For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मानव हाडको धुलो हालेर लागुऔषध !

byDainik Nepalgunj
July 30, 2024
in News, मुख्य समाचार
62 0
0
मानव हाडको धुलो हालेर लागुऔषध !
Share on FacebookShare on Twitter

कुश‘अ जम्बी ड्रग’

बिशाल रानामगर

अप्रिल महिनाको अन्तिम साता म पश्चिम अफ्रिकी राष्ट्र सियरालियोनको दोस्रो ठुलो शहर बो पुगेको थिएँ । भोलिपल्ट अप्रिल २७ मा सियरालियोनले ६३ औं स्वतन्त्रता दिवस मनाउँदै थियो ।

स्वतन्त्रता दिवसको दिन बोमा लागुऔषध ‘कुश’ विरुद्ध सचेतनामुलक र्यालीको आयोजना गरिएको थियो । मलाई पनि सहकर्मी साथीहरूले र्यालीमा सहभागी गराए ।
हामीले बो शहरको मुख्य भागको परिक्रमा गर्यौं । केही छिनमा र्याली एउटा बस्तीमा छिर्यो । मसँग रहेका मित्रले भने, ‘अब हेर्नु है यहाँ कुश सेवनकर्ताहरू भेटिन्छन् । अनि कुश बिक्रेतापनि ।’

मलाई अलि असहज लाग्यो । तर र्यालीमा भएकाले म पनि उनिहरूसँगै अगाडि बढे । स्थानीय प्रहरी सहितको आयोजनामा कार्यक्रम भएको थियो । मित्रले भनेझै बस्ती भित्र र्याली गरिरहँदा कुश प्रयोगकर्ताहरू भेटिए । तीमध्ये केही त नाबालकहरू पनि थिए ।

बो मात्र होइन सियरालियोनको राजधानी फ्रिटाउन र देशका अन्य भागमा पनि कुशको प्रयोग व्यापक छ ।

के हो कुश  ?
मैले चिनेको कुश एक प्रकारको घाँस हो । हिन्दु धर्ममा कुशलाई पवित्र मानिन्छ । कुशलाई हिन्दुहरू धार्मिक अनुष्ठान, पुजा, यज्ञ र हवनमा कुशको प्रयोग गर्दछन् ।

तर मैले यहाँचर्चा गर्न खोजेको कुश भने पवित्र घाँस नभई एक घातक लागु औषधको हो । जसलाई ‘जम्बी ड्रग’पनि भनिन्छ । कुशको सेवनले अस्वाभाविक भाग भंगीमा देखिने हुनाले यसलाई जम्बी ड्रग भनिएको रहेछ । यसले पश्चिमी अफ्रिकी मुलुक सियरालियोनका युवाहरूको जीवन बर्बादीतर्फ धकेलेको छ ।

लागुऔषध एक आपतकाल
म सियरालियोन पुग्नु दुई हप्ताअगाडी सियरालियोनका राष्ट्रपति जुलियस मादा बायोले व्यापक लागू औषध दुरूपयोगलाई लिएर राष्ट्रिय आपतकाल घोषणा गरेका थिए । राष्ट्रपति बायोले आप्mनो देशमा बढ्दै गएको लागु औषध प्रयोगलाई ‘मृत्यु जाल’ भनेका छन् ।

राष्ट्रपति बायोले लागुऔषध दुरूपयोगलाई लिएर राष्ट्रिय आपतकालको घोषणा गरेको भएता पनि कुश समस्या समाधानकालागि उचित रणनीति तथा योजना नबनाएको भन्दै उनको आलोचना भइरहेको छ ।

मलाई कुशको बारेमा थप जान्न मन लागेको थियो ।

कुशको बारेमा बीबीसी अफ्रिका आइज युट्युब च्यानलमा एउटा भिडियो डकुमेन्टी पनि हेरेको थिएँ । यसमा कुशको प्रयोग र यसले युवाहरूको जीवनको बारेमा पारेको प्रभावको बारेमा देखाइएको छ ।

लागु औषध कुशबारे बीबीसी अफ्रिकाआइजको डकुमेन्टी https://www.youtube.com/watch?v=u6MPV9zBXYg&t=18s&ab_channel=BBCNewsAfrica

कुशले निम्त्याएको बर्बादी
कुशको सेवनले सियेरालियोनियन युवाहरूमा गम्भीर मानसिक स्वास्थ्य समस्याहरू देखिन थालेका छन् । आधिकारिक रूपमा सियरालियोनमा लागु पदार्थ कुश प्रयोगकर्ताहरूको यकिन तथ्यांक छैन । 

यद्यपि, बीबीसीले सियरालियोनको एकमात्र मानसिक अस्पतालकाको तथ्यांकलाई उद्दृत गर्दै लेखेको समाचारमा सन् २०२० देखि २०२३ सम्म कुशसँग सम्बन्धित भर्नाहरू लगभग ४,०००% ले वृद्धि भई १,८६५ पुगेको छ ।

कुश प्रयोगकर्ताहरू बढ्दै गएतापनि रोकथाम र उपचारको यथोचित व्यवस्था भने हुन सकेको छैन । कुशलागु औषध छाड्न चाहनेहरूको लागिपनि उचित उपचार तथा हेरचाहको व्यवस्था छैन ।

बेरोजगारी एक प्रमुख कारण
सियरालियोनको कुल जनसंख्याको ३० प्रतिशत युवा (१८(३५ वर्ष) उमेर समूहका छन् । सियेरालियोनमा बेरोजगारी दर उच्च छ । बेरोजगारी र गरिबीले युवाहरूलाई लागू औषधतर्फ आकर्षित गरेको छ ।

यस बाहेक लागु औषधको सहज उपलब्धता पनि एक प्रमुख कारण हो । सियरालियोनले विगतमा धेरै सामाजिक र राजनीतिक अस्थिरता भोगेको छ, जसले गर्दा मानिसहरूमा मानसिक तनाव र असुरक्षा उत्पन्न भएको छ ।

यस्तो परिस्थितिमा, मानिसहरूले आफूलाई अस्थायी रूपमा तनावमुक्त गर्न लागू औषधको प्रयोग गर्ने गरेको विभिन्न प्रतिवेदनहरूमा उल्लेख गरिएको छ ।

कुश बनाउन मानव हड्डीको धुलो !

मलाई अझ चासो लागेको कुरा भने कुश बनाउन के के सामाग्रीको प्रयोग गरिन्छ भन्ने हो । मैले सियरालियोन भ्रमणका क्रममा यस विषयमा केही व्यक्तिहरूलाई सोधेका थिएँ । मैले कुरा गरेका मान्छेहरू र विभिन्न मिडिया रिपोर्टहरूले लागु औषध कुश बनाउनको लागि मान्छेको हड्डीको धुलो पनि प्रयोग गरिने गरिएको बताए ।

कुश जडीबुटी, गाँजा, र किटाणु नाशक पदार्थहरूबाट बनाइन्छ । कुशलाई अझ बढि कडा बनाउनको लागि मानव हड्डीको धुलो प्रयोग गरिने बताइएको छ । सम्भवतः मानवहड्डीहरूको सल्फर सामग्रीको कारणले कुश अझ बढि कडा भएको हुन सक्छ ।

यस कारण कुश कारोबारीहरूले लागू पदार्थ कुश बनाउनको लागि चिहानबाट मानव हड्डीहरू निकाल्न थालेका समाचारहरूमा जनाइएको छ ।

बीबीसीलेनै प्रकाशन गरेको समाचारमा कुश दुव्र्यसनीहरूलाई मानव चिहानबाट कंकालहरू खन्न रोक्नका लागि सुरक्षा कडा पारिएको जनाइएको छ ।

लागु औषध प्रयोगको उस्तै रूप

नेपालमा पनि लागु औषधको प्रयोग वृद्धि भइरहेको छ । जुन २०२० मा सार्वजनिक गरिएको नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण अनुसार, नेपालमा १ लाख ३० हजार ४ सय २४ जनाले लागु औषध प्रयोग गर्ने अनुमान गरिएको छ ।

यो संख्या २००८ मा ४३,३०९ बाट तीन गुणाको वृद्धि हो । सन २०१२ मा, नेपालमा ९१,५३४ लागुपदार्थ प्रयोगकर्ताहरू थिए ।

सन् २०२० मा सार्वजनिक गरिएको सर्वेक्षणले देखाएको लागुऔषध प्रयोगकर्ताको अनुमानित संख्या मध्ये ९३ दशमलव ३ प्रतिशत पुरुष र ६ दशमलब ७ प्रतिशत महिला रहेका छन् । कुल लागु औषध प्रयोगकर्ता मध्ये ७६ दशमलव २ प्रतिशत ३० वर्ष मुनिका रहेका छन् ।

सोही प्रतिवेदन अनुसार, लागु पदार्थमा लत भएका मध्ये ७.२ प्रतिशत १५–१९ वर्ष उमेर समूहका थिए, ३४.३ प्रतिशत २०–२५ वर्ष उमेर समूहका, ३५.२ प्रतिशत २५–२९ वर्ष उमेर समूहका थिए र १२.६ प्रतिशत ३०–३४ वर्ष उमेर समूहका थिए ।

यो सर्वेक्षण प्रत्येक पाँच वर्षमा गरिन्छ । अर्को सर्वेक्षणले लागुपदार्थ प्रयोगकर्ताहरूको संख्या दुई गुणाले वृद्धि भएको देखाउने अपेक्षा गरिएको छ ।

बाँके जिल्लामा लागु औषध र उपचार
भारतसँगको खुला सिमाना रहेको बाँके जिल्लामा पनि लागु औषध प्रयोगकर्ताहरूको संख्या बढ्दै गएको छ । हरेक दिन जस्तो लागु औषध ओसारपसारका घटनाबारे समाचार छापिएका हुन्छन् ।

लागु औषध रोकथाम तथा उपचारमा संलग्नहरूसँग गरिएको कुराकानीका अनुसार खुला सिमाना र लागु औषधको सहज पहुँच पनि लागुऔषध प्रयोगकर्ताको संख्यामा वृद्धिको एक मुख्य कारण हो ।

यसका साथै अभिभावकको कमजोर निगरानी तथा असल मार्गदर्शनको कमी तथा चिन्ता र तनावले युवाहरू लागु औषधमा फँस्ने गरेको लागु औषध दुव्र्यसन विरुद्ध कार्यरत युवाहरू बताउँछन् ।

लागु औषध दुव्र्यसन पुनःस्थापना केन्द्र सन्चालन गरिरहेका प्रविण बिसी बाँके जिल्लामा मात्र ५ देखि ७ हजारको संख्यामा लागु औषध प्रयोगकर्ता हुन सक्ने अनुमान गर्छन् ।

बिसीका अनुसार हाल बाँके जिल्लामा लागु औषध दुव्र्यसनमा परेकाहरूको उपचार तथा पुनःस्थापनामा सहयोग गर्नका लागि १७ वटा पुनःस्थापना केन्द्रहरू सन्चालनमा छन् । जसमध्ये २ वटा महिला लागु औषध प्रयोगकर्ता लक्षित हुन् । बाँके जिल्लामा रहेका लागु औषध पुनःस्थापना केन्द्रमा हाल करिब ५ सयले उपचार सेवा लिइरहेका छन् ।

लागु औषध अपराध कि रोग ?

लागु औषध प्रयोगलाई राज्यले अपराध बुझेको छ । कानुन त्यसै भन्छ । अपराध भन्दा रोगको रूपमा बुझिदिनुपर्नेमा लागुऔषधविरुद्धका अभियन्ता बिसी जोड दिन्छन् ।

लागु औषध प्रयोगकर्ताले उपचार विधिबाट लागु औषधको कुलत छाड्न सक्ने भएकाले उनिहरूको उपचारमा ध्यान दिनुपर्नेमा बिसीको जोड हो । ‘कुनै पनि व्यक्तिले लागु औषध प्रयोग गर्छ भन्ने थाहा पाएमा घर परिवार र समाजले उनिहरूलाई हेला र दुव्र्यवहार होइन उपचारमा जान मद्दत गर्नुपर्छ’, बिसी भन्छन्, ‘लागुऔषधको प्रयोग पनि एक रोग हो, यसको उपचार सम्भव छ ।’

चाहियो राज्यको सहयोग

लागु औषध विरुद्ध अभियानमा सक्रिय संस्थाहरूले लागु औषध प्रयोगकर्ताको उपचार तथा पुनःस्थापनाका लागि राज्यको सहयोग बढाइनुपर्नेमा जोड दिन्छन् ।

चेन्ज टिम नामक संस्थामा समेत आवद्ध विसीले राज्यको प्राथमिकतामा लागु औषध दुव्र्यसन नपरेको गुनासो गरे । ‘राज्यले लागु औषध प्रयोगकर्ताहरूको उपचारमा लगानी गर्नु जरुरी छ,’ विसीले दैनिक नेपालगन्जसँग भने, ‘लागु औषध प्रयोगकर्ताहरूलाई आयमूलक सीप प्रदान गर्नु पनि जरुरी छ ।’

 www.bishalpana.com

Previous Post

सीमा बजारमा नक्कली नोटको कारोबार

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगञ्जमा प्रथम पुम्से तेक्वान्दो प्रतियोगिता सम्पन्न

नेपालगञ्जमा प्रथम पुम्से तेक्वान्दो प्रतियोगिता सम्पन्न

May 10, 2026
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने

May 10, 2026
पुरुष मृत फेला, पहिचान खुलेन

पुरुष मृत फेला, पहिचान खुलेन

May 10, 2026
आउँदै शितलहर, टेन्टबाटै सेवा

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

May 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version