जिल्लाका अधिकांश हुलाक कार्यालयले भाडाका भवनबाट सेवा प्रवाह गरिरहेका छन्भने केहीले भने गाविस कार्यालयमा आश्रय लिएका छन् । हुलाकका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको अतिरिक्त हुलाक सङ्घका अध्यक्ष नारायण गडरियाले बताउनुभयो । भौतिक पूर्वाधारविहीन कार्यालयबाट न्यून सुविधामा काम गर्नुपरेको उहाँको गुनासो छ । नरैनापुर, राप्ती सोनारी, जानकी र डुडुवा गाउँपालिकामा रहेका हुलाक कार्यालयको अहिलेसम्म आफ्नै भवन नरहेको जिल्ला हुलाक कार्यालयका प्रमुख गोविन्दप्रसाद पाण्डेले जानकारी दिनुभयो । विगतमा इलाका र अतिरिक्त कार्यालयका रुपमा रहेका हुलाक कार्यालयलाई अब स्थानीय तह अन्तर्गत सञ्चालन गर्ने प्रक्रिया प्रारम्भ भएको उहाँले बताउनुभयो । हाल बाँकेमा ११ इलाका र ३५ अतिरिक्त हुलाक कार्यालय रहेका छन् । बाँके जिल्ला हुलाक कार्यालयले लुम्बिनी प्रदेशका बर्दिया तथा कर्णाली प्रदेशका सबै जिल्लाको हुलाक स्टेशनरी र डाँक व्यवस्थापन गर्दै आएको छ । रेडियो नवीकरण सूचना विभागबाट प्रवाह हुने सेवा पनि हुलाक कार्यालयबाट प्रदान हुन थालेको छ । एफ.एम रेडियो तथा केवलको नवीकरण तथा अनुगमन, पत्रपत्रिकाको लोककल्याणकारी विज्ञापनको भुक्तानी, प्रेसपास नवीकरणलगायत सेवा प्रवाह पनि सोही कार्यालयलबाट भइरहेको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले हुलाक कार्यालयलाई पूर्वाधार नपुगेको स्वीकार गर्दै त्यसका लागि स्थानीय तहसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले हुलाक चिठीपत्रलगायत दस्तावेज सम्बन्धित व्यक्ति वा संस्थासम्म पु¥याउने विश्वसनीय माध्यम भएकाले सूचना प्रविधिको वर्तमान युगमा.पनि यसको महत्व रहेको बताउनुभयो ।
भाडाका भवनबाट सेवा प्रवाह गर्दै बाँकेका हुलाक कार्यालय
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
चार जना फरार पक्राउ
by
Dainik Nepalgunj
April 30, 2026
जेनजी सहिदको स्मृतिमा ‘योग भवन र उद्यान’ निर्माण
by
Dainik Nepalgunj
April 30, 2026
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
by
Dainik Nepalgunj
April 30, 2026
नाकाबन्दीले इरान थिचिँदै
by
Dainik Nepalgunj
April 30, 2026
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
by
Dainik Nepalgunj
April 30, 2026