For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

संवैधानिक नैतिकता र बिपी कोइराला

byDainik Nepalgunj
September 9, 2024
in विचार
0 0
0
संवैधानिक नैतिकता र बिपी कोइराला
Share on FacebookShare on Twitter

शङ्कर तिवारी

आज भदौ २४ अर्थात् बिपी कोइराला को एक सय ११औँ जन्मजयन्ती । प्रथम विश्व युद्ध प्रारम्भ भएको सालमा जन्मिएका बिपी कोइरालाको आज एक शताब्दी, एक दशक र एक वर्षयता आएर सम्झना गर्नुको उपादेयता वा सार्थकता के होला आफैँमा एउटा गम्भीर प्रश्न छ । बिपी जन्मिँदाको समय नबुझीकन बिपीले तय गरेको जीवन यात्रा बुझ्न सकिँदैन । युरोपको र अमेरिकाको केही भूभागबाहेक सबैतिर सामन्तवाद, तानाशाही र उपनिवेशवाद व्याप्त थियो । बिपी नेपालमा जन्मिने अवसरबाट वञ्चित भएका थिए, कारण नेपाल भन्ने देश राणाशाहीअन्तर्गत थियो । तर त्यो कुराले उनलाई नेपाली बन्नबाट रोकेन । उनी त झन् आधुनिक नेपालको परिचायक र उन्नयक बनेर उदाए ।

आज पनि बिपीलाई नजिकबाट देखेका र सङ्गत गरेका उनका परिवार बाहेकका मानिसहरूको कमी छैन । के बिपीको परिचय बिपीको परिवार र उनलाई नजिकबाट देखेका मानिसहरूको दायरामा मात्र सीमित छ त, निश्चय पनि छैन । बिपीले गरेका एक–एक राजनीतिक, साहित्यिक, सांस्कृतिक कर्म चिन्तन र अनुशीलनले आज प्रत्येक नेपाली नागरिक संस्कारित र दीक्षित भएको छ । नेपाली हुनुमा गौरव गर्ने जो कोहीले पनि एकपटक बिपी कोइरलाको जीवनको कुनै वयमा तादत्म्यता महसुस गरेको हुन्छ, उनको साहित्य र राजनीति योगदानकोको कारणले । बिपी एउटा सुसंस्कृत मानिस थिए । लोकतन्त्रको महत्व बुझेर र लोकलाई त्यसको महत्व बुझाउन जीवनलाई एक होइन, अनेक पटक दाउमा राखेका थिए । साहित्य सिर्जना गरेका थिए । कविता, उपन्यास कथा संस्मरण अनुवाद आदि कार्य गरेका थिए । त्योभन्दा बेसी आधुनिक समयको नेतृत्व गर्ने सुयोग्य नेता थिए, पथप्रदर्शक थिए । उनले स्थापना गरेको पार्टी नेपाली कांग्रेसको बलशाली उपस्थिति नेपाली राजनीतिमा यथावत् छ ।

आज बिपीलाई सम्झिनु एउटा कर्मकाण्ड हुन पुगेको छ तर कर्मकाण्डले मात्र त उनको विरासत र अवदानलाई न्याय हुँदैन । पार्टीको विशाल संरचना बिपी विचारको असली ध्वजावाहक बनेर गर्व मात्र होइन दम्भसमेत गर्दछ । त्यो कुरामा विस्तारै बदलाव आउँदैछ । गत वर्ष मात्र नेपाली कांग्रेस पार्टीले पार्टी मुख्यालय सानेपामा एउटा बृहत् साहित्य महोत्सव गरेको थियो । त्यहाँ कांग्रेसको विचारसँग सहमत नहुने साहित्यिक कवि लेखकहरु समेत कांग्रेस पार्टीको निम्तोमा ससम्मान बिपी चर्चा र चिन्तनमा निर्धक्क सहभागी थिए । त्यो नेपाली राजनीतिक संस्कारमा देखापरेको एउटा सकारात्मक बदलाव थियो । आज गणतन्त्रको युगमा बिपीलाई कांग्रेसभन्दा ज्यादा राजा चाहनेहरुले प्रासङ्गिक देखेका छन् । यो एउटा रोचक संयोग मात्र होइन । कुनै पनि इतिहास पुरुष माथिको हक दावा परस्पर विरोधी पक्षले गर्नु भनेको चानचुने कुरा होइन । इतिहासलाई सम्यक दृष्टिले हेर्ने हो जो कोही यस्ता घटनालाई सामान्य रूपमा लिन्छन् । बिपी एक क्रान्तिकारी थिए । उनको क्रान्तिकारिताभित्र उग्रताभन्दा ज्यादा सौम्यता र मध्यमार्ग थियो ।

बिपीको विराट व्यक्तित्व पार्टी वा देशको दायरामा मात्र सीमित हुने चीज थिएन । उनको आयतन व्यापक थियो । दक्षिण एसियालाई झकन्झोर हल्लाएको भारतीय स्वतन्त्रता सङ्ग्राममा सक्रियतापूर्वक भाग लिएको, जेलनेल भोगेको, त्यतिले नपुगेर नेपालमा प्रजातन्त्र स्थापनाका लडाइँको नेतृत्व गरेर प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेको, दक्षिण एसियाको नक्सा बदल्ने अन्तिम परिघटना बङ्गलादेश स्थापनाको आन्दोलनलाई सक्रिय समर्थन गरेर बङ्गलादेश विजय नेपालमा लोकतन्त्र पुनःस्थापनाको मार्ग आधा विजय भनेर वक्तव्य दिएको, यस्ता अनेकन राजनीतिक घटनाक्रम छन्, जहाँ उनले निर्णायक हस्तक्षेपका कर्ता भने साक्षी बने र बने हेतु पनि । उनले एउटा सिङ्गो युगलाई आफ्नो काँधमा बोकेर हिँडे । उनको जीवनकालमा उनलाई सोचे जति सफलता मिल्न सकेन तर जति मिलेको थियो त्यो पनि कम्ती भने थिएन । उनका प्रिय लेखक अल्बर्ट क्यामुले जीवन्त बनाएको ग्रिक पुराणको अभिशप्त पात्र सिसिफस जस्तो लोकतन्त्रको भारी बोकेर उनी टाकुरा माथि र तल गरी रहे । उनको लडाइँ खेर जाने कुरा थिएन र गएन पनि । आज त्यही लडाइँको परिणाम लोकतन्त्र टाकुराभन्दा माथि गणतन्त्र बनेको छ ।

कुनै बेला भारतीय संविधानसभाको आखिरी बैठकमा अम्बेडकर भन्दै थिए–आजदेखि हामी सबैले एउटा सुविधा गुमाउँदैछौँ, अब अङ्ग्रेजलाई गाली गरेर पुग्दैन । उनीहरू त भारत छोडेर गई सके । अब हामी ज्यादा जिम्मेदार बन्नुपर्दछ । यस्तै यस्तै । नेपालमा पञ्चायतको अवधिभर र बहुदलकालमा राजाको भक्ति वा निन्दा गरे चल्थ्यो । के अब गणतन्त्रको युग त्यसरी चल्छ त, उत्तर स्पष्ट छ चल्दैन । हाम्रा नेताहरु एक अर्कालाई गाली गरेका छन्, गला पनि मिलाएका छन् । तर जनता रनभुल्लमा छन्, उनीहरू किन एकापसमा गाली गरिरहेका छन् र गला पनि मिलाइरहेका छन् भनेर । यो अन्योलले निराश भरेको छ, आक्रोश बढाएको छ । लोकतन्त्रमा एउटा जनादेशपछि त्यो जनादेशको पालन गर्ने अनुशासन र धैर्य त्यसका सरोकारवालाहरुसँग हुनै पर्दछ । पाँच वर्ष संसद्को आयु भनेपछि त्यो धैर्य त्यो संयम सबै राजनीतिक दलमा समान रूपमा हुन पर्दछ । बिपीले सत्तामा जाने कुरालाई ज्यादा प्रधानता दिनु भएन । २०१४ सालमा प्रधानमन्त्री पद अस्वीकार गर्नुभयो । पछि राजा वीरेन्द्रलाई जनमत सङ्ग्रहको बेला भन्नुभयो, “सरकार मैले तपाइँले दिन सक्नेभन्दा माथिल्लो चीज पाइसकेको छु । म प्रथम जननिर्वाचित बनिसकेको मान्छे, जति पटक प्रधानमन्त्री बने पनि बन्ने भूतपूर्व प्रधानमन्त्री नै हो । म उन्नत लोकतन्त्र देख्न चाहन्छु । तपाईंको पिताले खोसेको जनअधिकार बहाली चाहन्छु । मेरो जस्तो आर्थिक अवस्था प्रत्येक नागरिकको बनाउन चाहन्छु । यस्तै यस्तै ।

आज संविधान संशोधन गर्ने भनेर बनेको नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्मिलित सरकार वा प्रतिपक्षमा रहेका नेता प्रचण्डको भूमिका यो संविधानलाई कामयाब गराउन कति सहायक भयो । त्यसको मूल्याङ्कन गर्ने बेला भएको छ । जसले आफैंँले जारी गरेको संविधानलाई संवैधानिक नैतिकताको कसीमा सम्मान गर्न र पालन गर्न सकेन उनैले संविधान संशोधनको कुरा गर्दा त्यो जनस्तरमा विश्वसनीय बन्न सकिरहेको छैन । त्यो बारेमा आजको दिनमा शीर्ष नेताहरुले मनन गर्नुपर्नेछ । बिपीका लागि सत्ता अन्तिम आकर्षणको कुरा थिएन । सत्ता उनका लागि जनताको आजीविका बदल्ने पवित्र साधन थियो । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको व्यक्तित्व फैलाउने माध्यम थियो । सत्ताबारे लोकतन्त्रबारे उनको सामान्य कुरा थियो– संविधान दिने मानिस वा संविधान निर्माता चाहे त्यो राजा होस् वा जनता त्यो संविधानप्रति जिम्मेवार र वफादार अनि प्रतिबद्ध हुनु पर्दछ । आजको गणतन्त्र नेपालको सङ्कटको समाधान बिपी कोइरालाको यही वचनमा भेट्न सकिन्छ । सङ्घर्षले खारिएर असामान्य उचाइ हासिल गरेका बिपीको यही एउटा वचन मात्र आजका नेताले पालन गर्न सके उनको योगदानप्रतिको सम्मान हुनेछ । (लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ)

Previous Post

बर्दिया जिल्ला टेनिस संघमा शर्मा निर्वाचित

Next Post

खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु

Next Post
नेपालगन्जमै आमाको मृत्यु बढी

खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version