आज हाप्किडो मेयर कप

नेपाल हाप्किडो संघ बाँकेको आयोजनामा आज शुक्रबार र भोलि शनिबार प्रथम रात्री मेयर कप हाप्किडो प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल हाप्किडो संघ बाँकेले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

कार्यक्रम संयोजक मो. मोहसिन हल्वाई समीरका अनुसार प्रतियोगितामा चार वटा डोजाङकोका खेलाडीहरूको सहभागिता रहने । उनले खेलाडी उत्पादन तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रात्रीकालीन हाप्किडो आयोजना गर्न लागेको जानकारी दिएका छन् ।

Exit mobile version