For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सोह्र श्राद्ध : ‘पिण्ड पितृलाई तर्पण, दान बैकुण्ठधामलाई अर्पण’

byDainik Nepalgunj
September 18, 2024
in News, मुख्य समाचार
0 0
0
सोह्र श्राद्ध : ‘पिण्ड पितृलाई तर्पण, दान बैकुण्ठधामलाई अर्पण’
Share on FacebookShare on Twitter

देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च । नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः ।।

माथि उल्लेखित पितृ गायत्री मंत्रको अर्थ हो, देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार !

आजबाट पितृ पक्ष प्रारम्भ भएको छ । अर्थात् स्वर्गबासी पितृहरूका लागि सम्झने र श्रद्धापूर्वक श्राद्ध गर्ने १६ श्राद्ध आजबाट सुरु भएको छ ।

नेपालगन्जमा हिन्दु धर्मावलम्वीहरू देहत्याग पछिको परम्परागत दाहसंस्कारलाई व्यवस्थित गर्न अभियानमा छन् । अभियानको नाम हो, बैकुण्ठधाम सिधनियाघाट निर्माण । बाँकेको डुडुवा–५, राप्ती तटमा व्यवस्थित दाहसंस्कार स्थल निर्माणका लागि बैकुण्ठधाम सिधनियाघाट निर्माण अभियान थालिएको हो ।

जसको नेतृत्व डा. सुरेश कुमार कनोडियाले गरेका छन् । जहाँ हरकोही पेशाकर्मी, व्यवसायी, दल, समुदाय जोडिएर अभियानलाई पूर्णता दिन अग्रसर छन् । बैकुण्ठधामको सदस्यता अभियान आज १६ श्राद्धको पहिलो दिनबाट सुरु हुँदैछ । ‘पिण्ड पितृलाई तर्पण, दान बैकुण्ठधामलाई अर्पण’ भन्ने अवधारणाका साथ सदस्यता अभियान सुरु गरिएको कोषाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । बैकुण्ठधाम निर्माणका लागि आगामी कार्तिक २२ गतेदेखि ३० गतेसम्म नेपालगन्जमा बैंकुण्ठधाम आध्यात्मिक महोत्सव आयोजना गरिंदैछ । त्यसका लागि वाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेलले कथावाचन गर्दैछन् । उनको अगुवाईमा हुने आध्यात्मिक महोत्सवमा धार्मिक तथा आध्यात्मिक प्रवचनहरु हुने आयोजक मूल समितिका महासचिव श्रीराम सिग्देलले जानकारी दिए ।

‘त्यसका लागि मूल समिति र तमाम उपसमितिहरु सक्रिय भएर लागेका छन्’, महासचिव सिग्देलले दैनिक नेपालगन्जसँग भने, ‘यो अभियान नितान्त कुनै एकाध व्यक्ति वा समूह भन्दा सिंगो समाजको हो ।’ नाट्टा बाँके च्याप्टरका अध्यक्ष समेत रहेका सिग्देलले राप्तीनदी सिधनियाघाट क्षेत्रलाई आध्यात्मिक पर्यटनको गन्तव्य थलो बनाउने अभियान चालिएकाले पनि यो महत्वपूर्ण आयोजना भएको बताए ।

‘नितान्त धार्मिक जस्तो देखिएपनि बैकुण्ठधाम आफैमा एउटा युगको प्रतिनिधित्व गर्न सक्ने परियोजना बन्न सक्छ’, बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह सदस्य समेत रहेका अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक डा. बद्री चापागाईले भने, ‘ठूलो हिन्दु समुदाय रहेको छिमेकी राष्ट्र भारतबाट समेत पर्यटक ल्याउन सक्ने गरी राप्ती नदी तटलाई आध्यात्मिक गन्तव्यको केन्द्र बनाउन सकिन्छ ।’ त्यसका लागि अत्याधुनिक डिजाइनका लागि कसरत भैरहेको डा. चापागाईको भनाइ छ ।

कोषाध्यक्ष श्रेष्ठका अनुसार, १६ श्राद्धको अभियानलाई सहयोग जुटाउने उपाय मात्र भन्दा सकारात्मक थालनीको रुपमा अगाडि बढाउन खोजिएको हो । ‘महोत्सवमा सहयोग जुटाउने र त्यस मार्फत आयोजना स्थलमा आधारभूत पूर्वाधार तयार गर्ने योजनामा सबैको हातेमालो गर्न खोजिएको पनि हो,’ उनले दैनिक नेपालगन्जसँग भने ।

यस्तो छ, सोह्र श्राद्धको महत्व

दसैँको सुरुवातमा १६ दिनको पितृ पक्षको ठुलो भूमिका छ, आजबाट यो पितृ पक्ष प्रारम्भ भयो । पितृ कर्मलाई सनातन संस्कारको केन्द्रबिन्दुका रूपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन् पितृ कर्मको महत्त्व तथा आफ्ना बाबु, बाजेलगायतका एउटा ठुलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पण भावको अद्भुत नमुना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उँचाइ र महत्त्वलाई थप स्पष्ट पार्छ ।

सोह्र श्राद्ध, पितृ पक्ष, कगंत, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ । पूर्णिमाबाट सुरु भएको यस पक्ष औँसीका दिनसम्म चल्ने गर्दछ । पितृ पक्षमा पितृहरू पृथ्वी लोकमा आ–आफ्ना सन्ततिका घरमा आएर बस्ने गर्दछन् ।

पितृ पक्षको प्रसङ्गः महाभारत कथा
अब कुरो पितृ लोकको अवधारणाबाट, स्वर्ग र पृथ्वीबिचको यस लोकमा पितृका तिन पुस्ताहरू रहने गरेको मानिन्छ । बैतर्नी नदी भएको यस पितृ लोकमा बैतर्नी नदी तरेमा स्वर्ग लोक पुगिने जनविश्वास छ । स्वर्लोकका राजा इन्द्र हुन् भनेँ पितृ लोकका राजा यम हुन् भन्ने मान्यता छ ।

पितृ पक्षको कुरा गर्दा महाभारतको युद्धसँग कथा जोडिएर आउँछ, महाभारतको युद्धमा मृत्यूवरण गरेका दानवीर कर्णलाई स्वर्गमा भोजनका रूपमा सुनचाँदी वस्त्र आभूषण आदी प्रदान गरियो । भोजन कालागि वास्तविक खाना नै आवश्यक पर्नेमा किन राजा इन्द्रले उनलाई सुनचाँदी इत्यादि खान दिएका भन्ने कौतुहलता कर्णले स्वर्गका राजा इन्द्रलाई प्रश्न गर्दछन् । उत्तरमा इन्द्रले दानवीर कर्णले जीवनभरि सुनचाँदी आदि मात्र दान गरेको र पितृलाई भोजन दान नगरेको कारणले स्वर्ग लोकमा भोजनका साटो सुनचाँदी पस्केको कुरा स्पष्ट पार्दछन् । यसरी आफूलाई यस बिषयमा थाहा नभएकाले जीवनकालमा पितृलाई भोजन दान नदिएको बताएपछि १६ दिन कालागि कर्णलाई पृथ्वीमा फिर्ता पठाएको किंवदन्ती नै पितृ पक्षको सुरुवातका रूपमा मानिन्छ ।

वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ ।

पितृ पक्षमा के गरिन्छ ?
यसरी पूर्णिमाबाट सुरु भएको पितृ पक्ष औँसीका दिन सम्पन्न हुन्छ । १६ दिनको पितृ पक्षमा आफ्नो पितृको मृत्यु तिथिका दिन हिन्दूधर्मावम्वीहरू ले पितृ कर्म अर्थात् श्राद्ध गर्ने गर्दछन् । श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ, आफन्त अनि पण्डित, पुरोहितको उपस्थितिमा कर्ताले पितृ कर्म गर्दा कपाल खौरिएर नयाँ जनै फेरेको हुनुपर्दछ । बिहानै देखि मौलिक विशेषता बोकेका पारम्परिक नैवेद्य तथा विभिन्न प्रकारका खानेकुराहरू घरमा तामा या पित्तलको भाँडोमा चोखोनितो गरेर पकाइन्छ अनि र श्राद्ध चलिरहँदा पण्डितको निर्देशन अनुरूप विभिन्न साम्रगीहरू, घ्यू, सेतो पुष्प, पहेँलो केसरी लगायतका पितृ कर्ममा आवश्यक सम्पूर्ण पूजन सामाग्रीहरू पूजा गरेको ठाउँमा विधिपूर्वक सजाएर राख्ने गरिन्छ ।

श्राद्ध के हो ?
वैदिक सनातन हिन्दु संस्कारमा श्राद्ध महत्त्वपूर्ण कर्ममध्येको एक हो जसलाई सामान्यतया परिवारको जेष्ठपुत्र, जेष्ठपुत्र नभए अन्य पुत्रहरू अथवा दाजुभाइले गर्ने गर्दछन् । सर्व पितृ औँसीको दिन पुत्रले आफ्ना पिता पक्ष र माता पक्ष दुवैतर्फका पितृहरूलाई तर्पण दिइन्छ । । पुत्रलाई मोक्षको बाटो भनेर हिन्दु शास्त्रले भनेको कुरालाई आधार मानेर विभिन्न पक्षबाट यस विषयलाई नारीविरोधी र लैङ्गिक असमानतासित पनि जोडेर हेरिने गरिएको छ तथापि श्राद्ध, तर्पण अनि अन्य शुभ कार्यमा छोरी बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्व छ ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प

Next Post
पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प

पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’

April 21, 2026
म्यान्मामा हवाई आक्रमणमा २० सर्वसाधारणको मृत्यु

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

April 21, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

चक्कु प्रहार गरी युवकको हत्या

April 21, 2026
नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

April 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version