्ट भइदिने हो भने यो अस्पताल देशकै अग्रणी र विशेष बन्छ ।

भावनामा त बग्नु भएन ? मेरो चासो अस्पतालको अहिलेको अवस्थाबारे थियो ।
हुनसक्छ । तर, अस्पताल बनाउनुपर्छ भन्ने भावनालेनै यहाँसम्म र अझै अगाडी बढ्ने हो ।
आ.व. ०७६÷७७ देखि नै २४० शैयाको अन्तरङ्ग बिभाग, ३० शैयाको आपत्तकालीन कक्ष, अत्याधुनिक शल्य कक्ष, प्रशासनिक कक्ष सहितको भवन निर्माण कार्य पुरा भएर हस्तान्तरण पनि भइसकेको छ । चालु आ.व.मा चिकित्सक र नर्सिङ स्टाफका लागी आवासिय भवन का साथै (६० परिवारका लागी) थप २६० शैयाको अन्तरङ्ग बिभाग, १८ ओ.पि.डी ब्लक सहितको भवन निर्माणको कार्य सुनिश्चित गर्न नियमित बजेटमा लविङ आवश्यक छ ।
यो अस्पताल बिगत देखिनै पश्चिम नेपालका तीन वटै प्रदेशको स्थास्थ्य उपचारका दृष्टिले आशा र भरोसाको केन्द्रका रुपमा रहेको अवस्थालाई कसैले नकार्न सक्दैन । उक्त कुरालाई मध्यनजर गरी अस्पतालबाट प्रदान गरिने सेवाहरुको बिस्तार गर्दै अस्पतालको स्तरोउन्नती गर्ने उद्देश्य लिएर अस्पतालका तर्फबाट धेरै योजनाहरु अगाडी बढाइएका छन् । त्यसलाई पुरा गर्न गराउनुपर्ने जिम्मेवारी अबको हो ।

कस्ले लिने त त्यो जिम्मेवारी ?

हो, यो प्रश्न अतिनै महत्वपूर्ण छ । आफन्त विरामी पर्दा बेड चाहियो भनेर सोर्सफोर्सका टेलिफोन गर्ने जो कोही ( उहाँहरु ठुलाबडानै हुनुहुन्छ नि !) अहिलेदेखिनै अस्पतालमा बेड थप्न, थपिएका बेडलाई आवश्यक उपकरण र उपचारका लागि चाहिने चिकित्सक, कर्मचारी चाहियो भनेर दबाब दिन किन नलाग्ने ?

नेपाल सरकारका तर्फबाट भेरी अस्पताललाई आवश्यकताका आधारमा महत्व दिइएको छ ? तपाईनै भन्नुस्, स्थापनाको १३४ वर्षमा यो अस्पतालको यही गति हुनु स्वाभाविक होला त ? अनि, यहाँका नागरिक अगुवा, समाजसेवी, बुद्धिजिवी, पत्रकार, सामाजिक संघ संस्थाका प्रमुख, राजनीतिक नेतृत्वले अस्पतालका सेवास्तर बिकास तथा विस्तारमा गर्नपर्ने लविङ कहिं किन देखिएन ? अनि कसरी यो अस्पतालले अपेक्षित गति लिन्छ ? त्यसैले अस्पताल विकास समिति वा अस्पताल प्रशासनलेमात्रै चाहेर यो अस्पतालले अपेक्षित गति लिन सक्दैन । यो सामुहिक जिम्मेवारी र चासोको संस्था हो । सबैलाई चाहिने भएकाले सबैले पहल पनि लिुनुपर्छ भन्नेनै छ मेरो भनाइ ।

उसो भए अब के के गर्नपर्ने होला ?

हामी निराश हुने अवस्थामा छैनौं । भेरी अस्पतालमा जनरल सेवासँगै थुप्रै विशिष्टकृत सेवा उपलब्ध छन् । यसको उपयोगका लागि पर्याप्त जनशक्ति आवश्यक छ । क्याथ ल्याब, न्यूरो सर्जरी सेवा, स्पाइनल इन्जुरी सेवा, अर्थरोस्कोपी तथा जोर्नी प्रत्यारोपण सेवा, गैस्ट्रो सर्जरी÷यूरो सर्जरी सेवा, सिकेल सेल एनीमिया÷थालसेमीया उपचारसेवा इत्यादि । यसलाई सहज रुपमा अपरेशनमा ल्याउन ५ सय बेडको अस्पताल सञ्चालनको लागी संगठन तथा ब्यवस्थापन कार्य छिटो भन्दा छिटो अगाडी बढाइनुपर्ने छ । जनशक्तिको चरम अभाव छ । भएकाको पनि सुरक्षाको प्रत्याभूति हुन सकिरहेको छैन । नागरिकले स्वास्थ्यकर्मीलाई निर्धक्क कामको वातावरण पनि बनाउनुपर्छ ।

अन्तमा, तपाईका केही योजना पनि भनिदिनुस् न त । भन्नु हुन्छ ?
किन नभन्नु नि ! धेरै कुरा अगाडीनै आइसकेका छन् । अब अस्पतालको स्वीकृत गुरुयोजना अनुसार यही आर्थिक वर्ष भित्रनै टेण्डरको काम अगाडी बढाई निर्माण कार्य अगाडी बढाउनु पर्ने आवश्यकता बोध गरेका प्रक्रियामा लागेको छु ।

विस्तारित न्याम्सको परिकल्पना अनुसार भेरी अस्पतालमा यसै बर्ष देखि एमडी–एमएस र नर्सिंग सम्बन्धी पठनपाठन सुरु गर्ने योजनालाई कार्यान्वयन गर्नतर्फ उद्दत छु ।
स्वास्थ्य बीमा कार्यक्रम, बिपन्न नागरिक उपचार कोष, सामाजिक सुरक्षा कार्यक्रम, जेष्ठ नागरिक उपचार कोस, आकस्मिक सेवा लगायतका सेवाका कारण कारण बढिरहेको बिरामीको चापलाई सम्बोधन गर्नेतर्फको सहजीकरणमा धेरै कुराको आवश्यकता छ ।
सरकारी अस्पतालले जनस्तरमा गुमाएको विश्वास कोभिड कालमा फिर्ता त गरियो, त्यसलाई कायमै राख्ने चुनौतीमा सबैको साथ आवश्यक छ । भेरी अस्पतालमा बढ्दो आकर्षणलाई ब्यवस्थापन गर्न कहिं न कहिं हामी चुकिरहेका छौं । जीर्ण भौतिक संरचनाको कारण ओपीडी तथा इंडोर सेवा प्रवाहमा कठिनाई अझै उस्तै छ, कर्मचारी आवास नहुँदा आकस्मिक सेवा तथा सल्यक्रिया प्रभावितनै भइरहेका छन् । यही सेवा सुधार अबको बाटो हो । त्यसैमा केन्द्रीत रहेर योजनाबद्ध अगाडी बढ्ने हो । त्यसमा सबैको साथ अपरिहार्य छ ।
फेरिपनि भन्छु, यस अस्पतालको सांच्चीकै बिकास गर्ने हो भने केवल यहाँं कार्यरत कर्मचारी र गठन गरिएको बिकास समितिको पहलले मात्र सम्भव हुँदैन । यस क्षेत्रमा क्रियाशील राजनीतिक दल, संचारकर्मी, समाजसेवी, बुद्धिजिवीका साथै सरोकारवालाहरु सबैले भेरी अस्पताल संचालन गर्दा आईपर्ने समस्याहरुको समाधान खोज्दै उपलब्ध सेवाहरुमा दिगोपन र नयां सेवाहरु थप गर्दै प्रविधी मैत्री बनाउदै अस्पतालको ब्यवस्थापकीय पक्षलाई समेत सबल र सक्षम बनाउदै जानेमा प्रतिबद्ध हुनुनै अबको बाटो हो । यहीनै आजको दिनमा मेरो शुभकामना पनि !

Previous Post

राजनीतिक स्थायित्वको काँग्रेस एमाले समिरकण

Next Post

‘प्रेम प्रकाश मल्ल स्मृति पुरस्कार’ कोपिलालाई

Next Post
‘प्रेम प्रकाश मल्ल स्मृति पुरस्कार’ कोपिलालाई

‘प्रेम प्रकाश मल्ल स्मृति पुरस्कार’ कोपिलालाई

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

March 13, 2026
कोहलपुर प्राइड लिगः उद्घाटन खेलमा युनाइटेड भिजन र कोहलपुर स्पोट्र्सको विजयी सुरुवात

कोहलपुर प्राइड लिगः उद्घाटन खेलमा युनाइटेड भिजन र कोहलपुर स्पोट्र्सको विजयी सुरुवात

March 12, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

March 12, 2026
अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

March 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version