For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

रामलीला संस्कृति संरक्षणका सारथी

byDainik Nepalgunj
October 6, 2024
in News, मुख्य समाचार
0 0
0
रामलीला संस्कृति संरक्षणका सारथी
Share on FacebookShare on Twitter

नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी सन्तोषकुमार कनौडिया उमेरले ७४ वर्ष नेटो काटिसक्नुभएको छ । शारीरिक एवं मानसिक रुपमा घरमै आराम गरेर बस्नुपर्ने यो उमेरमा यतिबेला उहाँलाई डेढ सय वर्ष पुरानो ऐतिहासिक रामलीला संस्कृतिलाई भव्यता दिन भ्याइनभ्याइ छ ।

विसं १९२५ देखि नेपालगञ्जमा हुँदै आएको रामलीला महोत्सवको यो वर्ष एक सय ५७औैँ संस्करणका लागि आवश्यक तयारीमा हुने बैठक र छलफलमा कनौडियाका दिन बित्ने गरेका छन् । उहाँले एक दशकदेखि नेपालगञ्जको ऐतिहासिक सांस्कृतिक परम्पराका रुपमा रहेको रामलीलालाई संरक्षण गर्ने अभिभारा निर्वाह गर्दै आउनुभएको छ । विसं २०५२ देखि प्रत्यक्ष रुपमा रामलीला सञ्चालक समितिमा जोडिनुभएका कनौडिया सदस्य, उपाध्यक्ष, कार्यवाहक अध्यक्ष हुँदै २०७८ सालदेखि अध्यक्षको रुपमा जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ ।

प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको एक सय ५७औैँ संस्करणका लागि तयारी सुरू भएको उहाँको भनाइ छ । झण्डै डेढ सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजे देखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ ।

नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ । “विगतका वर्षमा जस्तै यो वर्ष पनि रामलीला महोत्सव सञ्चालन गर्ने तयारी गरिसकेका छौँ, रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट कलाकार ल्याउने निश्चित गरिसकेका छौँ”, अध्यक्ष कनौडियाले भन्नुभयो, “यो महोत्सव शतप्रतिशत समुदायको सहयोगबाट चलेको छ । नितान्त समुदायको अग्रसरतामा यहाँसम्म आइपुगेको यो ऐतिहासिक विरासतलाई निरन्तरता दिन र जीवन्त राख्न स्थानीय कलाकार उत्पादनलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्न स्थानीय सरकारको सहयोग आवश्यक देखिन्छ ।”

रामलीला मञ्चनका लागि बर्सेनि लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याइन्छ । नेपालमै कलाकार उत्पादन गर्ने प्रयास गरिए पनि सफल हुन नसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष कनौडियाले बताउनुभयो । नेपालमै कलाकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने सोँच बनाएको उहाँले उल्लेख गर्नुभयो ।

यस्तो छ इतिहास विसं १९२५ देखि स्थानीय अगुवाको अग्रसरतामा नेपालगञ्जमा रामलीला मञ्चन हुँदै आए पनि त्यसको एक सय १५ वर्ष पछि २०४४ सालदेखि व्यवस्थित रुपमा संस्थागत तरिकाले रामलीला मञ्चन गरिदै आएको ऐतिहासिक तथ्यले देखाएको छ । विसं २०४४ मा नेपालगञ्जका अगुवा कृष्णगोपाल टण्डन अध्यक्ष रहेको रामलीला सञ्चालक समिति गठन भएको थियो । टण्डनपछि २०५२ सालमा श्यामसुन्दर कनौडिया समितिको नेतृत्वमा आउनुभयो । नातामा दाजु पर्ने श्यामसुन्दरलाई साथ दिँदै सन्तोषकुमार कनोडिया रामलीला संस्कृतिलाई जोगाउन सम्वद्र्धनमा जोडिनुभएको थियो । “म जान्ने भएदेखि नै रामलीला हेर्दै आएको छु । समितिको जिम्मेवारीमा पुगेर यसको महत्व र इतिहासले मलाई थप काम गर्न प्रेरित गरेको थियो”, सन्तोषकुमारले भन्नुभयो, “दाजु बिरामी पर्दा मैले केही वर्ष कार्यवाहक अध्यक्ष भएर काम गर्दै आएको थिएँ । उहाँको निधनपछि अध्यक्षका रुपमा काम गर्दै आएको छु ।”

सञ्चालक समितिका अध्यक्ष कनौडियाका अनुसार, विश्वनाथ टण्डन, बद्रीनाथ टण्डन, पाटनदिन गुप्ता, जगदिशप्रसाद वैश्य, पन्नालाल गुप्ता, जयेन्द टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगञ्जमा रामलीला महोत्सवको सुरुआत गरेका थिए । यसक्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको उहाँको भनाइ छ । “सुरुका वर्षमा कलाकारको टोली ल्याउने चलन थिएन, यहीँका बुज्रुकहरुले रामायण पढेर र हेरेर रामलीला मञ्चन गर्दा हामी उत्साहका साथ हेर्ने गर्दथ्यौँ”, कनौडियाले सुनाउनुभयो, “पछि व्यवस्थित गर्दै जाँदा भारतको विहार राज्यको दरभङ्गा, उत्तरप्रदेशको अयोध्या हुँदै अहिले मथुरा बृन्दावनका कलाकारको टोली ल्याउने गरेका छाँै ।” करिव तीन दशकदेखि कनोडिया परिवारको नेतृत्वमा नेपालगञ्जमा ऐतिहासिक रामलीला महोत्सव सञ्चालन हुँदै आएको छ । अध्यक्ष कनोडियाले समुदायस्तरबाट डेढसय वर्षदेखिको यो अद्भूत कलालाई निरन्तरता दिन भइरहेको प्रयास चुनौतीपूर्ण रहेको बताउनुभयो । “रामलीलाको एउटा संस्करण आयोजनामा कम्तीमा रु १५ लाख खर्च हुन्छ । शतप्रतिशत समुदायको सहयोगबाट चलेको छ । नितान्त समुदायको अग्रसरतामा यहाँसम्म आइपुगेको यो ऐतिहासिक विरासतलाई निरन्तरता दिन र जीवन्त राख्न स्थानीय कलाकार उत्पादनलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्न स्थानीय सरकारको सहयोग आवश्यक देखिन्छ”, उहाँले भन्नुभयो ।

स्रोतको अभाव रामलीला सञ्चालक समितिको नाममा नेपालगञ्ज उपमहानगरपालिका– ९ र १३ मा पर्ने गरी चार बिघा जमिन रहे पनि संरक्षणको अभावमा हाल साढे दुई बिघा जमिन छ । जमिनमा विभिन्न सङ्घसंस्थाले भवन बनाएका छन् । हाल नियमित आम्दानीका रुपमा एउटा टिनको सटरबाट मासिक रु पाँच हजार मात्रै प्राप्त हुने गरेको अध्यक्ष कनौडियाको भनाइ छ । रामलीला मञ्चनका लागि सरकारबक्स चौधरी, मेघराज भण्डारी लगायतले चार बिघा जमिन रामलीला सञ्चालक समितिलाई दिएका थिए । रामलीला मैदानका रुपमा नेपालगञ्जमा यो ठाउँ परिचित रहेको छ । यो वर्ष नेपालगञ्जमा रामलीलाको एक सय ५७औँ संस्करणमा भारतको बृन्दावनका कलाकारले नाटक मञ्चन गर्ने भएका छन् । यसअघि पनि भारतका विभिन्न स्थानका कलाकारहरू आउने गरेका थिए । नेपालको जनकपुरबाट पनि केही वर्षअघि कलाकार ल्याएर रामलीला मञ्चन गराइएको रामलीलाकाबारे जानकार स्थानीय अगुवा द्वारिकाप्रसाद वैश्यले बताउनुभयो । नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयहरुबीच लोकप्रिय छ ।

वैश्यका अनुसार, जङ्गबहादुर राणाले नेपालगञ्ज सहर बसालेदेखि नै मनोरञ्जनका लागि स्थानीय बासिन्दाको सहयोगमा भगवान श्रीरामको कथामा आधारित नाटक मञ्चन गर्न थालिएको हो । गोस्वामी तुलसी दासले श्रीराम चरित्र मानस अवध भाषामा अनुवाद गरेपछि रामलीला मञ्चन गर्न सहज भएको हो । रामलीलामा श्रीरामको जीवन चरित्र देखाइने गरिन्छ । भगवान् राम र सीताको जीवन लीलालाई कलाकारहरूले घटस्थापनादेखि प्रत्येक दिन राति ८ बजेदेखि १२ बजेसम्म मञ्चन गर्ने गर्छन् । विजया दशमीको दिन रावणवध गरी एकादशीको रात भरतसँगको मिलाप र त्रयोदशीको रात रामको राज्याभिषेक गरी नाटक अन्त्य गरिन्छ ।

रामलीलाको लोकप्रियता डेढसय वर्षदेखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो कला नेपालीमाझ जति परिचित छ, त्यो भन्दा कैयौँ गुना भारतीयहरुबीच लोकप्रिय छ । बाँकेको आसपासका जिल्ला दाङ, बर्दिया र सुर्खेतसहित भारत उत्तर प्रदेशबाट सयौँ दर्शक आउने गरेको पाइन्छ । नेपालगञ्ज–२१ पुरैनाकी सिर्जना थापाले एकपटक हेरेपछि पनि दिनैपिच्छे अब के हुन्छ ? भन्ने जिज्ञासा लागिरहने बताउनुभयो । रावणवध गरेको दिन दर्शकको सङ्ख्या उल्लेख्य हुनेभएकाले मैदान भरिभराउ हुने गर्दछ । “भारतको उत्तरप्रदेशबाट लाखौँ श्रद्धालुहरु यस अवधिमा रामलीला दर्शनका लागि आउने गर्छन् बरु नेपालमै कसरी प्रचारप्रसार गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने भएको छ”, रामलीला सञ्चालक समितिका अध्यक्ष कनौडियाले चिन्तित हुँदै भन्नुभयो, “भारतीय युवाहरुमाझ लोकप्रिय हुँदै गए पनि नेपाली युवाहरुमा आकर्षण बढाउन सकिरहेका छैनौँ ।”

रामलीला र दसैँको रौनक घटस्थापनादेखि नेपालगञ्जस्थित रामलीला मैदानमा सुरु भएको रामलीला मञ्चनसँगै नेपालगञ्जमा दसैँको रौनक छाउने गर्दछ । रामलीला मञ्चन हेर्न गाउँगाउँबाट ट्याक्टर चढेर सर्वसाधारण आउने गरेको रामलीला सञ्चालक समितिका प्रचारक विष्णुलाल कुम्हालले बताउनुभयो । दसैँका अवसरमा समुदायमा सकारात्मक सन्देश फैलाउन र रामराज्यको अनुभूति दिलाउन रामलीला महोत्सवलाई निरन्तरता दिइएको कुम्हालले बताउनुभयो । घटस्थापनादेखि सुरु हुने रामलीला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, पर्शुराम, वाणासुर, सीता स्वयम्बर, राम वनबास, दशरथ मरण, सीताहरण, लङ्कादहन, लक्ष्मण शक्ति बाँणको लीलालगायत प्रदर्शन हुने गरेको उहाँको भनाइ छ । विजयादशमीका दिन ४५ देखि ५० फिटको रावणको पुत्ला दहनगरी महोत्सव समापन हुने गर्दछ । विजयादशमीका दिन अपराह्नदेखि नै विशेष लीला मञ्चन गरी रावण बध गरिन्छ । सो दिन जिल्लाका विभिन्न ग्रामीण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट समेत मानिस आउँछन् । भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाट्य रूपमा प्रस्तुत रामलीला महोत्सवमा गरिन्छ । योक्रम रावण बध नहुञ्जेलसम्म चल्छ ।

“सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दशैँभरि सहरमा रामलीलाको रौनक हुन्छ । रामले अन्यायका लागि लडेको कथा र प्रजालाई गर्ने व्यवहारबारे प्रस्तुत गरिन्छ”, रामलीला सञ्चालक समिति सदस्य नन्दलाल वैश्यले भन्नुभयो, “रामलीलाले युवालाई सकारात्मक सन्देश दिन्छ । रामलीला हाम्रो संस्कृति बनिसक्यो । भगवान् रामको आदर्श र मर्यादाको प्रचारका लागि पुर्खाले सुरुआत गरेका हुन् ।” जीवन्त कला अर्थात् भगवान श्रीरामको जीवन लीलालाई वृन्दावनबाट आएका भारतीय कलाकारहरुले हरेक दिन प्रस्तुत गर्नेछन् । यो क्रम एकसय ५६ वर्षदेखि चलिआएको प्रामाणिक तथ्य छ । “भगवान् श्रीरामलाई जीवन्त प्रस्तुत गर्दै मानवजीवनलाई कर्तव्य बोध गराउन नेपालगञ्जमा डेढसय वर्षदेखि कला प्रस्तुत हुँदै आएको छ रामलीला”, अध्यक्ष कनौडियाले भन्नुभयो, “धार्मिक आस्थाले मानव सभ्यतालाई मर्यादित बनाउँछ । अनुशासित जीवन पद्धतिका लागि पनि यो अपरिहार्य हुन्छ, नेपालगञ्जकै मौलिक इतिहासलाई थामेर हिँडेको छ, रामलीलाले ।”

Previous Post

चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली

Next Post

स्वयम्सेवी रक्तदातालाई उपहार वितरण

Next Post
स्वयम्सेवी रक्तदातालाई उपहार वितरण

स्वयम्सेवी रक्तदातालाई उपहार वितरण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version