For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

‘महिला अधिकारको सवालमा साझा ऐन बनाउनुपर्छ’

byDainik Nepalgunj
March 23, 2025
in विचार
0 0
0
‘महिला अधिकारको सवालमा साझा ऐन बनाउनुपर्छ’
Share on FacebookShare on Twitter

राष्ट्रियसभा परिपक्वहरूको सदन हो । संवैधानिक रूपमा प्रतिनिधिसभा र राष्ट्रियसभाको भूमिका अलिकति फरक छ । प्रतिनिधिसभालाई जति अधिकार दिएको छ, त्यति अधिकार राष्ट्रियसभालाई दिएको छैन । तर नीति निर्माण प्रक्रियामा दुवै सदनको भूमिका समान छ । बजेटको विषयमा राष्ट्रियसभाले आधिकारिक निर्णय गर्न सक्दैन । राष्ट्रपति र प्रधानमन्त्रीको निर्वाचनमा राष्ट्रियसभाको भूमिका हुँदैन । यसले संसद् र समितिमार्फत आफूले गर्नुपर्ने काम गर्दै आएको छ । यो सभाअन्तर्गत चारवटा समिति छन् । ती समिति सक्रिय छन ।

छ महिनादेखि राष्ट्रियसभाअन्तर्गतको ‘विधायन व्यवस्थापन समिति’ सभापतिको जिम्मेवारीमा छु । विधायन समिति सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउन गठन गरिएको हो । सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिनका निम्ति संविधानको धारा ९७ बमोजिम यो समितिको गठन गरिएको हो । यही व्यवस्थाका आधारमा समितिले काम गरिरहेको छ ।

संविधानअनुरुप बन्न बाँकी कानुनका बारेमा अघिल्लो सभापतिको कार्यकालमा गरिएको अध्ययनका आधारमा काम गरिएको छ । त्यसभित्र पनि सङ्घले बनाउनुपर्ने ४० वटा ऐन, प्रदेशले बनाउनुपर्ने २४ वटा ऐन र स्थानीय तहले बनाउनुपर्ने छवटा ऐन कुन मन्त्रालयको जिम्मेवारीमा पर्नेरहेछ भनेर उपसमिति बनाएर अध्ययन गर्ने काम भइरहेको छ । अध्ययनपछि सम्बन्धित मन्त्रालयलाई समितिमा आमन्त्रण गरेर सोध्ने कार्यतालिका तय भएको छ ।

अर्को काम भनेको म सभापति भएर आएपछि पहिलेदेखि विचाराधीन अवस्थामा रहेका मिडिया काउन्सिल विधेयक, नवीकरणीय ऊर्जासँग सम्बन्धित विकेयक, तिलगङ्गा विश्वविद्यालयसँग सम्बन्धित विधेयक र नेपाल कानुन परिषद् (दोस्रो संशोधन) विधेयकलाई समितिबाट पास गरेर सदन पठाएको छ । अहिले हाम्रो समितिमा पानीजहाजसँग सम्बन्धित विधेयक र बैंकिङ कसूर सजायसँग सम्बन्धित (दोस्रो संशोधन) ऐनबारे छलफल भइरहेको छ ।

संविधान संशोधनको विषय मुख्य ठूला राजनीतिक दलले सरकार निर्माणका क्रममा गरेको सहमति हो । तर कुन–कुन विषयमा संशोधन गर्ने भन्ने विषय आइसकेको छैन । यदि संशोधन गर्ने हो भने सबै राजनीतिक दलको सहमति हुन जरुरी छ । जारी भएको दश वर्षको अवधिमा संविधानका कमिकमजोरी सच्याएर जानुपर्छ । निर्वाचन प्रणाली शासकीय स्वरुपका बारेमा संविधान संशोभन गर्नुपर्छ । संविधानअनुरुप कानुन किन बन्न सकेका छैनन, त्यसबारेमा पनि समीक्षा गरेर जानुपर्छ । मौलिक हकअन्तगर्तका धाराको पनि कानून बन्न सकेको छैन । त्यसतर्फ सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्छ । जनतासँग प्रत्यक्ष जोडिएका शिक्षा, स्वास्थ्य, मानवअधिकार र रोजगारीसँग सम्बन्धित ऐनहरू जतिसक्दो चाँडो बनाउनुपर्छ । अर्को कुरा ऐनमात्र बनेर हुँदैन । कार्यान्वयन पनि गर्नुपर्छ । संसदीय समितिले दिएका कतिपय निर्देशन पनि सरकारले कार्यान्वयन गरेको देखिँदैन । अहिलेको सरकारले मात्र होइन, यसभन्दा अघिका सरकारले पनि प्रभावकारी कार्यान्वयन गरेको छैन । म आउनुभन्दा पहिलाले विधायन व्यवस्थापन समितिले दिएका छवटा निर्देशनमध्ये अधिकांशको कार्यान्वयन भएको छैन ।

महिलाका सवालमा संविधानमा व्यवस्था गरिएअनुरुप सबै कार्यान्वयन भएको छैन । संविधानको धारा ३८, ७०, ८४, ९१ र ९२ महिलासँग सम्बन्धित धारा हुन् । जस्तो संविधानको धारा ३८ को ‘महिलाको हक’मा ‘प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक हुने’ र ‘सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ’, भनिए पनि त्यसको व्यावहारिक कार्यान्वयन हुनसकेको छैन । धारा ७० मा राष्ट्रपति वा उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था छ । तर यसको पनि सही ढङ्गबाट कार्यान्वयन हुनसकेको छैन । धारा ८४ मा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट कुल सदस्य सङ्ख्याको कम्तीमा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था गरिएको छ । यो धाराको दलहरुले कार्यान्वयन गरेको देखिन्छ ।

धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनेगरी निर्वाचन गर्नुपर्ने र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने व्यवस्था छ । तर कार्यान्वयनमा महिलालाई उपसभामुखमै सीमित गरेको देखिन्छ । त्यसैगरी धारा ९२ बमोजिम राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हनुपर्ने भनिए पनि महिलालाई उपाध्यक्षमै सीमित गरेको देखिन्छ । धारा १७६ मा प्रदेशसभामा महिलाको प्रतिनिधित्वको कुरा गरेको छ । त्यो कार्यान्वनय भएको छ । धारा १८२ मा प्रदेश सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था छ । यो पनि उपसभामुखमा महिलालाई राख्ने गरेको देखिन्छ । समग्रमा महिलाको अधिकारका सवालमा साझा ऐन बनाउनुपर्छ ।

सङ्घीयता सुध्रिकरणका लागि सङ्घमा भएको अधिकार प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्छ । निजामती ऐन, शिक्षा ऐन र प्रहरी ऐनलगायत सङ्घीयतासँग सम्बन्धित ऐनहरु बनाएर कार्यान्वयन भएको खण्डमा सङ्घीयता अझै बलियो र सुध्रिण हुने देखिन्छ । स्थानीय तहलाई अधिकार दिएर अझै बलियो बनाउनुपर्नेछ । सुशासनको निम्ति निर्वाचनको समयमा राजनीतिक दलले गरेका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्छ । सरकार र दलका नेताहरु जनताप्रति उत्तरदायी बन्नुपर्छ । अहिलेको अवस्थामा राजनीतिक दलहरू एकअर्कालाई हिलो छ्याप्नु हुँदैन । एकले अर्कालाई खण्डन गर्नेभन्दा पनि देश बनाउने कुरामा सहमति गरेर जानुपर्छ । युवा पलायन रोक्नका लागि हामीले शिक्षामा सुधार गर्नुपर्छ । रोजगारी सृजना गर्नका लागि कलकारखाना र उद्योगहरु सञ्चालन गर्नुपर्छ । बाहिर अध्ययनको निम्ति गएका युवालाई आफ्नै देशमा आएर काम गर्ने वातावरण सृजना गर्नुपर्छ । विदेश अध्ययनका लागि जाने युवाहरूका लागि निश्चित मापदण्ड बनाएर लागू गर्नुपर्छ ।”

राष्ट्रियसभाका सांसद दहालको परिचय

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तुलसाकुमारी दहाल २०७५ सालदेखि राष्ट्रियसभाको सांसद हुनुहुन्छ । पाँच वर्षको बीचमा उहाँले चार वर्ष ‘प्रत्यायोजित तथा सरकारी आश्वासन समिति’को सदस्यमा रहेर काम गर्नुभएको थियो ।
(सांसद दहालसँग राष्ट्रियसभाको सांसद हुँदाको अनुभव, सङ्घीय संसद्का गतिविधि, संविधान संशोधन, ज्येष्ठ नागरिकको सवाल, अबको योजना, रोजगारी र युवा शक्ति पलायन, संविधान कार्यान्वयनको अवस्था, सुशाासन र मुलुकको समसामयिक विषयमा राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश)

Previous Post

नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

Next Post

भारतको नागपुरमा हिंसा : ९२ जना पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

भारतको नागपुरमा हिंसा : ९२ जना पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version