For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

भारतीय बजेटमा नेपालीको चासो

byDainik Nepalgunj
February 7, 2025
in विचार
0 0
0
भारतीय बजेटमा नेपालीको चासो
Share on FacebookShare on Twitter

मित्रलाल सापकोटा

हुन त भारतको बजेटमा नेपालीले चासो राख्नुपर्ने होइन तर नेपालको भूराजनीति नै भारतमा घट्ने हरेक घटना परिघटनाले कतै न कतै प्रभावित भैरहने भएकोले नेपालीहरूलाई पनि भारतमा हुने परिवर्तन, त्यहाँको अर्थतन्त्रमा हुने संकुचन वा बृद्धि सबैको चासो हुनुपर्दछ । उसैपनि नेपालको वैदेशिक ब्यापारको मुख्य ढोका नै भारत रहेको छ । भिसाबीना प्रवेशको अवस्थाले नेपाल अघोषित रूपमा भारतीय आर्थिक क्रियाकलापले प्रभावित हुने गर्दछ । नेपालको सीमामा रहेका भारतका तीन ठूला जनसंख्या भएका प्रदेशहरू (उत्तरप्रदेश, बिहार र पश्चिमबंगाल) ले भारतको संघीय सरकार निमार्ण देखि आर्थिक निर्णयहरू लगायत कतिपय कुराको बाटो तयगर्ने हुँदा त्यसले प्रत्यक्ष अप्रत्यक्ष रूपमा नेपाललाई झनै प्रभाव पार्दछ । अर्को सबैभन्दा ठूलो प्रभाव पार्ने कुरा नेपाली मुद्राको विदेशी विनिमय दर भारतीय रूपैंयासँगको निश्चित दरका कारण झनै प्रभाव पारिहाल्छ । नेपालको आधाभन्दा बढि जनसंख्या भारतको सीमासँग रहेका तराईका जिल्लाहरूमा बस्ने र उनीहरूले आफ्नो दैनिक उपभोगको लागि प्रयोग गर्ने वस्तुहरूको किनमेल गर्ने मुख्य बजार नै नेपालको सीमापारिका भारतीय बजारहरूमा हुने हुँदा भारतीय बजेटले नेपालीलाई प्रत्यक्ष नै असर गर्दछ भन्न सकिन्छ । हरेक दिनजसो झण्डै चार देखि पाँच अर्बको (सीमानाकाहरूमा किनमेल गर्न जानेहरूको संख्या र उनीहरूले ल्याउने समानको आधारमा गरिएको अनुमानमा आधारित ) को किनमेल गर्ने गरेको पाइन्छ । जुन नेपाली अर्थतन्त्रको अनौपचारिक आयातको हिस्सा हो । यसकारण पनि नेपालीहरूका लागि भारतीय बजेटप्रति चासो हुनु कुनै नौलो होइन ।

यहि गत शनिबार फरवरी एक गतेका दिन भारतको संघीय संसदमा त्यहाँका अर्थमन्त्री निर्मलासितारमणले आगामी आर्थिक बर्ष (त्यहाँ अप्रैल १ बाट लागू हुने) को बजेट प्रस्तुत गरिन । त्यस बजेटमा अन्य कुराहरू के के रहे भन्नु भन्दा पनि यहाँ उक्त बजेटले गर्न खोजेको बजार अर्थतन्त्रमा सुधार र नेपालको जिवनस्तरको लागतसँग केहि चर्चा मात्रै गर्न खोजिएको छ ।

यसपटक भारतमा प्रस्तुत बजेटमा मध्यम वर्ग विशेष गरि तलबधारीहरूका लागि परम्परागत भन्दा अलि भिन्नै र अप्रत्यासित कर छूट दिएको छ । त्यहाँ मोदी सरकार आउँदाका बखत (सन् २०१४ ) करयोग्य आयको सीमा २.५ लाख थियो । यसमा हरेक बर्ष बढाउँदै गत आर्थिक बर्षसम्ममा ७ लाख पुगेकोमा यसबर्ष सिधै ५ लाखको बढोत्तरी गरेर १२ लाख पुर्याइएको छ । अर्थात मासिक एकलाखसम्म आम्दानी गर्नेले अब त्यहाँ आगामी आर्थिक बर्ष देखि कुनै कर तिर्नु पर्नेछैन । साथमा कुनै बीमा आदिमा दिएको प्रिमियमहरूमा पाइने विशेष छूटको ७५ हजारसम्मको सीमालाई यो बृद्धिपछि पनि कायम राखिएको छ । यसरी हेर्दा अब १२ लाख ७५ हजारसम्मको आम्दानीमा कर छूट दिइएको छ । यो कुरा संसदमा अर्थमन्त्रीले घोषणा गर्दै गर्दा बिपक्षदलका सासंदहरूमा एकप्रकारको सन्नाटा नै छाएको थियो । किन कि यो बृद्धि भारीतय बजेटको इतिहासमा नै अभूतपूर्व र हिम्मतिलो घोषणा भनेर त्यहाँका अर्थविदहरूले विश्लेषण गरेका छन् । शहरिया आमजनता यो घोषणाबाट गद्गद नै देखिन्छन् ।

यसरी करयोग्य आयको सीमा बढाउँदा भारतको संघीय बजेटमा करको आम्दानीमा १० खर्बले कमी आउनेछ । त्यहाँको जनसंख्या झण्डै डेढ खर्ब भएता पनि भारतमा आयकर तिर्नेहरूको संख्या जम्मा २ करोड ८१ लाख रहेको र यो घोषणा पश्चात आयकर तिर्नेको संख्या १ करोड ८१ लाख मात्रै रहने बताइएको छ ।

यति मात्रै होइन त्यहाँ कसैले दुइवटासम्म घर राखेको छ भने त्यसमा पनि घरकर छूट दिएको छ । जुनसुकै घरभाडामा समेत ६ लाखसम्म कुनै कर तिर्न नपर्ने घोषणा बजेटले गरेको छ । पोष्ट अफिसमा राखिने बचतमा पाउने ब्याज आम्दानीमा एकलाख सम्म करछूट आम्दानी मान्ने घोषणा बजेटले गरेको छ । यो सीमा पहिला ५० हजारसम्म मात्रै थियो ।

भारतको संघीय सरकारको बजेटमा यति ठूलो मात्रामा आयकरदाताको संख्या र रकम कम हुँदा पनि सरकारले किन यस्तो घोषणा गर्यो त ? यसबिषयमा सरकारको सोंच र बिश्लेषण यस्तो रहेको छ ।

कोरोनाकाल देखि केहि संकुचनमा आएको भारतीय अर्थतन्त्र अहिले निकै लयमा त आएको छ तर सोचेजति बिभिन्न आर्थिक क्षेत्रमा यो लय आउन सकिरहेको थिएन । डिजिटल मुद्राको बढ्दो प्रयोग र कालोधनमाथिको कडाइले त्यहाँको रियलस्टेट क्षेत्रले लय समाउन सकिरहेको थिएन । यसले सरकारको राजश्वमा असर गरिरहेको थियो । आजपनि भारतको शहरिया वर्गमा आफ्नो घरबिहिनको जनसंख्या ठूलो छ । यसमा आम्दनीमा भैरहेको कमी, महङ्गाइ र बचतमा भएको गिरावटलाई दिइएको थियो । मोदी सरकारको कमजोरीको रूपमा विपक्षहरूले यो मुद्दा समेत उठाउँदै आएका थिए । सरकारले आयकरको सीमामा बृद्धि गरेर संघीय बजेटमा घाटा ब्योहोरेता पनि आर्थिक चलायमान हुने र अर्थतन्त्रका बिभिन्न क्षेत्रमा बृद्धि हुने आँकलन गरेकोछ ।

मानिसहरूमा आयकर कम तिर्नुपर्दा उनीहरूको बचतमा बृद्धि हुनेछ । यसले व्यक्ति र परिवारले गर्ने खर्चको सीमा बढ्नेछ । खर्च गर्ने सीमा बढ्नाले यसको सकारात्मक असर सिधै उत्पादन र ब्यापार बृद्धिमा हुनेछ । पर्यटन र होटल ब्यवसायमा पनि बृद्धि हुनेछ । जति धेरै उत्पादन र उपभोग बढ्नेछ सरकारलाई त्यति नै धेरै ब्यापारिक कर (जीएसटी) प्राप्त हुनेछ ।

सरकारले व्यत्तिगत आयकरमा हुने १० खर्बको घाटा ब्यापारिक करबाट प्राप्त हुनसक्ने अनुमान गरेको छ । व्यक्तिलाई आयकर थोपरेर राज्यकोष बढाउनु भन्दा एकातिर व्यक्तिलाई राहत दिने अर्कोतिर उत्पादन अनि ब्यापार बढाएर अर्थतन्त्र चलाएमान बनाउने, रोजगारीमा बृद्धि गर्ने, ब्यापारिक कर बढाउने र साथै मध्यम वर्गको खल्ती भर्ने बाटोमा सरकार गएको छ । यो बाटो अर्थतन्त्रको स्वास्थको हिसाबले उत्तम बाटो हो ।

भारतले अपनाएको यो बाटो वास्तवमा नै नेपालले पनि अपनाउनै पर्ने हो । तर नेपालमा त कर्मचारीको तलब बढायो भने महङ्गी बढ्छ भन्ने न्यारेटिभ सेट गरिएको छ । करयोग्य आयको सीमा बढायो भने देशको ढुकुटी नै रित्तिन्छ भन्ने सोंचले सरकार ग्रस्त छ । किन कि सरकार मध्यम वर्गलाई निचोरेर नै मोटाउन चाहन्छ । भ्याट र भन्सारको वस्तुको सोलोडोलो दर गर्ने र अन्डरबिलिङ खुलेआम भैरहँदा पनि पेटी बुझेर मुखमा ताला लाउने तन्त्रले आम जनताको राहतको बारेमा सोच्नै सक्दैन ।

नेपालको अर्थतन्त्र प्रत्येक दिन मृतशैयातिर जाँदैछ । यहाँका साना तथा मझौला उद्यमीहरू पलायन भैरहेका छन् । बैंकमा लगानियोग्य नगदको डङ्गूर लाग्दा पनि लिने मान्छे नै छैन । भैरहेको कर्जालाई पुन तालिकीकरण गराएर सस्तो ब्याजमा उपलब्ध गराउने काम पनि भएको छैन । ठूला ब्यापारिले भने भन्सार छूट, कर छूट देखि बैंक ब्याजमा छूट पाउने तर साना र मझौला भने मरिरहने नीतिले नेपालको अर्थतन्त्रमा बृद्धि हुनसक्दैन । ब्यापारीलाई करछूट दिएर होइन ब्यापार बढाउने वातावरण बनाएर कमाउन दिने हो ।

आजसम्म नेपालको मध्यम वर्ग नै पीडित भैरहेको छ । सहकारीहरूमा बढेको अनियमितताले पनि मध्यम वर्ग नै मारमा परेको छ । भोलि वित्तिय संस्था बैंकहरूमा आउने समस्याले पनि त्यो ३० प्रतिशत लगानी गर्ने मध्यम वर्ग नै पीडामा पर्नेछ । ठूलाले त आफ्नो पूँजी सिफ्टिङ योजना चलाइसकेका छन् ।

नेपालमा जतिसुकै ब्याज आम्दानी गरेपनि व्यक्तिगतमा ५ प्रतिशत र संस्थागतमा १५ प्रतिशत कर आम्दानीको श्रोतमा नै कट्टा गर्ने गरिन्छ । नेपालमा जतिसुकै घरभाडा उठाएपनि हरेक घरभाडा आम्दानीमा १० प्रतिशत (यो दर कुनै कुनै नगरपालिकाहरूमा १२ प्रतिशतसम्म
छ) काट्ने गरिन्छ । व्यक्तिगत आयकरको कुरा गर्ने हो भने यसको सीमा व्यक्तिको हकमा जम्मा ६ लाख रहेको छ । यहाँ कुनैपनि तलब वा ज्यालामा १ प्रतिशत रकम समाजिक सुरक्षा कर भनेर २०६५ साल देखि नै काट्ने गरिएको छ । यसको आजसम्म के कति रकम उठ्यो र सरकारको कुन खातामा जमा भएको छ वा कुन शीर्षकमा खर्च भएको छ भन्ने कुरा नेपाली जनतालाई कुनै जानकारी नै छैन । न यहाँका मिडियाले यो सम्बन्धमा कुरा उठाउने र जनतालाई जानकारी दिने काम गरेका छन् ।

नेपालमा हरेक बर्ष बजेट आउने बेलामा रक्सी चुरोटमा कति कर आउँछ भन्ने कुरा निकै चासोको कुरा हुन्छ तर आम जनतालाई राहत दिने र देशको मृतप्राय हुन लागिसकेको अर्थतन्त्र र मध्यम वर्गमा छाएको चरम निराशाको बारेमा चिन्ता चासोको कुरै हुँदैन । आयकर तिर्नेको सबैभन्दा बढि संख्या नै मध्यम वर्गको रहेको छ भने साना तथा मझौला उद्यमीहरूको नै रहेको छ । तर यिनीहरूको बारेमा नेपाल सरकारले न सोच्न सकेको छ न कुनै बजेट मार्फत सम्बोधन नै गर्न सकेको छ । यहाँ त कसरी मध्यम वर्गलाई निचोर्ने र मुठ्ठीभर ठूला उद्योगी ब्यापारीलाई पोस्ने भन्ने योजना मात्रै बनाउने गरिएको छ ।

नेपालको बजेट आउन त अझै साढे तीन महिना बाँकी छ तर यहि महिना देखि नै बजेटको नीतिको सम्बन्धमा चर्चा शुरु हुनेहुँदा अबको बजेट देशको हितको लागि र मध्यम वर्गलाई बजारमा टिकाइरहनका लागि, किसानलाई खेतबारीमा टिकाइरहनका लागि, निम्नवर्गको स्तर उकास्नका लागि कसरी कुन विधिबाट गर्न सकिन्छ भनेर सरकारले निकै गम्भीर भएर सोच्नैपर्छ । देशको संविधानको प्रस्तावनामा, पार्टीको घोषणापत्रमा र नेताहरूको बकम्फूसे गफमा मात्रै समाजवाद, समाजवादको अलाप गरेर मात्रै देशको अवस्था सुथ्रिनेवाला छैन छैन छँदै छैन । विकसित हुँदै गरेको भारतको बजारमा लर्को लगाएर किनमेल गराउने गरेर मात्रै हुँदैन । उसले लिँदै गरेको अर्थतन्त्रको बाटोको नेपालमा प्रयोग हुनसक्ने बिषयहरुमा केहि चासो नेपालीले पनि लिनै पर्दछ ।

Previous Post

एकसाथ तीन चलचित्र प्रदर्शनमा

Next Post

यसकारण हुन सकेन अपेक्षित सार्वजनिक खर्च

Next Post
यसकारण हुन सकेन अपेक्षित सार्वजनिक खर्च

यसकारण हुन सकेन अपेक्षित सार्वजनिक खर्च

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
कुलमान नेपालगन्ज आउँदै

कुलमान नेपालगन्ज आउँदै

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version