देशमा आजः ८ बजे ८ खबर

  1. बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ प्रतिनिधिसभाबाट पारित भएका छन् ।
  2. बुधबार प्रतिनिधि सभा बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयबारे सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरु समझदारीका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
  3. बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस मार्फत विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरूको शुल्क फिर्ता हुने जानकारी गराएकी छन् ।
  4. जसपा नेपालले २०८४ को चुनावसम्म संगठन निर्माणमा होमिने निर्णय गर्दै उक्त अभियान भदौ ९ गतेबाट सुरू गर्ने भएको छ । प्रथम चरणमा यो जनअभियान चार महिनाको लागि मंसिर मसान्तसम्मको लागि तोकिएको छ ।
  5. कर्णालीको सुर्खेतमा हुने १०औं राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भएको छ । बुधबार युवा तथा खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री तेजुलाल चौधरी र सदस्यसचिव टंकलाल घिसिङको टोलीले कार्यविधिमा छलफल गरी कार्यविधिको टुंगो लगाएको हो ।
  6. लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । चेतनाको विकास भएसँगै स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्या १८.८ प्रतिशतले वृद्धि भएको लुम्बिनी प्रदेशको प्रथम आवधिक योजनाको समीक्षा प्रतिवेदन २०८० मा उल्लेख गरिएको छ ।
  7. नेपाली खेलकुदमा वर्षभरि उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी एवम् प्रशिक्षकलाई प्रदान गरिने ‘पल्सर स्पोटर्स अवार्ड’ आगामी भदौमा प्रदान गरिने भएको छ ।
  8. नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा बेचन झाविरुद्ध मुद्दा हेर्दाहेर्दैमा सकिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासमा भएको झाविरुद्धको मुद्दाको पेशी गरेको थियो।
Exit mobile version