For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अनुगमनमा खुल्दै बजारको कैफियत

byDainik Nepalgunj
October 8, 2024
in News, मुख्य समाचार
0 0
0
अनुगमनमा खुल्दै बजारको कैफियत
Share on FacebookShare on Twitter

हिन्दुहरूको सबैभन्दा ठूलो पर्व बीच बजार अनुगमनले तिव्रता पाएको छ । अन्य बेला भन्दा पर्वका बेला मालसामानको खरिददारी बढी हुने भएकाले पर्वका बेला अन्य समय भन्दा बढी अनुगमन हुने गरेको छ ।

विभिन्न विषयगत सरकारी कार्यालय तथा गाउँपालिकाहरूले पनि बजार अनुगमनमा चासो दिन थालेका छन् । बाँकेका स्थानीय तह आफैले पनि पर्वका बेला अखाद्य गुणस्तरहीन वस्तु बिक्री नहोस्, उपभोक्ता नठगिउन् भनेर निगरानी बढाएका छन् ।

अनुगमन सँगै बजारमा रहेको बेथिति पनि सार्वजनिक हुन थालेको छ । कोहलपुर नगरपालिकामा पछिल्लो समय भएका संयुक्त बजार अनुगमनमा ३ वटा फर्महरूलाई कारवाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँकेले जानकारी दिएको छ । डल्फिन फुड प्रोडक्टस प्रालिलाई ५० हजार, रायरा रेष्टुरेन्ट एण्ड बार प्रालिलाई रु. २० हजार र विनोद किराना पसललाई रु. १० हजार गरिएको थियो । उनीहरू मापदण्ड विपरित रहेको फेला परेपछि जरिवानाको कारवाही गरिएको हो ।

राप्तीसोनारी गाउँपालिका र जानकी गाउँपालिकामा भएको अनुगमनका क्रममा पनि फर्महरूले कानुनी मापदण्ड पूरा नगरेको फेला परेपछि जरिवाना गरिएको थियो ।

चाडपर्वका बेला सबैभन्दा बढी उपयोग हुने मासुजन्य पदार्थको कारोबारमा हदैसम्म लापरवाही फेला परेको छ । नेपालगन्जमा बजार अनुगमनका क्रममा बिक्रीका लागि अखाद्य मासु राखेको फेला परेको हो ।

व्यवसायीहरूले बाँकेबाट अन्य जिल्लामा समेत मासु बिक्रीका लागि पठाइने गरिएको छ । त्यसरी पठाइने गरेको मासु विषाक्त पाइएको छ । शनिबार गरिएको अनुगमनका क्रममा हुम्ला लैजान ठिक्क पारिएको मासु समेत अनुगमन टोलीले बरामद गरेको छ ।

‘एयरापेर्टबाट कार्गोमा हुम्ला सीमकोट जान लागिएको २२ केजी मासु बरामद गरिएको हो’, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख हरि बहादुर खत्रीले भने, ‘कसले, कसरी लग्ने थालेको थियो भन्ने अनुसन्धानमा छौ ।’ सडेको मासु नक्कली कागजात बनाएर लग्न खोजिएको आशंका अनुगमन समितिले गरेको छ ।

उपभोक्ताले मासुमा गुनासो गर्न थालेपछि संयुक्त बजार अनुगमन समितिले शनिबार नेपालगन्ज क्षेत्रका मासु पसलहरूको अनुगमन गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख खत्रीले १९ वटा मासु पसल अनुगमन गर्दा गुणस्तहीन मासु फेला परेपछि नष्ट गरेको जानकारी दिएका छन् ।

संयुक्त बजार अनुगमन समितिले ५८ केजी खसीको मासु, १ सय ५ केजी कुखुराको मासु र १० केजी माछा नष्ट गरेको हो । समितिले कुल १ सय ७३ केजी अखाद्य मासु नष्ट गरेको जानकारी दिएको छ ।

अनुगमन समितिले दुई वटा मासु पसललाई जरिवाना समेत गरेको छ । ‘बिक्री गर्न नै नमिल्ने मासु बिक्रीका लागि राखेको फेला पारेपछि कारवाही गरेका हौं’, उनले भने ।

वडा नं. १५ को मो. सरिफ फ्रेस हाउसलाई २० हजार र वडा नं. २० को दानिस फ्रेस हाउसलाई ५ हजार जरिवाना गरिएको हो ।

नेपालगन्जका पाँच वटा मिठाई पसललाई संयुक्त बजार अनुगमन समितिले कारवाही गरेको छ । पर्वबेला बजार अनुगमनलाई तिव्रता दिएको बजार अनुगमन समितिले सोमबार ८ वटा मिठाइ पसल अनुगमन गर्दा पाँच वटामा कैफियत भेटिएपछि कारवाही गरेको हो । त्यसक्रममा खान आयोग्य १६ हजार ७ सय मूल्य बराबरको मिठाई नष्ट गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँकेले जानकारी दिएको छ ।

संयुक्त बजार अनुगमन समितिले अमन स्वीट हाउसलाई रु. २० हजार, फेमस हलुवा पराठालाई रु. १० हजार, नेपालगन्ज मिष्ठान भण्डारलाई रु. १० हजार, खुसी मिष्ठान भण्डारलाई रु. १० हजार र माँ बागेश्वरी मिठाई पसललाई रु. ५ हजार जरिवाना गरेको हो । बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँके, जिल्ला प्रशासन कार्यालय बाँके, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, गुणस्तर तथा नापतौल कार्यालय बाँके, प्रहरी प्रशासनलगायतको सहभागिता
रहेको थियो ।

‘चाडपर्व मात्रै नभएर अन्य बेला पनि बजार अनुगमन गर्दै आएका छौं’, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख हरि बहादुर खत्रीले जानकारी दिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक बर्ष २०८०÷०८१ मा १ सय ४० वटा व्यवसायिक फर्मलाई कारवाही गरेको छ । अनुगमनका क्रममा विभिन्न मापदण्ड पूरा नगरेको, अखाद्य बस्तु विक्री गरेको फेला परेपछि वाणिज्य कार्यालयले ती फर्महरूलाई कारवाही गरेको हो ।

तत्कालीन मध्यपश्चिमका १६ जिल्ला कार्यक्षेत्र रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आ.व.मा अनुगमनका क्रममा ३ सय ४९ फर्म सामान्य अवस्थामा, सामान्य कैफियतमा तत्कालै सुधार गर्न निर्देशन दिइएको फर्मको संख्या १ सय ३९ रहेको जानकारी दिएको छ । वाणिज्यले गत आ.व.मा २ वटा फर्मको कारोबार रोक्का गरेको थियो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आ.व.मा ५ लाख ७२ हजार ९३ रूपैयाँको मालसामान गत आ.व.मा नष्ट गरेको थियो ।

बजारमा अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री गरेको थुप्रै भेटिने गरेका छन् । बजार अनुगमनका बेला भेटिएका अखाद्य पदार्थ भेटिंदा नष्ट गर्ने गरिएपनि अरू बेला निर्वाध बिक्री हुने गरेका छन् । बजारमा हुने बेतिथि अनुगमन र कारवाहीको तथ्यांक हेर्दा देखिन्छ । किराना होस् वा इलेक्ट्रोनिक्स, कपडा वा मिठाई पसल अनुगमनका बेला कैफियत भेटिने गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले चालु आर्थिक बर्षमा गरेको अनुगमनमा स्टेशनरी, कस्टमेटिक, फलफुल तरकारी, मदिरा, हार्डवेयरलाई समेत कुनै नै किसिमको कारवाही गरेको पाइन्छ ।

Previous Post

आउँदो तीन महिनाको हावापानी आकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

Next Post

सडकबाटै शेयर आव्हान

Next Post
उद्योगमैत्री नीति खोई ?

सडकबाटै शेयर आव्हान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित चौध जना पक्राउ

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version