अखाद्य सामान नष्ट

बजार अनुगमनका क्रममा फेला परेको म्याद नाघेका अखाद्य सामाग्री बजार अनुगमन समितिले नष्ट गरेको छ ।

बाँसगढी नगरपालिका बर्दियाका बजार क्षेत्रहरूमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँके, प्रहरी प्रशासन लगायतको संयुक्त बजार अनुगमनका फेला परेको उपभोग्य म्याद सकिएको १९ हजार ६ सय ९५ मूल्य बराबरको मालसामान नष्ट गरिएको हो ।

बजार अनुगमनका क्रममा विष्ट सप्लायर्सलाई २० हजार रूपैयाँ जरिवाना गरेको वाणिज्य कार्यालय नेपालगन्जले जनाएको छ ।

Exit mobile version