For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

नेपाली कम्यूनिष्टले ‘मौलिक समाजवाद’ को बाटो अँगाल्नुपर्छ

byDainik Nepalgunj
January 17, 2025
in विचार
0 0
0
नेपाली कम्यूनिष्टले ‘मौलिक समाजवाद’ को बाटो अँगाल्नुपर्छ
Share on FacebookShare on Twitter

२०७४ सालको आमनिर्वाचनमा कम्यूनिष्टलाई भोट हाल्ने जनता झण्डै ७२ प्रतिशत पुगेकाथिए । २०७९ सालमा यो संख्या घटेर झण्डै पचास प्रतिशतमा आयो । यो संख्या बेलाबेलामा तलमाथि हुने गरेको छ । तथापि कम्यूनिष्ट नामधारीहरुलाई भोट हाल्ने जनता आजपनि बहुसँख्यक नै रहेका छन् । यसको अर्थ नेपाल वामपन्थीहरुका लागि अझैपनि राजनीतिको उर्वर भूमि नै हो । जनता आजपनि वामपन्थीहरुको समाजवादको झाँसामा आइरहेका छन् या समाजवाद प्रति जनताको मोहभङ्ग भैसकेको छैन । हुन त दक्षिणपंथी पार्टी नेपाली काँङ्ग्रेसले पनि आफुलाई प्रजातान्त्रिक समाजवादको मसिहा ठान्ने गरेको छ । यदि उसले पाएको भोट समाजवाद नाउँको हो भन्ने मान्ने हो भने त नेपाली जनता समाजवादको कल्पनामा रहेका जनता हुन भन्नै पर्दछ । यसैले त नेपालको संविधानमा नै देश समाजवाद उन्मूख र समाजवाद प्रति प्रतिबद्ध पनि भनेर लेखियो ।

समाजवादको नाउँमा राजनीति गरिखानेहरुले नेपाली जनतालाई दिन खोजेको समाजवाद कस्तो हो भन्ने बारेमा भने कहिँ कतै उदाहरण सम्म पनि देखाउन आजसम्मको ३५ बर्षको यिनीहरुको शासनकालमा न त काँङ्गेसले सकेको छ न नेपाली कम्यूनिष्टहरुले नै सकेका छन् । वामपन्थीहरुले बताउने समाजवादको उदाहरण चीन, पूर्व सोभियत, उत्तर कोरियाको हो भने काँङ्ग्रेसले देखाउने समाजवादको नमूना कतैपनि छैन मात्रै विपीको समावजाद भन्ने शब्द हो ।

समाजवादको ठ्याक्कै यहि परिभाषा हो भन्ने त छैन तैपनि सामान्यतया समाजवादको अर्थ सामूहिकता भन्ने नै हो । जहाँको आर्थिक राजनीतिक प्रणाली अन्तरगत उत्पादन, वितरण र विनियमका साधनहरुमा राज्यको नियन्त्रण रहन्छ । त्यहाँ व्यक्तिको सम्पत्तिको एकाधिकार रहँदैन । व्यक्तिले कुनैपनि उत्पादन, वितरण र विनियमका साधनहरुमा स्वामित्व ग्रहण गर्न पाउँदैन । सामूहिक रुपमा उत्पादन गर्ने र राज्यले त्यसको वितरण विनियम गर्ने जस्तो आर्थिक व्यवस्था रहेकोलाई समाजवाद भन्ने गरिएको छ । यसैलाई नेपालका कतिपय कम्यूनिष्ट नामधारीहरुले नौलो समाजवाद त कसैले वैज्ञानिक समाजवादको संज्ञा दिने गरेका छन् ।

समाजवादमा राजनीतिक मात्रै होइन आर्थिक प्रणाली नै राज्यको पूर्ण स्वामित्वमा रहेको हुन्छ । समाजवाद आर्थिक ब्यवस्थासँग जोडिएको हुन्छ । जहाँ सबै आर्थिक क्रियाकलापहरु राज्यद्धारा गरिन्छ । राज्य नै जमीनको मालिक हुन्छ । राज्यले नै ब्यवसाय गर्छ । उत्पादन र वितरण राज्य वा पूर्णरुपमा राज्य नियन्त्रित प्रणालीद्धारा गरिन्छ । जनता मात्रै मजदूर हुन्छन् । उनीहरुले राज्यले अह्राएको काम गर्छन् । सामूहिक रुपमा काम गर्ने र सामूहिक रुपमा बसोबास गर्ने गर्छन् । वैयत्तिक स्वामित्वमा न त सम्पत्ति रहन्छ न कुनै आर्थिक क्रियाकलाप नै । यस्तो व्यवस्था भएको देशलाई समाजवादी देश भनिन्छ । जुन यो संसारमा कतै देखिएको छैन ।

के उसो भए नेपालका समाजवादीहरुले ल्याउन खोजेको र नेपालको संविधानले उन्मूख हुन खोजेको समाजवाद यस्तै हो त ? अनि नेपालमा त्यो व्यवस्था लाद्ने ल्याकत नेपाली कम्यूनिष्टहरुमा छ त ? के नेपालमा वर्तमानमा रहेका वामपन्थी विचारधाराका समूहहरु, व्यक्ति, पार्टीहरुले गरेको समाजवादको परिकल्पना यस्तै हो त ? अनि त्यो अवस्थालाई नेपाली समाज, नेपाली जनताले स्वीकार गर्न सक्छ त ? यी कुराहरुको बारेमा आजसम्म कुनैपनि नेपाली कम्यूनिष्ट पार्टी वा समूहहरुमा कहिल्यै चर्चासम्म पनि भएको छैन । मात्रै समाजवाद समाजवाद, नौलो समाजवाद, वैज्ञानिक समाजवाद आदि शाब्दिक चर्चा हुने मात्रै गरेको छ ।

समाजवाद भन्ने शब्दको प्रयोग नेपालको संविधान देखि नेपाली राजनीतिक पार्टीहरुका विधान र कार्यक्रमहरुमा प्रशस्तै प्रयोग हुने गरेका छन् । यसैलाई नेपाली जनतामा भजाउने र भ्रम छर्ने काम मात्रै हुने गरेको छ । नेपाली काँङ्ग्रेसको समाजवाद त संविधानको आगमन सँगै नेपालमा आइ नै सकेको छ भने नेपालका केहि वापपन्थीहरुको समाजवाद तिनका पार्टी नेताहरुको अधिनायकत्व स्थापित भएबाट आउनै लागेको छ । अब त समाजवादका केहि काम मात्रै बाँकी छन् । वामपन्थीको वर्गीय समाज भन्ने ठाउँमा जातिय, क्षेत्रिय, र धार्मिक समाजको निर्माण भएको छ । सहकारीलाई संविधान मै अर्थतन्त्रको तेस्रो खम्बा बनाएर, कार्यकर्ताहरुलाई सहकारी खोलिदिएर, सहकारीका छाता संघहरुमा पार्टीको मान्छे पुर्याउने र राजनीतिक नियुक्ति गराएर, जनताको रकम सहकारी मार्फत आफ्ना आफन्तहरुको पोल्टा पारेर नेपालमा एकप्रकारको समाजवादको पनि परिकल्पना साकार गर्न खोजिएको छ ।

वास्तवमा नेपालको समाजिक विकासको अवस्था भनेको एक प्रकारको समाजवादी ढाँचामा नै भएको छ । यहाँ कुनै कसैको समाजवादको खाँचो नै छैन । कसैका समाजवादका ठेलीहरु पल्टाएर घोकेर र खोकेर नेपालमा समाजवाद आउने पनि होइन । नेपाली जनताले कम्यूनिष्ट समाजवादीहरुलाई भोट दिएर देखाएको बहुमत सँख्या कम्यूनिष्टहरुका विदेशी वादका ठेली पढेर वा त्यसको रापतापले ओतप्रोत भएर कतै होइन । नेपाली कम्यूनिष्टहरु यो भ्रममा नपरे पनि हुन्छ । नेपाली कम्यूनिष्टहरु नेपाली जनता सधैं गरीब रहोस् अभावमा रहोस् र मेरो समाजवादको नारा बिकाएर राजनीति चलिरहोस् भन्ने आन्तरिक मानसिकतामा रहन पनि जरुरी छैन ।

नेपाली जनता जन्मै देखि नै आफै समाजवादी छन् । यहाँको समाज नै व्यवहारिक रुपमा नै समाजवादी व्यवस्थाको हो । यहाँ परापूर्वकाल देखि नै सामूहिकताको महत्व रहेको छ । नेपाली जनताले आजसम्म यो देश बचाएको र यहाँसम्म ल्याएको पनि नेपालीहरुको सामूहिकताको परिणामले मात्रै हो । नेपालीहरुमा जहिल्यै मेरो र तेरो भन्दा पनि हाम्रोको भावना बढि रहेको पाइन्छ । यहाँ खेतीपातीमा रहेको हुद्दा परम्परा, हल मिलाउने परम्परा, विवाह आजापूजामा प्रर्दशित गरिने सामूहिकताको नमूना, मर्दापर्दा एक हुने परम्परा, निमूखालाई तनमन र धनले सेवा दिने परम्परा, गाउँमा कुनै बाहिरी द्धारा आक्रमण भएमा गाउँ नै एक भएर त्यसका बिरुद्ध जाइ लाग्ने परम्परा, सार्वजनिक स्थल, पाटीपौवा, पोखरी, बाटोघाटो, कुलोकुलेसो आदिको निर्माणमा एकघर एक मजदूरको अनिवार्य सहभागिताको परम्परा आदि संसारको कुनैपनि समाजवादको परिकल्पना भन्दा माथि रहेका परम्पराहरु हुन् । यसलाई आधुनिक समाजमा पनि संस्थागत गर्न सक्नूपथ्र्यो अनिमात्र समाजवादको कुरा जायज मान्न सकिन्थ्यो । नेपालीको हरेक मनमपिस्तष्कमा यो कुराले जसरी पारम्परिक रुपमा स्थान लिँदै आएको थियो त्यसलाई विदेशी वादका प्यादाहरुले समाजवादको रुपमा बुझ्नै चाहेनन् । न त नेपाली माटोको स्थापित भैसकेको समाजवादी व्यवस्थालाई विकास र प्रर्वद्धन नै गर्न खोजे । यहाँ रहेको सामूहिकताको व्यवहारिक प्रयोगलाई उनीहरुले मास्न रक्तपातपूर्ण आन्दोलन समेत चलाए । नेपाली समाजमा रहेको परम्परागत समाजवादको ढाँचा भत्काएर एकलवाद, भाइभतिजावाद, कब्जावाद, छोरीबुहारीवाद, डनवाद, धनवाद, आतंकवाद, धाकधम्कीवाद, चापसुसीवाद, ढोकेवाद, हुक्के वैठकेवाद, विदेशी संघसंस्थावाद, गप्फाजीवाद आदी वादहरुको बिगबिगी बनाएर त्यसभित्र नै नेपालमा समाजवाद खोजिरहेका छन् ।

वास्तवमा नेपाली समाजमा परम्परा देखि नै चलि आएको समाजवादलाई नेपाली कम्यूनिष्टहरुले आफ्नो मूल आर्दश र सिद्धान्त बनाउन सक्नुपथ्र्यो । यसमा रहेका केहि समाजिक विभेदहरुलाई अन्त्य गर्दै, समाजमा रहेको वर्गीय असन्तुलनलाई सन्तुलित गर्ने समाजवादी उपायहरुको खोजी गरि यसलाई विकसित गर्दै जानुपर्ने थियो । नेपालको आफ्नो मौलिकतामा रहेको समाज विकासको सिद्धान्तलाई स्थितिगत्यात्मक तरिकाले अगाडी बढाउनु पर्ने थियो । समाजवादी ढाँचामा रहेका नेपालका संरचनाहरुलाई जर्गेना गर्नुपर्नेमा यसलाई भत्काएर नेपाली वामपन्थीहरुले नेपाली समाजको ढाँचा खल्बलाइसकेका छन् । यो उनीहरुको सबैभन्दा ठूलो र अक्षम्य भूल नै हो । नेपालमा कुनैपनि बीना वैयत्तिक सम्पत्तिको वाद चल्दैन । नेपालमा कुनैपनि नास्तिकवाद वा इसाइमुसाइवादको एकल निर्णय चल्दैन । नेपालमा राज्य भनेको राणा या पञ्चायत कालमा समेत नियमक र निर्णायक निकाय थियो तर पौरख गर्न रोक लगाउने र उद्यम आफै गरेर जनतालाई उद्यम गर्न रोक्ने निकाय बनेको थिएन । नेपाली समाज पौरखी व्यक्तिलाई सम्मान गर्ने, उद्यमीलाई मान्यता दिने समाज रहि आएको छ । यो परिस्थितिलाई कुनैपनि वामपन्थले वैचारिक परिवर्तन गरेर विदेशी वादको समाजवाद लाद्न सक्दैन । आज उनीहरुको साथ दिएर पञ्चायतका बिरुद्ध बिद्रोह गर्ने जनताले भोलि नेपालमा विदेशी वादको समाजवाद लादेर केहि व्यक्ति अधिनायकवादी हुँदा वा राज्य अधिनायक हुँदा हातमा दहि जमाएर बस्ने वाला पक्कै छैनन् । यसैले पनि नेपाली कम्यूनिष्ट वामपन्थीहरुले नेपाल माटोमा विकास भएको, नेपाली जनताको घरआँगनमा हुर्केको ‘मौलिक समाजवाद’ को बाटो लिन जरुरी छ । वर्गीय विभेदलाई अन्त्य गर्न जातिय आरक्षण, जातिय उन्माद, जातिय दङ्गा, जातिय क्षेत्रिय कित्ताकाट र घृणावादको पक्षपोषणले सक्दै सक्दैन । एकल जातिय अहंकारवाद भनेर अर्को अमूक जातिय अहंकारवाद लादेर समाजवाद पनि आउँदैन । समावेशी समानुपातिक वितरण जातिय क्षेत्रिय आधारमा होइन वर्गीय आधारमा हुनुपर्दछ अनि मात्रै अर्थसमाजिक समानताको खाका तय हुन सक्छ । अ‍ैंचोपैचो, अर्मपर्म, समाजका हरेक काममा सामूहिक व्यवहार, हामी र हाम्रो भन्ने भावना रहेको नेपाली ‘मौलिक समाजवाद’ को बाटो नै नेपाली कम्यूनिष्टहरुको अबको बाटो बन्नु पर्छ ।

Previous Post

पूर्वपश्चिम राजमार्गको अगैया खण्ड अवरुद्ध

Next Post

नयाँ नम्बरबाट फोन र नयाँ ‘आइडी’बाट मेल आउँछ ? सावधान !

Next Post
बढ्यो साइबर अपराध

नयाँ नम्बरबाट फोन र नयाँ 'आइडी'बाट मेल आउँछ ? सावधान !

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

May 13, 2026
किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

May 13, 2026

महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन

May 13, 2026
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

May 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version