For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

नेपालीलाई गणतन्त्र चाहिएको होइन

byDainik Nepalgunj
January 3, 2025
in विचार
0 0
0
नेपालीलाई गणतन्त्र चाहिएको होइन
Share on FacebookShare on Twitter

दशजना बसेर कतै गफ गरिरहेको ठाउँमा पुग्यो कि त्यहाँ सबैलाई यहि देशको चिन्ता लागेको झैं देखिन्छ सुनिन्छ । जन्ती मलामी कतै गयो कि धेरैका मुखबाट यस्तै कुराहरू निस्किन्छ । त्यहाँ सबै खाले मान्छे हुन्छन् । ब्यापारी, मझैला ब्यापारी, सरकारी जागिरे, नीजि जागिरे, उद्यमी, किसान, ज्यामी सबैखाले व्यक्ति, सबै सबै यो देशको वर्तमान व्यवस्था थिति देखि दिक्क र निराश मात्रै । अनि धैरैको एकमत हुन्छ ‘यो देशमा गण्तन्त्र भन्ने व्यवस्थाले केहि गरेन, नेपालमा धेरै राजा त भए तर देशको अभभिावक कोहिपनि भएन, गणतन्त्र किन चाहिएको हो कुन्नि ?’ यो कुरा गाउँ गाउँ देखि शहर शहरका जमघटहरूमा पनि ब्यापक छ । किन ? के नेपाललाई साँच्चिकै गणतन्त्र चाहिएको होइन त ? जनताको भावनाले त यस्तै व्यक्त गरिरहेको सुनिन्छ । यथार्थमा जनस्तरमा र देशहितको कसिमा गणतन्त्रको उपलब्धि पनि देखिँदैन ।

हुन त नेपाली राजनीतिक वृतमा अहिलेसम्म कै सबैभन्दा ठूूलो र गतिलो उपलब्धिको रूपमा गणतन्त्र, धर्मनिरपेक्षता र संघियतालाई लिने गरिन्छ । यसको आगमन कसरी भयो भन्ने बारेमा आम नेपाली जनता नै आश्यर्चमा परेका छन् । २०६२–०६३ को आन्दोलनको आवाजमा यी तीनवटै कुरा थिएनन् । जनताले यसलाई कहिल्यै कतै एजेण्डा नै बनाएका थिएनन् । तर जब आन्दोलन सकियो र आन्दोलनका उपलब्धिहरूलाई लिपिबद्ध गर्ने बेला भयो त्यहाँ अर्कै कुराहरू पो लिपिबद्ध भए । जनताको तन मन, वचन र कर्मले चाहेको भन्दा भिन्नै जनताले रोपेको बिउ भन्दा भिन्दै बाली पाकेको देख्दा जनता नै आफै तिनछक परे । तर सधैंभरि सपनाका पोका बाँड्ने नेताहरूमा झट्टै विश्वास गरिरहने नेपाली जनताले ‘ठिकै भनेका त होलान् नेताहरूले ’ भनेर विश्वास गरे र आफुले नरोपेको बिउको फल खान बाध्य बनिरहेका छन् ।

आन्दोलनको दशबर्षपछि झस्केलाबाट एक थान संविधान त बन्यो । तर त्यो को द्धारा कसले कसका लागि बनायो यो दशबर्षमा लगभग त्यो कुरा स्पष्ट भैसको छ । संविधानमा जनताको इच्छा बिपरित गणतन्त्र फुल्यो, संघियता पनि झाँङ्गियो र धर्मनिरपेक्षताको बोटले धान्नै नसक्ने गरि फल पनि दियो । जनताले मौन बसेर टुुलुटुलु हेरिरहे । अहिले यी तीनवटा बिषहरूको वास्तविक असर समाज नै सक्नेगरि फैलिन थालेको छ । अनि नेपाली समाज अत्तालिएर कराउन थालेको छ । गाउँघर, खेतखलियान, जन्ती मलामी, चिया पसल देखि भट्टी पसलसम्म उठेका कुराहरू जनता अत्तालिएका आवाजहरू हुन । उ बेला हतारमा बौलाएको र अरूको झाँसामा आएर बेलैमा बुद्धि नपुर्याउँदाको परिणामबाट अहिले तिल्मिलाएर खासै अर्थ रहेको छैन ।

नेताले गल्ती गर्दैन भन्ने हुँदैन । तर उ नेता हो भने उसले ब्यवहारले आफ्नो गल्ती सच्याउन सक्नुपर्छ । सक्दैन भने उ नेता होइन कसैद्वारा खटाइएको दलाल हो ।

२००७ सालतिर भारत र यसका नेपाली प्यादाहरूले उठाएको संविधान सभा ५५ बर्षपछि व्यूउँताइयो । यति सानो देश त्यो पनि मिश्रित जातजाति, धर्म सम्प्रदाय र सहृदयतापूर्ण बसेको समाजमा जातियता र क्षेत्रियताको यूरोपेली बिषबृक्ष रोपेर समाजलाई भाँडियो । एकल जातियताको नारा र क्षेत्रियताको नारा उचालेर नेपाली जनताका आत्मीयतापूर्ण बाँचेका मनहरू भाँच्ने काम भयो । भनिन्छ समाजमा कुनै कुरा लाद्न कन्भिन्स, कन्फ्यूज र क्याप्चर यी तीन तरिका अपनाइन्छ । पहिला यो देशमा आइएनजिओहरू घुसाएर पढेलेखेकालाई प्रोजेक्ट वर्क दिएर र गरिब जनतालाई समोसा र भत्ता बाँडेर कन्भिन्स गर्न खोजियो । त्यो कन्भिन्सिङबाट केहि उग्रवादी जत्था तयार गरियो या आइएनजिओको एजेण्डाप्रति नरमपन्थीहरू क्थित बुद्धिजिवीहरू त्यार गरियो । जसलाई भत्ता समोसा दिएर प्रो बनाउन सकिन्थ्यो त्यस्ता जनतालाई अधिकारका नाउँमा, जातियता र क्षेत्रियताको नाउँमा कन्फ्यूज गरियो । जब जनता केहि कन्भिन्स भए, पढेलेखेकाहरू मीडियाहाउसहरू आफ्नो एजेण्डमा नरम भएको अवसर सृजना भयो आतंक र आन्दोलनको बाहनामा क्याप्चर गरियो र आफ्नो एजेण्डा अनुकुलको संविधान भन्ने खोस्टो ल्याएर गणतन्त्र नामको शासन गरिएको छ ।

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको संविधान र यसले गरेको शासन अजब गजबको छ । यस्तो शासन जहाँ कुनै सुशासन छैन । जहाँ कुनै शासकीय नैतिकता छैन । जहाँ कुनै देश र जनताप्रति जवाफदेहिता नै छैन । जहाँ कर्तव्यपरायणता भन्ने नै छैन । जहाँ देशको राज्यकोषको ब्रम्हलूट छ । देशको ढुकुटी बचाउने चिन्तन छैन । जहाँ आफ्नो देशको मूल कुल धर्म सँस्कृति भाषा सभ्यता र नेपाली मौलिकताको मूल्य र मान्यता नै छैन । आफ्नोपनको तेजोबध गर्दा र नेपालको माटोलाई नै सत्तोसराप गर्दा निकै गर्वको महसुस गरिन्छ । बहुदलको नाउँमा पार्टीहरूको तानाशाही चलेको छ । संसद देखि आयोग र विश्वविद्यालय, न्यायालय जताततै भारदारिया सभामा परिणत भैसकेका छन् । अमुक पार्टीका नेताहरू भनेका स्वघोषित तारणहार भगवान भएका छन् । पार्टीको आड आर्शिवादमा नेता कार्यकर्ताहरूले राज्यका हरेक सार्वजनिक सम्पत्ति हडप्ने देखि राज्यकोषमा जति सुकै डाँका हालेपनि छूट छ । पार्टी नेताहरूमा भागबण्डा मिलेपछि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र यो संविधान सुरक्षित रहिरहन्छ तर जहाँ जहाँ भागबण्डाको बिलोमा अलिकति तलमाथि हुन्छ फुत्त बाहिर निस्केर सबैथोक खतरामा गयो गयो लौ न जनता बचाइ देऊ भन्दै भाषण गर्दै जनतालाई कन्फ्यूज गराउँदै हिँडिन्छ । यसैलाई नै नेपाली मोडेको गणतन्त्र भनिन्छ ।

जनताले चाहेको यस्तो भ्रष्टतन्त्र पक्कै पनि होइन । यति कुरा त ढुक्कसँग भन्न सकिन्छ । नेपालको लागि गणतन्त्र आवश्यक नै होइन र यस्तो संविधान पनि होइन ।

कुनैपनि देश र त्यो देशका जनताको अभिभावक भनेको राज्य हुन्छ । तर यो देशमा राज्य कतै देखिँदैन । नेता कतै देखिँदैन । यहाँ आजपनि आइएनजिओले राज गरेको छ । विदेशी दूतावासहरूले निर्देशन गरेका छन् । केहि थान मीडियाहाउस र ब्यापारिले देशको राजनीति हाइज्याक गरेका छन् । आम जनताको सुनिदिने कोहिपनि छैन । यसैले त आज न देशको अभिभावक छ न जनताको अभिभावक नै छ ।

नेपाल कुनै पार्टी, कुनै वादको आर्दशले निर्माण भएको देश होइन । यो कुरा कसैले दावा गर्न पनि सक्दैन । नेपाल शाहवंशीय राजा बडामहाराज पृथ्बी नारायण शाहको नेतृत्वमा नेपाली जनताले एकिकृत गरेको देश हो । ती जनता जो कुनै विदेशी वादको दासतामा थिएनन् । कुनै आइएनजिओ र विदेशी दूतावासहरूले चलाएका पनि थिएनन् । न कुनै दूतावासमा भिख माग्न पुग्ने गरेका थिए । कसैको कलो नखाएका शुद्ध मनले नेपाल जोगाउनु पर्छ भन्दै नेपालको माटोको बासनाबाट ओतप्रोत भएका योद्धाहरूले बनाएको यो देश आज विदेशी वादका दासहरू र दूतावासहरूका दलालहरूले लूट्न गणतन्त्र चाहिने भयो यसैले यो तन्त्र ल्याएको हो भन्न कत्तिपनि हिच्किचाउनु पर्दैन ।

जब यो देशलाई दक्षिणतिरबाट चिथोरिँदै थियो, नेपाललाई छिमेकीले आफ्नो राज्य बनाउने मनसाय पालेर हप्कीदप्की गर्दै थियो । केहि बर्ष दरबार भत्रै पसेर निर्णय गर्न पाएको र बिस्तारै नेपालको सार्वभौमसत्ता नै हत्याउने अनुकुल समय कुरेको छिमेकीलाई गलहत्याएर बाहिर निकाल्दा दिल्ली तिलमिलाउँदै थियो । त्यसबेला यहाँका राजनीतिक पार्टीहरू र यसका नेताहरू त्यहि दिल्लीको सर्मथनमा लाम लागेका थिए । आफ्नो देशको अस्मिता बचाउने राजाको बिरोधका लागि योजना र खजाना माग्न कोहि दिल्ली त कोहि बेइजिङ धाउँदै थिए । बेइजिङले चारो हालेन तर राजा महेन्द्रको आफ्नो देशप्रतिको अडानबाट तिल्मिलाएको दिल्लीको मुटु पोलेको पोल्यै भयो र उसले नेपाली काँग्रेस, कम्यूनिष्ट समाजवादी भनिनेका नेताहरूलाई लगानी गर्यो र एजेण्डा पनि सेट गरिदियो ‘तिम्रो राजाले लूट्यो यो त महासमान्त हो, यसलाई फाल्नुपर्छ’ भन्ने । आफ्नो समाजमा गरि खाएका नेपाली मोडेलको समाजवादमा रमाएका अबोध गरिखाने जनतालाई पार्टीहरूले कन्फ्यूज गर्न शुरु गरे ।

यो कन्फ्यूजन गर्ने काम दशकौ सम्म चल्यो । कहिले नाकाबन्दी, कहिले साँधीढुङ्गो सार्ने त कहिले कुटनीतिक हतियारको प्रयोग गरेर दरबारलाई गलाउने प्रयास भयो । जब दरबार गलेन अनि त्यसलाई बिभिन्न स्वार्थकेन्द्रहरू मिलेर सिध्याइयो । जनस्तरमा आतंक सृजना गरियो । आतंककारीलाई आफ्नो भूमिमा पालेर हतियार दिएर, एजेण्डा सेट गराएर उफारियो । देशभित्र अराजकताको स्थिति बनाउँदै अन्य पार्टीहरूलाई एक्लाउँदै लगियो । अन्तमा दिल्ली दरबारमा बोलाएर सम्झौता गराएर दशकौ.सम्म लगानी गरेर पालेका पालुवाहरूलाई एउटै मञ्चमा ल्याएर स्वार्थकेन्द्रहरूले आफ्नो लगानी असुल गरे ।

गणतन्त्रले के दियो नेपाली जनतालाई ? सेट एजेण्डामा बहकिएका राजनीतिक पार्टी र तिनका नेतालाई सोध्न सक्ने आँट अझै जनतामा पलाउन सकेको छैन । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको नाउँमा च्याँस तोड्न पाएकाहरूबाट आजपनि जनता त्रसित बन्नु परेको छ । आफन्तवाद, परिवारवाद, फरियावाद, विदेशी दलालीवाद, ढोकेचौकेवाद, झोलेवाद, दूतावासको आदेशवाद यस्तै यस्तै वादहरूको सुली चढेको नेपालको गणतन्त्र पक्कै पनि नेपाल देश र नेपाली जनताको लागि चाहिएको होइन । बडामहाराज पृथ्बीनारायण
शाहले जनतालाई एकिकृत गरेको र राजा महेन्द्रले बचाएको देश यस्तो गणतन्त्र, संघीयता र धर्म (भ्रष्ट) निरपेक्षता पाल्नका लागि होइन । सबैलाई चेतना भया ।

Previous Post

सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व

Next Post

नेपालमा स्टार्टअप अभियानको आवश्यकता र महत्व

Next Post
नेपालमा स्टार्टअप अभियानको आवश्यकता र महत्व

नेपालमा स्टार्टअप अभियानको आवश्यकता र महत्व

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version