For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लैङ्गिक समानताको नीति उपलब्धिका लागि प्रयासरत

byDainik Nepalgunj
December 12, 2024
in News, मुख्य समाचार
0 0
0
लैङ्गिक समानताको नीति उपलब्धिका लागि प्रयासरत
Share on FacebookShare on Twitter

“हाम्रो पालिकामा लैङ्गिक समानता नीति बनेको हुनाले हामीले पाउने अधिकारको प्रत्याभूति भएको छ” यो भनाइ हो बाँके कोहलपुर नगरपालिका–४ की विष्णुमाया अधिकारीको । उहाँका अुनसार बाँकेको कोहलपुर नगरपालिकाले “लैङ्गिक समानता नीति” बनाएकै कारण विशेषगरी महिलाका अधिकारमा महिलाले अवसर पाएका छन् । पालिकाले “लैङ्गिक समानता नीति” लाई नीतिगत रुपमा लागू गरेर व्यावहारिक कार्यान्वयनको पक्षमा पनि जोड दिएको हुनाले महिला सशक्तीकरण र समावेशीको पक्षमा स्थानीय सरकार संवेदनशील भएको विष्णुमायाले बताउनुभयो ।

विष्णुमाया जस्तै सोही पालिका–१ की सावित्रा भण्डारीले पनि पालिकाले “लैङ्गिक समानता नीति” बनाएकामा यसले महिला, किशोरी, तथा बालिकाको हक र अधिकारको विषयमा स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो । “बाँकेमा अरु पनि पालिका छन् तर केही पालिकामा लैङ्गिक समानता नीति नबनेकै कारण महिला, किशोरी तथा बालिकाहरु आफ्नै अधिकारको प्रत्याभूतिसम्म गर्न नसकिरहेका छैनन्” उहाँले भन्नुभयो,“तर हाम्रो पालिकामा महिला, किशोरी, तथा बालिकाले त्यस्तो पीडा बोध गर्नुपरेको छैन ।” कोहलपुर नगरपालिकाको महिला विकास महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख घटना शाहका अनुसार नगरपालिकाले २०७६ सालमा बनाएको लैङ्गिक समानता नीतिअनुसार नै काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार नीतिले महिला, किशोरी तथा बालिकालाई प्राथमिकता दिएको छ । ‘नीति निर्माण हुनु नै पहिलो चरणको कार्यारम्भ हो । महिलाका लागि समाजमा रहेको सदियौंदेखिको विभेद् र हिंसा एकैपटक अन्त्य हुन सक्दैन ।’ उहाँँले भन्नुभयो, ‘‘विभेद् अन्त्यका लागि पालिकाले महिला, किशोरी तथा बालिकाको सामाजिक र आर्थिक विकासका लागि कार्यक्रमित र संरचनागत नीति बनाएको छ ।’’

नेपालगञ्ज उपमहानगरपालिकाले नेपालको संविधान २०७२ पन्धौँ पञ्चवर्षीय योजना र राष्ट्रिय लैङ्गिक समानता नीति २०७७ को मूल भावना, मर्म र पालिकाको सामाजिक, धार्मिक, सांस्कृतिक अवस्थालाई मध्यनजर गर्दै लैङ्गिक समानता नीति बनाएको महिला विकास महिला बालबालिका तथा जेष्ठ नगरिक शाखा प्रमुख मञ्जु पाण्डेले बताउनुभयो । ‘‘नीतिअुनसारको कार्यक्रम कार्यान्वयनका लागि पर्याप्त बजेट नभए पनि अन्तर शाखा समन्वयका आधारमा लैङ्गिक समानतालाई उच्च प्राथमिकता दिंदै कार्यक्रम गरिएको छ’’ महिला शाखा प्रमुख पाण्डेले भन्नुभयो, ‘‘नीतिगत रुपमा लैङ्गिक समानता नीतिको व्यावहारिक कार्यान्वयनको अवस्थालाई मूल्याङ्कन तथा अनुगमन प्रणाली भएको छ ।’’ यसका साथै लैङ्गिक समानता कायम गर्नका लागि सम्भावित जोखिम व्यवस्थापनमा जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा गैरसरकारी संस्थाहरुसँग समन्वय सहकार्य पनि भइरहेको बताउनुभयो । बाँके जिल्ला सामाजिक, सांस्कृतिक तथा धार्मिक रुपमा विविधता भएको जिल्ला हो । यही विविधता र परम्पराका नाममा लैङ्गिक विभेद्का परम्पराले व्यक्ति, समाज र सम्ुदायमा अझैं पनि जरो गाडेको पाइन्छ । यसको निराकणका लागि नीतिगत व्यवस्था मात्र पर्याप्त नहुन सक्छ । यद्यपि, नीति कार्यक्रम र योजना बनाउने पहिलो खुड्किलो हो ।

बाँकेको जानकी गाउँपालिकाले लैङ्गिक समानता नीति नै नबनाएको बताएको छ । गाउँपालिकाका महिला शाखा प्रमुख कल्पना गाहामगरले संविधानमा व्यवस्था भएका अन्य विषयमा नीति बने पनि लैङ्गिक समानताको विषयमा यस पालिकामा लैंगिकतासम्बन्धी नीति नबनेको बताउनुभयो । ‘लैङ्गिक समानतासम्बन्धी नीति कसरी बनाउने भन्ने विषयमा हामी अन्योलमा नै छौंँ’ उहाँले भन्नुभयो, ‘हाम्रा कानुनी सल्लाहकारहरुले पनि यो विषयमा हामीलाई कुनै प्रकारको कानुनी सल्लाह दिनुभएको छैन ।’ गाउँपालिकाका अध्यक्ष छब्बन खाँले आफूलाई लैङ्गिक समानतासम्बन्धी नीति बनाउनु पर्ने बारेमा जानकारी नभएकाले नबनेको हो भन्नुभयो । ‘हामीले पालिकाको वार्षिक नीति तथा कार्यक्रम प्रत्येक वर्ष बनाइरहेका छौँ तर लैङ्गिक समानतासम्बन्धी कानुनको विषयमा त्यति जानकारी भएन’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा यस विषयमा नीति बनाएर कार्यविधिका रुपमा कार्यान्वयन गर्नेछौँ ।’

बाँकेको बैजनाथ गाउँपालिकाले पनि अहिलेसम्म लैङ्गिक समानतासम्बन्धी नीति बनाएको छैन । गाउँपालिकाका उपप्रमुख निर्मला रोकायले लैङ्गिक समानता नीति नबनाए पनि स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका पक्षमा काम गरिरहेको दाबी गर्नुभयो । स्थानीय तहका कार्यक्रम लैङ्गिक हिंसा रोक्ने वा त्यसलाई वकालत गर्ने खालका छैनन् । उपप्रमुख रोकाय भन्नुहुन्छ, ‘लैङ्गिक समानताको नीति नबन्दा लक्षित वर्गलाई समेट्ने गरी न्यायिक समितिमार्फत नै काम गर्दै आइरहेका छौँ ।’
आर्थिक वर्ष २०८०÷८१ मा बाँकेमा जर्वजस्ती करणीको ६० वटा मुद्धा दर्ता भएको छ भने बाल यौनदूराचार (दुव्र्यवहार) को १२ वटा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । त्यसैगरी अप्राकृतिक हस्तमैथुन, बालविबाह, वैबाहिक करणी, आत्महत्या दुरुत्साहन, अपहरण गरी जर्वजस्ती करणीलगायतका लैङ्गिक हिंसाका एक सय ४७ वटा मुद्धा आव २०८०÷८१ मा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्धा फाँटका प्रमुख प्रहरी निरीक्षक नवीन चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा दर्ता भएका एक सय ४७ लैङ्गिक हिंसाका घटनामध्ये एक सय २९ वटा मुद्धा फछ्र्यौट भएका छन् भने १८ मुद्धा अझै बाँकी रहेका छन् । लैङ्गिक हिंसा तथा घटनाका विषयमा चालु आव २०८१÷८२ मा भने २२ वटा मुद्धा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की लैङ्गिक हिंसाका घटनाहरु कम गर्नको लागि जिल्लामा रहेका सबै सरोकारवालाले एकजुट भएर काम गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सबै समस्याको समाधान प्रहरी होइन तर यहाँका लैङ्गिक हिंसाका घटनाहरु प्रहरीबाटै सल्टियोस् भन्ने अपेक्षा सरोकारवालाहरुको रहेको छ ।’ प्रहरी प्रमुख कार्कीले लैङ्गिक हिंसाको विषयमा सरोकारवालाहरुले खुलेर विषयमा चर्चा गरे पनि प्रभावकारी रुपमा काम गर्न नसकेको बताउनुभयो । अनौपचारिक सेवा क्षेत्र केन्द्र (इन्सेक) का क्षेत्रीय संयोजक भोला महतले राज्यद्वारा बनाइएको लैङ्गिक समानताको नीतिलाई अबलम्बन गर्न प्रत्येक स्थानीय तहले कार्यविधि बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय सरकारलाई लैङ्गिक समानताको नीतिभन्दा भौतिक संरचना निर्माण कार्य बढी प्राथमिकता परेको देखिन्छ ।’ अधिकारकर्मी महतले बाँकेका प्रत्येक पालिकामा राज्यको नीतिअुनसार ऐन कानुन बन्नुपर्ने भन्दै स्थानीय तहमा नीति नबनिदिंदा राज्यका पञ्चवर्षीय योजनाहरु सफल हुन नसकेको बताउनुभयो ।

स्थानीय जनप्रतिनिधि र कर्मचारी संवेदनशील नभएकाले स्थानीय पालिकाहरुमा लैङ्गिक समानताको नीति बन्न नसकेको अधिवक्ता बसन्त गौतमले बताउनुभयो । ‘संविधानले नै व्यवस्था गरेको लैङ्गिक समानतासम्बन्धी समानताको हकलाई स्थानीय सरकारले नै नीति नबनाइदिंदा यसबाट के प्रष्ट हुन्छ भने लैंगिकता सम्बन्धि विषयमा यहाँका स्थानीय जनप्रतिनिधि र कर्मचारी संवेदनशील नभएको बुझिन्छ ।’ लैंगिकताको दृष्टिकोणले कानुनमा भएका कुराहरु व्यावहारिक रुपमा कार्यान्वयन गर्नका लागि नीति निर्माण गर्न आवश्यक भएको उहाँको भनाइ थियो ।
अधिवक्ता गौतमले लैङ्गिक समानताको नीति नबन्दा यस्ले प्रत्यक्षरुपमा महिला, बालबालिका, सिमान्तकृत समुदाय र विशेषगरी तेस्रोलिङ्गीलाई असर परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानमा मात्रै व्यवस्था भएर मात्रै भएन, त्यसलाई कार्यान्वयन गर्नका लागि नीति बन्न आवश्यक हुन्छ । नीति बने पो कार्यविधिमार्फत त्यसलाई लागू गर्न सजिलो हुन्छ र लक्षित वर्गका लागि त्यो प्रभावकारी पनि हुन्छ ।’ लिङ्ग, जात, भाषा, संस्कृतिका आधारमा कसैलाई पनि भेद्भाव गरिने छैन भन्ने संवैधानिक व्यवस्थाअनुसार स्थानीय संरचनामा लैङ्गिक समानताको नीति निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

संविधानको धारा १८ को समानताको हकले समानका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेद्भाव गरिने छैन भनि व्यवस्था गरेको छ । संविधानको भाग ३ धारा ३८ ले महिलाको हकअन्तर्गत प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक हुनेछ भन्ने प्रत्याभूत गरेको छ । राष्ट्रिय लैङ्गिक समानता नीति २०७७ ले लैङ्गिक समानतायुक्त राष्ट्र निर्माणको दीर्घकालीन सोच लिएको छ । महिला, किशोरी तथा बालिकाको सामाजिक, आर्थिक विकासका लागि नीतिगत र संरचनागत व्यवस्था गर्नु नीतिको मुख्य उद्देश्य रहेको छ भने महिलाको आर्थिक, सामाजिक र राजनीतिक रुपमा सशक्तीकरणसहित कानुनी र व्यावहारिक रुपमा महिला, पुरुष, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकबीच समानता स्थापित गर्ने’ लक्ष्य लिएको छ ।

लैङ्गिक नीतिले पछाडि परेको लैङ्गिक समुदायलाई केन्द्रमा राखेर बजेट तथा योजना बनाउन सहज हुन्छ । सरकारले वार्षिक कार्यक्रम पनि त्यसकै आधारमा बनाउँछ । सोही नीतिका आधारमा महिलाको आर्थिक अवस्थामा वृद्धि गर्दै लिङ्गका आधारमा हुने आर्थिक विभेद् अन्त्य गर्ने र समाज रुपान्तरणमा योगदान पुग्छ । यस नीतिका आधारमा प्रदेश र स्थानीय तहले लैङ्गिक नीति बनाउनुपर्ने हुन्छ । बाँकेमा आठ स्थानीय तहमध्ये तीन स्थानीय तहले मात्रै लैङ्गिक समानता नीति बनाएका छन् ।

Previous Post

जाजरकोटमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

Next Post

पत्रकार निर्वाचन : बाँकेबाट कसले कति पाए ?

Next Post
पत्रकार निर्वाचन : बाँकेबाट कसले कति पाए ?

पत्रकार निर्वाचन : बाँकेबाट कसले कति पाए ?

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

अवैध कुखुरा र सालको काठ बरामद

April 20, 2026
भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

April 20, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version