For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सांसद, कर्मचारी सम्बन्ध ः कहिले चैन, कहिले बेचैन

byDainik Nepalgunj
September 8, 2024
in News, मुख्य समाचार
13 0
0
सांसद, कर्मचारी सम्बन्ध ः कहिले चैन, कहिले बेचैन
Share on FacebookShare on Twitter

प्रेम विश्वकर्मा

लुम्बिनी प्रदेशको सबैभन्दा बढी विकासे योजना मुख्यमन्त्री र मन्त्रीहरूको निर्वाचन क्षेत्रमा पुगेका छन् । प्रदेश सरकारले सांसदहरूलाईं खुसी बनाउन अघोषित रूपमै बजेट सिलिङ्ग तोकिदिएको छ । प्रदेश सभा निर्वाचनबाट निर्वाचित ८७ जना सांसदमध्ये प्रत्यक्ष निर्वाचित ५२ जना र समानुपातिक ३५ जना छन् । प्रत्यक्ष तर्फ प्रति सांसद २ करोड ७५ लाख रूपैयाँ र समानुपातिक तर्फ १ करोड रूपैयाँ बराबरको बजेट सिलिङ्ग चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि तोकिएको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा भने प्रति सांसद प्रत्यक्ष तर्फ २ करोड २५ लाख रूपैयाँ र समानुुपातिक तर्फ ७५ लाख रूपैयाँ बराबरको बजेट सिलिङ्ग तोकिएको थियो ।

सत्ता, शक्ति र पहुँच पु¥याउन सक्ने सांसदले तोकिएको बजेट सिलिङ्ग भन्दा बढीका पनि विकासे योजना आफनो क्षेत्रमा तानिरहेका छन् । समानुपातिक तर्फका सांसद अम्बिका काफ्ले भन्छिन्, ‘कानुनी रूपमा प्रदेशका ८७ जना नै सांसदको भूमिका बराबर, समान रहन्छ । तर ब्यवहारिक रूपमा त्यहाँ पनि विभेद छ । लुम्विनी प्रदेशभरीका जनतालाईं समान हक अधिकार दिलाउन ८७ जना सांसद फरक–फरक राजनीतिक दलबाट प्रतिनिधित्व गछौं । तर, प्रदेश सभाभित्र ८७ जना सांसद बीचमा पनि अधिकारको सवालमा विभेद भएको पाईन्छ ।’

सांसदलाईं दिईंएको बजेट सिलिङ्गका सम्बन्धमा भने सांसद अम्बिका काफ्ले आफुहरूले जनता र प्रदेश सरकारबीच मध्यस्थकर्ताको भूमिका मात्र निर्वाह गरेको बताउँछिन् । उनी भन्छिन्, ‘एउटा योजना बैंक मार्फत गए मात्र प्रदेशभरी समान किसिमले योजना वितरण हुन्छ । यसको आवाश्यकता देखिएको छ ।’ यस हिसावले उत्तरमा सिस्ने पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्म फैलिएको लुम्बिनी प्रदेशको १२ वटा जिल्लाका १०९ वटा स्थानीय तह र ९८३ वटा वडामा समान किसिमले पुग्नुपर्ने प्रदेशका विकासे योजना सत्ता र शक्तिको बलमा वितरण भएको पाइन्छ ।

सांसदका तजवीजी योजना
प्रदेशको बजेट ल्याउनुअघि आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सांसदहरूको टाउको गनेरै एउटा निश्चित बजेट सिलिङ्ग तोकिदिन्छ जसमा सांसदहरूलाईं क्षेत्रअधिकारभित्र रहेर योजना ल्याउन भनिन्छ । तर, योजना कार्यान्वयन गर्ने निकायसँग आवश्यक समन्वय भएको भने हुँदैन । सांसदले माग गरेका विकासे योजनाको शीर्षक मात्र राखेर प्रदेशको अन्य वार्षिक योजनामा समावेश गरी रातो किताबमा प्रकाशित गरिन्छ । कार्यविधि बनेर आएपछि मात्र कार्यान्वयनमा जाने यी सांसदका अघोषित विकासे योजना हुन् । प्रत्यक्ष तर्फका सांसद राजकुमार चौधरी भन्छन्, ‘२ करोड ७५ लाख रूपैयाँभित्रका योजना आर्थिक मामिला तथा योजना मन्त्रालय र बाँकी थप योजनाहरूको लागि संम्बन्धित मन्त्रालयमा लबिङ्ग गरी पेश गछौं ।’ यो चालु आर्थिक वर्ष २०८१÷०८२ मा पनि आफना विभिन्न किसिमका विकासे योजनाहरू रहेको सांसद राजकुमार चौधरीले बताए ।

चौधरीका अनुसार बर्दियाको बारबर्दिया नगरपालिका १० को भादा खोलामा पुल निर्माणका लागि ८० लाख रूपैयाँ, बारबर्दिया नगरपालिका वडा नम्बर ११ बिजयनगर स्कूलको भवन निर्माणको लागि १८ लाख रूपैयाँ र बारबर्दिया, गुलरिया नगरपालिका क्षेत्रमा लोकसेवा तयारी कक्षा सञ्चालन गर्न १८ लाख रूपैयाँ बराबरको योजना रहेको छ ।

‘कानुनतिर ध्यान छ तर कर्मचारीतन्त्रको भूमिका असमान, मनोमानी भएकाले सांसदहरूलाईं बजेट, योजना, कार्यक्रमका लागि तँछाडमछाँड गर्नुपर्ने बाध्यता छ । कानुन मात्रै बनाएर, नहुने रहेछ । नियमावली, कार्यविधिहरू गरिबका लागि सम्बन्धित मन्त्रालयका मन्त्री, सचिवले बनाएनन् । कर्मचारीतन्त्रमा अझै संघीयता आएको छैन । प्रदेश सांसदलाईं जनप्रतिनिधि नै मान्दैनन् । कर्मचारीतन्त्र अझै पनि संघीयतालाईं असफल बनाउने दाउमा छ,’ प्रदेश मामिला तथा कानुन समितिका सदस्य समेत रहेका सांसद राजकुमार चौधरी भन्छन्, ‘स्थानीय सरकारले टेरदैनन । तर संविधानले सहकार्य, सह–अस्तित्वको कुरा गर्छ । गरिब, दलित, थारु, मुस्लिम, मधेसी, अल्पसंख्यक, सिमान्तकृतको पहुँच योजना र कार्यक्रममा अहिलेसम्म पनि पुगेको छैन ।’

भौतिक निर्माणका विकासे योजना
विकासे योजनालाईं खासगरी दुई किसिमले बाँडफाँड गरिएको छ । एउटा हार्डवेयर र अर्को सफ्टवेयर । हार्डवेयर अन्तर्गत भौतिक निर्माण लगायतका विकासे योजना पर्दछन् । त्यस्ता योजना सांसदहरूले जनताको माग, आवाश्यकता महसुस गरेबमोजिम छनौट गरिएको भनेर दाबी गरेपनि समानरूपले वितरण गर्न भने सकेका छैनन् । आफनो क्षेत्र अनुसार निकटका कार्यकर्ता, ब्यक्ति–संस्थालाईं पहिलो प्राथामिकता दिएका छन् । त्यस्ता विकासे योजनामा सांसदको नाम भने राखिदैन ।

लुम्विनी प्रदेश मातहत रहेको शहरी विकास तथा खानेपानी मन्त्रालय खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेमा गत आर्थिक बर्ष २०८०÷०८१ मा प्रत्यक्ष तर्फका सांसद भण्डारी लाल अहिर र आदेश कुमार अग्रवालसँग जोडिएको खानेपानी धारा जडान सम्बन्धीका योजना रहेका थिए जसअनुसार सांसद भण्डारी लाल अहिरको क्षेत्रमा ३० लाख रूपैयाँ बजेटभित्र रही १ सय १५ वटा घरधुरीलाईं पुग्ने गरी वडाको सिफारिसमा धारा जडान गरिएको छ ।

यस्तै सांसद आदेश कुमार अग्रवालको निर्वाचन क्षेत्रमा १० लाख रूपैयाँको बजेटभित्र रही ३५ वटा धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका सूचना अधिकारी खगेन्द्र खत्री भन्छन्, ‘यो बर्ष पनि एक, दुई वटा योजना आएको हुन सक्छ, हामी हेर्दैछौं । थप योजना, कार्यक्रम भएपनि हाम्रो बजेट सिलिङ्गभित्रै आउँछन ।’ कार्यालयका निमित्त प्रमुख प्रकाश जंग शाह भन्छन्, ‘प्रदेश कार्यालयले प्रस्तावित गरेवाहेकका योजना हुन् । माननीयहरूले मन्त्रालय मार्फत आफ्नै पहलमा बजेट, योजना ल्याउनुहुन्छ ।’

लुम्विनी प्रदेश मातहत नै रहेको पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेमा त झन ७० प्रतिशतभन्दा बढी सांसदहरूकै योजना आउने गरेको कार्यालयको भनाईं छ । कार्यालयका निमित्त कार्यालय प्रमुख टंकनाथ खनाल भन्छन्, ‘५ लाखदेखी ५० लाखसम्मका स–साना योजना धेरै छन् । पहुँचका भरमा धेरै योजना मन्त्रालयबाटै तोकेर आउँछन् ।’

तालिमे कार्यक्रममा पनि सांसदका योजना

तालिम, सचेतनामूलक कार्यक्रम लगायतका सामाजिक कार्यलाईं सफ्टवेयर विकासे योजना अन्तर्गत समावेश गरिएको छ । जस्तै, लुम्विनी प्रदेश सरकार मातहत रहेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा गत आर्थिक बर्ष २०८०÷०८१ मा प्रत्यक्षतर्फका प्रदेश सांसद कृष्णा केसी (नमुना) सँग जोडिएको कुल ६० लाख रूपैयाँ बजेट रहेको थियो । सांसद कृष्णा केसी (नमुना) को क्षेत्र नरैनापुर, कोहलपुर, राप्तीसोनारीमा सिलाईं कटाईं तालिम र गड्यौला मल, कम्पोष्ट मल बनाउने तालिमसहित प्रविधि हस्तान्तरणको योजना थियो ।

यसैगरी समानुपातिक तर्फका सांसद अम्बिका काफ्लेसँग जोडिएको १५ लाख रूपैयाँको बजेट आएको थियो । सांसद अम्बिका काफ्लेको नेपालगंजमा ड्राइभिङ्ग, कुक र उद्यमशिलता तालिमको योजना रहेको थियो । चालु आर्थिक बर्ष २०८१÷०८२ मा पनि समानुपातिक सांसद सायरा बानो लगायतका सांसद र उनका स्वकिय सचिवहरूले फोन गरेर आफुहरूले योजना हालेको भनी जानकारी गराईंरहेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख रमेश बहादुर बुढाथोकीले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय गुलरिया, बर्दियामा चालु आर्थिक वर्ष २०८१÷०८२ मा कार्यान्वयन हुने गरी समानुपातिक तर्फका सांसद मालती सोडारी सँग जोडिएको गुलरियाको एक सहकारीलाईं प्रविधि खरिदका लागि ६ लाख रूपैयाँ बजेट तोकेर आएको छ । सांसद सोडारीसँग नै जोडिएको ठाकुरबाबामा रहेको नारी एकता शक्ति केन्द्र (महिला सशक्तिकरण तथा सिप विकास कार्यक्रम भनेर ८ लाख रूपैयाँ बजेट तोकेर आएको छ । प्रत्यक्ष तर्फका सांसद राजकुमार चौधरीसँग जोडिएको गुलरिया १२, मा सिलाई कटाई तालिमका लागि भनी १० लाख रूपैयाँ तोकेर आएको छ ।

सांसद–कर्मचारीबीच द्वन्द्व
लुम्विनी प्रदेश मातहत रहेको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारी भन्छिन्, ‘वडा नै तोकेर माननीयको तोकुवा योजना, कार्यक्रम आउँछन । समन्वय नगरे जागिरै जान सक्छ । कार्यदेश अनुसार काम नगरी भुक्तानी माग्ने मात्रै होइन नदिए मुद्दा समेत दर्ता गर्छन् ।’ अधिकारीका अनुसार गत आर्थिक वर्षमा १० लाख रूपैयाँ बजेटमा नयाँ पोखरी निर्माणको एउटा आयोजना अन्तर्गत लुम्विनी कृषि पशुपंक्षि तथा माछापालन कृषक समूह नेपालगंज १४, ले उच्च अदालत नेपालगंजमा मुद्दा नै दर्ता गरेको छ जुन मुद्दा अहिले विचाराधीन अवस्थामा छ ।

यसैगरी गत आर्थिक बर्ष २०८०÷०८१ मा समानुपातिक तर्फका सांसद शुसिला वादी (नेपाली) सँग जोडिएको ७ लाख रूपैयाँ बजेट बराबरको बादी अल्पसंख्यक समुदायका लागि आयआर्जन कार्यक्रम भनेर कोहलपुर क्षेत्रका लागि राखिएको थियो । चालु आर्थिक वर्ष २०८१÷०८२ मा पनि सांसदका तोकुवा कार्यक्रम आएका छन् । तर, कुन सांसदका हुन भनेर एकिन भईंनसकेको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीको भनाईं छ । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय गुलरिया, बर्दियाका प्रमुख सागर ढकालले पनि आफनो कार्यालयले मागेभन्दा थप केही योजना र कार्यक्रम आउने गरेको बताए । उनी भन्छन्, ‘अझै पनि बजेट, कार्यक्रम थपघट हुने संम्भावना छ, त्यसैले अहिले केही भन्न सकिन्न । हामी औपचारिक कार्यक्रम गरेरै सबै जानकारी गराउँछौं ।’

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

Next Post
इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

April 20, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version