For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

कार्टेलिङमा चलेको लोकतन्त्रको आयु कति ?

byDainik Nepalgunj
August 9, 2024
in विचार
0 0
0
कार्टेलिङमा चलेको लोकतन्त्रको आयु कति ?
Share on FacebookShare on Twitter

संसारको सबैभन्दा सुन्दर शासन व्यवस्था लोकतन्त्रलाई मानिन्छ । लोकतन्त्रमा जनताले आफ्ना लागि शासक आफै चुन्छन् । आफ्नो देशको विकास र आफ्ना आधारभूत आवश्यकताको बारेमा सचेत हुन्छन् र आफुले चुनेको शासकलाई घच्घच्याउँछन् । देश र जनताको कामप्रति जवाफदेहिता खोजछन् । जिम्मेवार शासकको अपेक्षा गर्छन । जनताको न्यूनतम आधारभूत आवश्यकताको परिपूर्ति गर्नमा शासक चुक्यो वा जनताको अपेक्षामा उसको काममा कैफियत छ भन्ने लाग्यो भने आवधिक निर्वाचन मार्फत जनताले त्यो शासकलाई दण्डित गर्छन् । यसरी जनताले आफ्नो शासक आफै चुन्ने, त्यो शासकलाई नियन्त्रण गर्ने, शान्तिपूर्ण तरिकाले आवधिक निर्वाचनको माध्यमबाट शासक परिवर्तन गर्ने विधि पक्कै पनि सुन्दर छ । तर यो व्यवस्था सीमाहीन छैन । जतिसुकै लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भने पनि यो र्निविकल्प पनि होइन र छैन् । यो कुरा पछिल्ला घटनाहरु देखाउँदै गएका छन् ।

अधिकतम् सुन्दर पक्ष रहेको व्यवस्था भएता पनि पछिल्लो समय लोकतन्त्रको यस्तो सुन्दर पक्षहरुलाई राजनीतिको कार्टेलिङले आफ्नो पञ्जामा पारेको छ । लोकतन्त्र लोक राज बाट एलिट राज तिर सकेको छ । लोकतन्त्रको व्यवहारिक परिभाषा शाब्दिक परिभाषा भन्दा १८० डिग्रीमा नै परिवर्तन भएको छ । यहाँ लोक शोषितपीडित र तन्त्र चलाउनेहरु महा शोषक भएका छन् । आम जनताको पहँुचमा न शासन छ न शासक । जनता पाँच पाँच बर्षमा डर धाकधम्की लोभ लालचमा अल्झेर भोटहाल्ने प्यादा मात्रै बनाइएको छ । देशको मुल कुल धर्म सँस्कृति भाषा सभ्यता देशको मौलिकता र सिँङ्गो अस्मिता नै बेचेर शासकका गुटहरु मौलाउने र बौलाउने चलन लोकतन्त्रको भाष्य बनेको छ । आफ्नो आफ्ना सीमित समुहको स्वार्थ मिल्दा लोकतन्त्र हुने र नमिल्दा सबैथोक खतरा जाने तानाशाही हुने भन्ने जस्तो परिभाषा बनाएर विश्वको सुन्दर भनिएको व्यवस्थाको मजाक बनाइएको छ ।

लोकतन्त्रमा तमाम सुन्दर पक्ष रहँदा रहँदै पनि संसारमा सबै देशहरु लोकतान्त्रिक शासन व्यवस्थामा छैनन् । तरपनि यसको अर्थ यो होइन कि लोकतन्त्र नभएका देशहरुमा जनताका आधारभूत आवश्यकताको पूर्ति भएको छैन भन्ने होइन । लोकतन्त्र नभएका देशहरुमा पनि शासकले जन अपेक्षा पुरा गरिँदिँदा त्यहाँ लोकतन्त्र जतिसुकै सुन्दर भएता पनि त्यसको आवश्यकता त्यहाँका जनताले महसुस नै गरेका छैनन् । संसारमा सुन्दर व्यवस्था भनिएको लोकतन्त्र भएका देशको संख्या १६७ रहको देखिन्छ । त्यसमा पनि राजा सहितको लोकतन्त्र रहेका देशहरुको संख्या झण्डै तीन दर्जन छ । लोकतान्त्रिक व्यवस्था नभएको भनिएका देशहरुको संख्या पनि झण्डै तीन दर्जन जति छ । यहाँ सबैभन्दा विचारणीय पक्ष के हो भने कतिपय लोकतान्त्रिक भनिएका देशहरुमा भन्दा लोकतन्त्र नभएको भनिएका देशहरुका जनता खुशी रहेको र उनीहरुको आधारभूत आवश्यकता सहज पूर्ति भएको पाइन्छ साथै गणतन्त्र नभएर राजा सहितको प्रजातन्त्र भएका देशहरुमा गणतन् त्र मात्रै भएका देशहरुमा भन्दा शान्ति र सुव्यवस्था भएको पनि देखिन्छ । यसरी हेर्दा संसारमा लोकतान्त्रिक व्यवस्था वा अरु कुनै व्यवस्था मात्रै आफैमा केहि होइन भन्ने कुरा प्रष्ट हुन्छ । अनि गणतन्त्र हुँदैमा मात्र सबैथोक परिपूर्ण हुन्छ र जनताका आधारभूत आवश्यकता पुरा हुन्छन् भन्ने ग्यारेन्टी गर्न पनि मिल्दैन । यो कुरा पछिल्ला बर्षहरुमा बिभिन्न गणतान्त्रिक भनिएका देशहरुमा भएका जनताको असुतष्टि र बिद्रोहले पुष्टि गरिसकेको छ ।

दक्षिण एशियाली मुलुकहरुमा सबैभन्दा राम्रो आर्थिक उन्नति गरेको देश बंङ्लादेश हो । जहाँको तथ्याङ्क हेर्दा वर्तमान विश्वको उदयमान अर्थतन्त्र मानिएको भारत भन्दा राम्रो देखिन्छ । अर्थतन्त्रका हिसाबले दक्षिण एशियाको दोश्रो ठूलो अर्थतन्त्र र विश्वको ३५ औं ठूलो अर्थतन्त्र बनेको बङ्लादेशको पछिल्लो समय राष्ट्रिय अर्थतन्त्रको वृद्धि दर तमाम यूरोपियन देशहरुको भन्दा राम्रो छ । भूगोलमा नेपाल भन्दा सानो तर जनसंख्या झण्डै १७ करोड रहेको यो देशको प्रतिव्यक्ति आय भारतको भन्दा बढि अर्थात झण्डै २८ सय डलर पुगेको तथ्याङ्क रहेको छ । यो आर्थिक बृद्धिको श्रेय त्यहाँ लगातार शासन गरेकी बङ्लादेश निर्माणको नेतृत्व गरेका नेता मुजिबर रेहमान की पुत्री शेख हसिना वाजेदलाई नै जान्छ । पछिल्लो पन्ध्र बर्षको उनको शासनले त्यहाँ ल्याएको राजनीतिक स्थिरिताले यो सब सम्भव भएको थियो ।

हुन त शासकले आफ्नो राम्रो पक्ष देखाराख्न मिथाङ्क तयार गराउने पनि गर्छन् । लोकतन्त्रको यो दुर्बल पक्ष पनि हो । तर आज बङ्लादेशमा त्यहाँका विपक्षहरुले लगाएको आरोप र बिद्रोहको आवाज जसरी बंङ्लादेश तन्नम भएको थिएन र छैन । त्यहाँको ब्यापार, विदेशी मुद्रा सञ्चितिमा भएको बृद्धि, औधोकिरणमा भएको विकास, पूर्वाधारमा भएको विकास, रोजगारीमा भएको बृद्धि, निर्यात ब्यापारमा भएको बृद्धि र बेरोजगारी दरमा भएको कमीलाई त्यत्तिकै नजरअन्दाज गर्न त पक्कै मिल्देैन ।

दक्षिण एशियामा भारतसँगको आफुलाई मुख्य प्रतिष्पर्धी मानेको पाकिस्तान भारत पछिको ठूलो अर्थतन्त्र थियो । आणविक शक्ति सम्पन्न भएको कारण पाकिस्तानमा आफु इस्लामिक वर्डको बादशाह बन्ने सपना पनि थियो शायद अझै छ । बिभिन्न प्राकृतिक श्रोतले बङ्लादेश भन्दा सम्पन्न रहेको पाकिस्तानले आफ्नो आर्थिक हैसियत बढाउन त सकेन भएको हैसियतलाई समेत बचाइराख्न सकेन । यसमा उसका आन्तरिक वा बाह्य कारणहरु छन् तर आफ्नै देशबाट टुक्रिएर गएको सानो देश बङ्लादेशले आर्थिक प्रगति गर्दा र पाकिस्तानको भन्दा अगाडी बढ्दा त्यहाँको एउटा वर्गलाई पीडाबोध पनि नभएको होइन ।

आज इतिहासका आद्येताहरुले विश्वमा कुलीनतन्त्र थियो भनेर पढाउँदै गर्दा लोकतन्त्रभित्र बढ्दै गएको कुलिनतन्त्रको बारेमा बोल्दैनन् । आज यहाँको लोकतन्त्रमा जनताले वास्तविक जनताको छोराछोरीलाई निर्वाचित गरेर आफ्नो शासक बनाउन सक्दैन । यहाँको राजनीतिक समाजले विश्वास नै गर्दैन । पूर्व कम्लरी शान्ता चौधरीले बेला बेलामा आफ्नो पीडा पोख्दै यो समाजको नजर र सोचको बारेमा भन्ने गरेको कथा त्यत्तिकै उब्जिएको पनि होइन । आजको लोकतन्त्रमा केहि मीडिया हाउसहरु, त्यसका मालिकहरु, राजनीतिक पार्टीका नेताहरु, ब्यूरोक्रेसीका निर्णायक तहका अधिकारीहरुको कार्टेलिङ र सिण्डिकेटमा लोकतन्त्रको जलप लगाएर शासन गर्ने परिपाटी दक्षिण एशिया मात्रै होइन पश्चिमा जगतमा समेत बढेको छ । लोकतन्त्र नै संसारको उत्तम व्यवस्था भन्ने भाष्यको अन्तर्यमा घुसेर त्यसलाई त्यसलाई कुलिनतन्त्रमा परिणत गरिएको छ । देशको अर्थतन्त्रमा उदारवादको नाउँमा केहि कुलीनको नियन्त्रण, तीनै व्यक्तिको शासनमा नियन्त्रण, तिनीहरुको नै व्यवस्थामा नियन्त्रण हुँदै गएको छ ।

सत्तालाई खर्चिलो बनाउँदै लैजाने र खर्च परिपूर्ति गर्न आन्तरिक र बाह्य एलिट वर्गलाई सत्ताको चाबी दिने परम्परा नेपाल जस्ता देशहरुमा ब्यापक भएको छ । राजनीतिक पार्टी तिनका नेता कार्यकर्ता पाल्ने, ब्यूरोक्रेसीका निर्णायक अधिकारीको आर्थिक हैसियत बनाइदिने वर्गले लोकतन्त्रको नाउँमा देशको सबथोक नियन्त्रणमा राख्दै गएको छ । सत्ता सम्भावनाको नजिक रहेका पार्टी नेताहरु, ब्यूरोक्रसी, केहि ब्यापारी र मीडियाको कार्टेलिङमा लोकतन्त्रको भ्रूणहत्या गर्दै लोकतान्त्रिक व्यवस्था राम्रो, यसको विकल्प छैन भन्दै देश र जनतामाथि लूट भैरहेको छ । उनीहरुको स्वार्थमा छसक्क कहिँ कतै प्रश्न उठ्ने बित्तिकै लोकतन्त्र खतरामा गैहाल्छ, संविधान र व्यवस्था धरापमा परिहाल्छ अनि प्रश्न उठाउने जति सबै पश्चगामी प्रतिगमनकारी आदि इत्यादि भैहाल्छन् । नेपालमा त यो सधैं सुनिराखिने शब्द हो भने भारतमा समेत यसपटकको चुनावमा खुब चर्चित भयो ‘संविधान खतरामा’ भन्ने शब्द ।

शासक लगातार सत्तामा रहन जसरी कार्टेलिङको सहारा लिन्छ कहिँ न कहिँ बङ्लादेशमा पनि शेख हसिना वाजेदको बाटो त्यसतर्फ थिएन भन्न सकिन्न । त्यहाँ लोकतन्त्रको नाममा उनको बाबुको इतिहास भजाएर र आफ्नो केहि कामको सहारा पनि लिएर हसिनाले कार्टेलिङ चलाएकोले अहिले बिद्रोहको अवस्था आएको हो । आर्थिक तथ्याङक त बने तर जनताको आधारभूूत आवश्यकतासम्म र जनताले अनुभूत गर्ने धरातल सम्म आर्थिक विकासको बाछिटा पुग्न नसकेको पनि हुनसक्छ ।
भारतमा पाँच छ दशकसम्म काँग्रेसको परिवारवाद र कार्टेलिङ चल्यो । लोकतन्त्रको जलपमा जसरी काँग्रेस भनेको भारत र भारत भनेको काँग्रेस भनियो यसले मोदीको उदय गरायो । नेपालमा लोकतन्त्र र गणतन्त्रको नाममा जसरी तीव्र गतिमा एलिटोक्रेसी, सिण्डिक्रेसी, कार्टेलोक्रेसी, भागबण्डोक्रेसी, चापलूसोक्रेसी, सुकिलोमुकिलोक्रेसी, मिडियोक्रेसी, परिवारवाद, भाइभतिजावाद, आफन्तवाद, नातावाद कृपावाद, फरियावाद, आदिको कार्टेलिङमा चल्ने चलाइने गरिएको छ यसले पक्कै पनि नेपालमा चलिरहेको लोकतन्त्रको आयु अजम्बरी रहन सक्दैन । नेपालमा केहि अमुक पार्टी वा नेतालाई जसरी गणतन्त्रको पर्याय बनाइँदै छ त्यो नै लोकतन्त्रको लागि सबैभन्दा ठूलो खतरा हो ।

नेपालको परिस्थिति र यहाँको साँस्कृतिक धरातल नै भिन्न छ । यहाँ आन्तरिक कार्टेलिङ मात्रै होइन विदेशी शक्तिकेन्द्रहरुको कार्टेलिङ झन चर्को छ । नेपालमा पार्टी, नेता देखि मिडिया र ब्यापारीहरु सबै नेपालभित्रको सत्तासँगको मात्रै कार्टेलिङमा हिस्सेदार छैनन् । उनीहरुको नियन्त्रणको चाबुक विदेशी कार्टेलरहरुसँग रहेको छ । यस्तो अवस्थामा अन्यत्रको जस्तो बिद्रोहले नेपालको सिण्डिकेटतन्त्र (लोकतन्त्र) भत्किँदैन । यहाँ त जनता कम कार्टेल पार्टनर बढि भएकोले अहिले सञ्जालमा आएजस्तो अफ्गानिस्तान, श्रीलंका र बङ्लादेशको जस्तो बिद्रोह तत्काल यहाँ हुँदैन तर कार्टेल एजेन्सीहरुको बीचको बिद्रोहको सम्भावना भने जिउँदै छ । यहाँ पार्टी भर्सेस पार्टी, धर्म भर्सेस धर्म, जाति भर्सेस जाति, नेपाल निरपेक्षता भर्सेस नेपाल सापेक्षता जस्ता कारण र विदेशी कार्टेलरको निर्णायक द्धन्दले वर्तमान कार्टेलतन्त्र (लोकतन्त्र) सकिन सक्छ ।

Previous Post

पर्यटकलाई लोभ्याउँदै नानापुर

Next Post

काँचो स्याउ सङ्कलन गर्ने व्यापारीका गोदाममा ताला

Next Post
काँचो स्याउ सङ्कलन गर्ने व्यापारीका गोदाममा ताला

काँचो स्याउ सङ्कलन गर्ने व्यापारीका गोदाममा ताला

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित चौध जना पक्राउ

May 14, 2026
युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”

युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version