गुणस्तरिय शिक्षामा सवालमा सूचना माग

नेपालगन्जमा क्रियाशिल अधिकारकर्मीले गुणस्तरिय शिक्षाका सवालमा चासो राख्दै सरोकारवालाको ध्यानाकर्षण गराउँदै सूचना मागेका छन् ।

सार्वजनिक सरोकार कानून ब्यवसायी समुहमा आवद्ध वरिष्ठ अधिवक्ताद्वय वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ र लोक बहादुर शाह, सचिव एवं एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, समुहमा अधिवक्ताहरू बल बहादुर चन्द, बिश्व्जित तिवारी, केवल सिंह थारु, उपभोक्ता हित संरक्षण मञ्च बाँकेका सचिव प्रभात कुमार ठकुरी लगायतद्वारा संयुक्त रूपमा शिक्षा बिकाश तथा समन्वय इकाई बाँके समक्ष बिभिन्न १० बुदामा सुचना माग गर्दै बाँके जिल्लाको शिक्षाको गुणस्तरका सवालमा चासो राखेका हुन् ।

बाँकेमा शिक्षाको अवस्था, गुणस्तरीय शिक्षा र शिक्षा क्षेत्रको गुणस्तर बृद्धि, सुधारको प्रयोजनको लागी नेपालको संबिधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ अनुसार सुचना मागिएको सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका सचिव अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।

गुणस्तरिय शिक्षा र जवाफदेहिता बहन गराउनका लागी शिक्षा बिकाश तथा समन्वय इकाई बाँकेबाट के कस्ता अनुगमन र कारवाहीको प्रक्रिया अवलम्बन गरिएको छ ? शिक्षाको गुणस्तर कायम नगर्ने, जिम्मेवारी बहन नगर्ने र नतिजा शुन्य ल्याउने शैक्षिक सस्थालाई कारवाही भएको छ छैन ? भएको छ भने के कस्तो कारवाही भएको छ ? त्यसको बिवरण सहितको सुचना अधिकारकर्मीले मागेका छन् ।

अधिकारकर्मीले गुणस्तरिय शिक्षा प्रदान नगर्ने, वा शुन्य नजिता ल्याउने शिक्षण सस्था उपर यस कार्यालयबाट भएका काम कारवाहीको सूचना उपलब्ध गराई पाउँ भन्दै सुचना मागेका छन् ।

गुणस्तरिय शिक्षा प्रदान नगर्ने, वा सुन्य नजिता ल्याउने शिक्षण सस्था उपर यस कार्यालयबाट गरेको अनुगमन कारवाहीका बिषयमा समेत अधिकारकर्मीले सुचना माग गरेको अधिकारकर्मी प्रभात कुमार ठकुरीले जानकारी दिए ।

गत बर्षको कक्षा १० को एसइइ परिक्षामा बाँके जिल्लाबाट निजि र सरकारीमा गरि कति बिद्यार्थी परिक्षामा सामेल थिए ? परिक्षामा सहभागी बिद्यार्थी मध्ये कति बिद्यार्थी उतिर्ण र अनुतिर्ण भएका छन परिक्षामा समग्र रूपमा निजि र सरकारी बिद्यालयमा कति प्रतिशत बिद्यार्थीहरू उतिर्ण भएका छन् ? कति प्रतिशत बिद्यार्थी अनुतिर्ण भएका छन् ? भनी अधिकारकर्मीले सुचना मागेका छन् ।

उत्तिर्ण प्रतिशतका हिसावले २०८१ को कक्षा १० को एसइइ परिक्षामा बाँकेका कतिवटा निजी र सामुदायिक सरकारी बिद्यालय नतिजा सुन्य रहेको छ । नतिजा सुन्य ल्याउने विद्यालय, शैक्षिक सस्थालाई के कस्तो कारवाहीको ब्यवस्था गरिएको छ ? उतिर्ण प्रतिशतका हिसावले २०८१ को कक्षा १० को एसइइ परिक्षामा बाँकेमा शुन्य नजिता प्राप्त गर्ने बिद्यालयहरूको नामावली, तिनमा कार्यरत शिक्षक, बिद्यार्थी सख्या, ति बिद्यालयमा कार्यरत शिक्षकहरूको शैक्षिक योग्यता र तिनले अन्य शैक्षिक सस्थामा काम गर्ने भए त्यसको विस्तृत विवरण सहितको सूचना समेत माग गरिएको अधिकारकर्मीहरूले जनाएका छन् ।

Exit mobile version