For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

ब्यवसाय र मानव अधिकार

byDainik Nepalgunj
January 15, 2025
in विचार
0 0
0
ब्यवसाय र मानव अधिकार
Share on FacebookShare on Twitter

पछिल्लो समय व्यावसायिक क्षेत्रका सञ्चालक, कामदारहरू र उपभोक्ताहरूको चेतना बढ्दो क्रममा छ । मानव अधिकारका आधारभुत मान्यताहरुको पालना व्यावसायिक क्षेत्रले पनि गर्नु पर्दछ भन्ने कुराको मान्यता बिकसित भएको छ ।

सन् २०११ मा संयुक्त राष्ट्र संघमा व्यवसाय र मानव अधिकार सम्बन्धी निर्देशक सिद्धान्तको संकल्प प्रस्ताव पारित भएको थियो । यसको अनुसरण गरेर कतिपय देशले मुख्य रूपमा दुइटा क्षेत्रमा जोड दिँदै मानव अधिकार सुनिश्चित गर्न पहल गरेका छन् ।

पहिलो हो– व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना निर्माण । दोस्रो हो– देशमा क्रियाशील कम्पनीहरूको विधान र नीतिमा ह्युमन राइट ड्यु डेलिजेन्स (मानव अधिकारप्रतिको सम्मान र परिपालना) गर्ने छ ।

व्यावसायिक क्षेत्रले संस्था भित्र र मूल्य तथा आपूर्ति शृंखलामा समेत मानवअधिकार सुनिश्चितताका लागि नीति र प्रक्रियाहरू निर्धारण गर्नुपर्छ भन्ने पक्षमा सहमति बढ्दै गएको छ । विश्वका कतिपय देशहरूले यस पक्षमा निकै प्रगति गरेका छन् ।

राष्ट्रिय कार्ययोजना राज्यले बनाउने पञ्चवर्षीय योजना हो । यसमा राज्यस्तरबाट गरिने पहल र निजी क्षेत्रबाट गरिएको अपेक्षा समावेश हुन्छ । यो पक्ष देशअनुसार फरक हुन सक्छ । ह्युमन राइट ड्यु डेलिजेन्स भनेको चाहिँ कम्पनीहरूले व्यावसायिक क्रियाकलापहरूमा हुन सक्ने मानव अधिकार उल्लंघनको जोखिम पहिचान गरी यसको न्यूनीकरण तथा उन्मूलन गर्न चाल्ने कदम हो ।

व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना नबनाए पनि सात वटा देशले मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजनामा छुट्टै अध्याय थपेर यो पक्ष सम्बोधन गरेका छन् । क्यानडा, फिलिपिन्स लगायतका केही देशमा त्यहाँका मानव अधिकार आयोग र नागरिक समाजबाट व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना निर्माणमा पहल भएको छ ।

राष्ट्रसंघीय निर्देशक सिद्धान्तमा ह्युमन राइट ड्यु डेलिजेन्सले उद्योगहरूमा मानव अधिकारको जोखिम पहिचान गर्न र त्यसको न्यूनीकरणका लागि उपयुक्त कदम चाल्न पक्ष राष्ट्रहरूलाई प्रेरित गरेको छ । व्यावसायिक क्षेत्रमा मानव अधिकार सम्बन्धी सूचना प्रवाह गर्ने तथा पर्याप्त नीति र प्रक्रियाबारे सरोकारवालालाई जानकारी दिने काम गर्न पनि प्रेरित गरेको छ ।

यूके मोडर्न स्लेभरी एक्ट; चाइनिज ड्यु डेलिजेन्स गाइडलाइन्स फर रेस्पोन्सिबल मिनिरल सप्लाइ चेन, २०१५; मेन्डेटरी एचआरडिडी ल अफ फ्रान्स; जर्मन सिएसआर डाइरेक्टिभ इमप्लिमेन्टेसन एक्ट, २०१७; अस्ट्रेलिया मोडर्न स्लेभरी ल, २०१८; डच चाइल्ड लेवर ड्यु डेलिजेन्स ल, २०१९; इन्डियाज नेसनल गाइडलाइन्स अन आरबिसी, २०१९; जर्मनी सप्लाइ चेन ल, २०२१ कामका केही उदाहरणहरू हुन् ।

उपर्युक्त सबै नियमहरूले उद्योगका गतिविधिहरूमा मानव अधिकार उल्लंघन रोक्न प्रेरित गर्दछन् । क्षेत्रीय तहमा युरोपेली संघले युरोपियन युनियन कर्परेट सस्टेनेविलिटी ड्यु डेलिजेन्स डाइरेक्टिभ अनुमोदन गर्ने भएको छ । यी सबै बाध्यकारी कानुन र नियम हुन्, जुन व्यावसायिक क्षेत्रका लागि अनिवार्य छन् ।

नेपालले गरेका प्रयास ः
व्यवसायका क्षेत्रमा मानव अधिकार सुनिश्चित गर्ने दिशामा नेपालले पनि प्रयासहरू थालेको छ । पाँचौं मानव अधिकार राष्ट्रिय कार्ययोजना, श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी धाराको निर्देशन बमोजिम व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना निर्माण भएको छ ।

मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना (२०७७÷७८–२०८१÷८२) बमोजिम तयार गरिएको व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना, २०८०÷८१–२०८४÷८५ (मिति २०८०।०९।११ (मा.मन्त्रिस्तर) को निर्णयानुसार स्वीकृत) भएको हो ।
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा राष्ट्र संघीय विकास कार्यक्रम (एनडिपी) ले यो प्रक्रियामा सघाइरहेको छ । यो एउटा सकारात्मक पहल हो तर अगाडि थुप्रै चुनौती छन् ।

उद्योग तथा निजी क्षेत्रको पर्याप्त ध्यानाकर्षणका लागि नेपाल सरकारले राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न रणनीतिक योजना बनाउन आवश्यक छ जो बनिसकेको छैन । यस्तो कार्ययोजना कार्यान्वयनका लागि स्पष्ट योजना र दृढ इच्छाशक्ति चाहिन्छ । विकासोन्मुख राष्ट्रहरूबाट प्रभावित भई नेपालले ह्युमन राइट ड्यु डेलिजेन्स प्रति निजी क्षेत्रलाई मनाउन सक्ला के भन्ने प्रश्न खडा भएको छ । नेपालको अस्थिर राजनीतिक घटनाक्रम, अनेक उतार–चढाव र प्रतिकूल सन्देशका समाचारहरूले नेपालमा लगानी अनुकूल वातावरण बन्न नसकेको बताईन्छ । यसकारणले पनि निजी क्षेत्रले व्यवसाय सञ्चालनमा विभिन्न चुनौतीहरू सामना गर्नु परेको छ । यस्तो अवस्थामा व्यवसाय क्षेत्रमा ह्युमन राइट ड्यु डेलिजेन्स गर्नुपर्छ भन्ने अवधारणालाई निजी क्षेत्रले बोझको रूपमा लिन सक्छ । कोही त यस्तो योजना विकसित राष्ट्रहरूमा मात्र लागू हुनसक्ने भनेर तर्किन खोज्छन् । नेपालमा हालसम्म कुनै पनि व्यावसायिक क्षेत्रले नीतिगत रूपमा ह्युमन राइट ड्यु डेलिजेन्स लागू गरेको जानकारीमा आएको छैन ।

युएनडिपीको उद्देश्य र राष्ट्रिय कार्ययोजनाका बारेमा नेपालको निजी क्षेत्र प्रस्ट छैन । निजी क्षेत्रलाई यो कुरा बुझाउने पर्याप्त प्रयास नभएको पनि हुनसक्छ । यसबारे राज्य र निजी क्षेत्र दुवै पर्याप्त जानकार छैनन् । जानकारी भएका मध्ये पनि कतिपयले व्यवसाय र मानव अधिकारलाई नयाँ कानुनका रूपमा पनि बुझेका छन् । कसैले यो विषयलाई हालको व्यावसायिक र सामाजिक उत्तरदायित्व (सिएसआर) सम्बन्धी व्यवस्थाको रूपमा व्याख्या गरेको पाइन्छ जो सही होइन । व्यवसाय क्षेत्रमा मानव अधिकार अवलम्बन गर्नु मानव र प्रकृति दुवैको लागि आवश्यक छ।

नेपालमा व्यावसायिक क्षेत्रले मानव अधिकारको सम्मानमा राम्रो काम गर्ने प्रयास गरेको छ भन्ने कुरा नकार्न मिल्दैन । यससँगै अन्तर्राष्ट्रिय अभ्यास र मूल्य मान्यताहरूबाट सिकेर सुदृढीकरण गर्नु पनि महत्वपूर्ण हुन्छ ।

उपभोक्ताहरूको बढ्दो चेतना, बढ्दो वातावरणीय सरोकार, गुणस्तरीय सेवा र उत्पादनको बढ्दो माग लगायतको परिवेशमा व्यवसायका क्षेत्रमा मानव अधिकारको सम्मान अनिवार्य भएको छ । यसले व्यवसायको प्रतिस्पर्धा र नागरिकको विश्वास बढाउन मद्दत गर्छ । व्यावसायिक क्षेत्रले मानव अधिकार बेवास्ता गर्दा बिक्रीमा ह्रास आउने र अन्ततः व्यवसाय नै बन्द हुने परिणाम विश्व बजारमा धेरै पटक देखिएको छ ।

सन् १९७७ को नेस्ले बेबी मिल्कको व्यापारघाटा र २०२१ मा एचएनएमको कपास खेतीमा युगहुर मुस्लिमहरूप्रतिको विभेद सम्बन्धी समाचारले ल्याएको २३ प्रतिशत घाटा नकारात्मक प्रभावका केही उदाहरण हुन् । यस्ता घटना धेरै छन् ।

अहिलेको अवस्थामा, मानव अधिकारलाई प्राथमिकतामा राखेका कम्पनी प्रति उपभोक्ता, लगानीकर्ता र आममानिसको विश्वास बढेको देखिएको छ । यसले कम्पनीको प्रतिष्ठा बढाउन मद्धत पुर्याउने गरेको छ ।

अहिलेका उपभोक्ताले बजारमा आएको उत्पादनमा मात्र नभई उत्पादन प्रक्रियामा समेत चासो राख्दछन् । मानव जीवन र प्रकृति संरक्षणको तुलनामा अर्को ठूलो मूल्य छैन भन्ने कुरा सबैले बुझ्न जरूरी छ ।

राष्ट्रिय कार्ययोजना र ह्युमन राइट ड्यु डेलिजेन्सको बहसले कम्पनीहरूलाई जिम्मेवारीपूर्ण व्यवसायमा प्रोत्साहित गर्ने उद्देश्य राखेको हुन्छ । यी दुवै महत्वपूर्ण कदम हुन् ।

वर्तमान समयमा केही कम्पनीहरूले कतिपय देशको कुल गार्हस्थ उत्पादन भन्दा पनि बढी आम्दानी गर्ने गरेका छन् । त्यस स्तरका नभए पनि नेपालमा राम्रा व्यावसायिक कम्पनीहरू छन् जसले नीति निर्माणका लागि सरकारलाई प्रभाव पार्न सक्छन् ।

व्यावसायिक क्षेत्रहरू धनी, शक्तीशाली, पहुँचयोग्य, कुशल र प्रभावकारी हुँदै गएको को वर्तमान अवस्थामा मावन अधिकार संरक्षण र प्रवद्र्धनमा राज्य मात्र जिम्मेवार हो भन्नु अनुपयुक्त भएको छ । मानव अधिकार संरक्षण राज्यको मात्र जिम्मेवारी हो भन्ने मान्यता पुरानो हुँदै गएको छ । अव उद्योगी ब्यवशायी, कम्पनीहरूले आधारभूत मानव अधिकारको परिपालनमा गर्नु पर्दछ भन्ने मान्यताको बिकाश हुदै गएको छ ।

नेपालको व्यावसायिक क्षेत्रले पनि मानव अधिकार संरक्षणमा योगदान गर्नुपर्छ । ह्युमन राइट ड्यु डेलिजेन्सको मूल सिद्धान्तले मूल्य तथा आपूर्ति शृंखलामा पनि एकनासको मानक कायम राख्न जोड दिन्छ ।
ह्युमन राइट ड्यु डेलिजेन्सको प्रक्रियाले कम्पनीहरूमा मानव अधिकारका जोखिमहरू पहिचान गर्छ र आवश्यक नियमन गर्छ । गतिविधि अनुगमन र प्रगति मापन गर्ने अपेक्षा समेत गर्छ ।

यी अपेक्षाहरू पूरा गर्न सकेमा राष्ट्रिय कार्ययोजना र कम्पनीहरूमा ह्युमन राइट ड्यु डेलिजेन्स लागू गरेर नेपालले पनि फाइदा लिन सक्छ । कुनै पनि किसिमले मानव अधिकार र वातावरणमा हानी नहुने कुरा व्यावसायिक कम्पनीहरूले सुनिश्चित गर्नु अनिवार्य हुन्छ ।

अझै व्यवसायिक क्षेत्र मानव अधिकारका धेरै पक्षमा अनभिज्ञ रहेको छ । यस अवस्थामा व्यवसायी र उपभोक्ता दुवैमा चेतना अभिवृद्धि अत्यावश्यक छ ।

राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी कार्यान्वयन गर्नु आजको आवश्यकता हो । विभिन्न क्षेत्रमा काम गरिरहेका कम्पनीहरूले आफ्नो संरचना र मूल्य तथा आपूर्ति शृंखलामा समेत ह्युमन राइट ड्यु डेलिजेन्स लागू गरेको हुनुपर्छ । यसका लागि मार्ग निर्देशन र तालिम अनिवार्य हुन्छ ।
निरन्तर खोज, अध्ययन तथा अनुसन्धान एउटा अर्को महत्वपूर्ण पाटो हो । हाल यस विषयमा अध्ययन अनुसन्धानको तथ्यांक र निष्कर्ष प्राप्त नहुनु निराशाजनक कुरा हो । प्रतिष्ठित संस्थाहरूलाई अनुसन्धानका लागि प्रोत्साहन गर्दै व्यावसायिक क्षेत्रमा मानव अधिकार उल्लंघन रोक्नु, सबैलाई मानव अधिकारका मुल्य र मान्यताको परिपालना गर्नु गराउनु, उपभोक्ता अधिकारको संरक्षण गर्नु गराउनु तिनै तहको सरकारको प्राथमिकता हुनुपर्छ ।

राष्ट्रिय मानव अधिकार आयोगले पनि आफ्नै खोज अनुसन्धान गरेर मानव अधिकार र पर्यावरणसम्बन्धी ह्युमन राइट ड्यु डेलिजेन्सको मानक कार्यान्वयन गर्न सरकारलाई बाध्यकारी बनाउन निरन्तर सुझाव दिनुपर्छ ।

व्यवसाय र मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरू अनुमोदन गर्नु पनि अनिवार्य हुन्छ । अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू राष्ट्रिय नीति र कानूनहरूमा प्रभावकारी तरिकाले समावेश गरेर मानव अधिकार संरक्षणका लागि बलियो कार्यढाँचा बनाउनुपर्छ । व्यावसायिक क्षेत्रमा मानव अधिकार सुनिश्चत गर्नु पर्दछ ।
लेखक उपभोक्ता अधिकारको क्षेत्रमा कार्यरत छन् ।

Previous Post

भुकम्पको जोखिममा नेपालगन्जका

Next Post

मौलिक संस्कृतिलाई आयआर्जन संग जोड्ने योजना सरकारले बनाएको छः मुख्यमन्त्री आचार्य

Next Post
मौलिक संस्कृतिलाई आयआर्जन संग जोड्ने योजना सरकारले बनाएको छः मुख्यमन्त्री आचार्य

मौलिक संस्कृतिलाई आयआर्जन संग जोड्ने योजना सरकारले बनाएको छः मुख्यमन्त्री आचार्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version