बैकुण्ठधाम सिधनियाघाट समितिले ‘समाजसेवाका लागि अग्रसर हुनेहरूका लागि आशय फाराम’ आव्हान गरेको छ । साधारणसभा गर्दै गरेको बैंकुण्ठधाम सिधनियाघाट निर्माणका लागि सामाजिक सेवा गर्न चाहनेहरूलाई समितिमा जोड्न विभिन्न प्रकृतिका सदस्यताका लागि आशय माग गरेको हो ।’
‘फागुन ३ गतेभित्र आशय पत्र पठाउन आव्हान गरेका छौं’, समितिका अध्यक्ष डा. सुरेश कुमार कनोडियाले त्यसका लागि संस्थाको वेबसाइटमा आशय फाराम उपलब्ध गराइएको जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘यो विशुद्ध सामाजिक अभियान भएकाले यसमा बढी भन्दा बढी अभियन्ताहरू जोडिउन् भन्ने हाम्रो चाहना हो ।’































